काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको दाबी गरिएको छ । विशेष महाधिवेशन पक्षधर समूहले आइतबारदेखि सुरु हुने महाधिवेशनका लागि सबै प्राविधिक, व्यवस्थापकीय र भौतिक तयारी सकिएको जनाएको हो ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले भृकुटीमण्डप केन्द्रित कार्यक्रम सभ्य, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
मञ्चदेखि मैदानसम्म व्यापक व्यवस्थापन
मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार भृकुटीमण्डपस्थित खुला चौरमा विशेष महाधिवेशनका लागि केन्द्रीय मञ्च तयार भइसकेको छ । मञ्चमा ५० जना अट्ने व्यवस्था गरिएको छ भने मैदानमा छ हजारभन्दा बढी कुर्सी राख्ने गरी व्यवस्थापन गरिएको उनले बताए ।
महाधिवेशन स्थल वरिपरि नेपाली कांग्रेसका झण्डा, ब्यानर तथा प्रचार सामग्री सजाइएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने प्रतिनिधि तथा समर्थकहरूको र्यालीलाई व्यवस्थित गर्न स्वयंसेवक परिचालन र ट्राफिक व्यवस्थापनमा समेत तयारी थालिएको आयोजक समितिले जनाएको छ ।
३६ सय प्रतिनिधिका लागि आवास सुनिश्चित
विशेष महाधिवेशनमा सहभागी हुने करिब ३ हजार ६ सय महाधिवेशन प्रतिनिधिका लागि आवास र खानाको व्यवस्था भइसकेको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिहरूलाई काठमाडौंका सुन्धारा, बागबजार, ठमेल, एयरपोर्ट, सिनामङ्गल र गौशाला क्षेत्रका विभिन्न होटलहरूमा राख्ने व्यवस्था गरिएको छ । खाना, आवतजावत र सुरक्षा व्यवस्थालाई पनि समन्वयात्मक ढंगले अघि बढाइएको छ ।
आन्तरिक राजनीतिमा निर्णायक मोड ?
पार्टी नेतृत्व र विशेष महाधिवेशन पक्षबीच चुलिँदै गएको विवादका बीच हुन लागेको यो महाधिवेशनलाई कांग्रेसको आन्तरिक राजनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ । आयोजक पक्षले पार्टी विधान कार्यान्वयन र आन्तरिक लोकतन्त्र सुदृढीकरणका लागि विशेष महाधिवेशन अपरिहार्य रहेको दाबी गर्दै आएको छ ।
महाधिवेशन सुरु हुन अब केही घण्टा मात्र बाँकी रहँदा भृकुटीमण्डपको तयारीले कांग्रेसभित्रको शक्ति सन्तुलन कुन दिशातर्फ मोडिन्छ भन्ने चासो थप बढाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - २०:५४
डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकामा माेटरसाइकल र ट्याक्टर ठोकिँदा २ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी परशुराम नगरपालिका–१२ का २७ वर्षीय न...
पौष २६ गते, २०८२ - २०:५१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको ...
पौष २६ गते, २०८२ - २०:४७
सप्तरी । पूर्व सांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ । उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारि...
पौष २६ गते, २०८२ - २०:४५
काठमाडौं । पहिलो जनआन्दोलनपछि २०४८ सालमा सम्पन्न आमनिर्वाचनले नेपाली कांग्रेसलाई सत्ताको केन्द्रमा पुर्यायो । ११० सिटसहित कांग्रेस संसद्को सबैभन्दा ठ...
पौष २६ गते, २०८२ - २०:३५
गोपनीयतामाथि गम्भीर हमला’ भन्दै निर्वाचन आयोगलाई डिजिटल अधिकारकर्मीको चेतावनी
पौष २६ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेक...
पौष २६ गते, २०८२ - १८:४५
काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफूहरूको पक्षमा स्पष्ट बहुमत रहेको ...
पौष २६ गते, २०८२ - १८:४३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले अवसरवादी र पलायनवादी राजनीतिलाई अस्वीकार गरेको टिप्पणी गरेका छन...
पौष २६ गते, २०८२ - १८:३८
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय...
पौष २६ गते, २०८२ - १८:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्ने करिब निश्चित...




प्रतिकृया लेख्नुहोस्: