काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष र डा. शेखर कोइराला समूहको बहिस्कारका बीच नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ।
बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको नीति, नेतृत्व र कार्यशैली परिवर्तन गर्नुपर्ने मान्यताका साथ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन गरिएको हो।
कांग्रेसका हाल कायम १४ पदाधिकारीमध्ये तीन जना बाहेक सबैले विशेष महाधिवेशन बहिस्कार गरेका छन्। उद्घाटन सत्रको मञ्चमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर मात्रै देखिएका थिए।
सभापति देउवासहित कार्यवाहकको जिम्मेवारी पाएका उपसभापति पूर्णबहादुर खड्का, अर्का उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, बद्री पाण्डे, जीवन परियार, भिष्मराज आङ्देम्बे, किशोरसिंह राठौर, उमाकान्त चौधरी, महेन्द्र यादव तथा कोषाध्यक्ष उमेश श्रेष्ठ महाधिवेशनमा सहभागी भएनन्। यद्यपि पदाधिकारीको अनुपस्थितिका बाबजुद महाधिवेशन प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको छ।
२०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए। विशेष महाधिवेशन पक्षधर नेता मनोजमणि आचार्यका अनुसार तीमध्ये ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएका छन्।
महाधिवेशनमा प्रतिनिधिहरू मात्र होइन, १४औँ महाधिवेशनमा देउवा सभापतिमा उम्मेदवार हुँदा उनकै प्यानलबाट निर्वाचित ३० जना केन्द्रीय सदस्य पनि मञ्चमा देखिएका थिए। ती सदस्यहरूको तर्फबाट धारणा राख्दै पूर्व सभामुख पुष्पा भुसालले कांग्रेसलाई गुट र कृपाबाट मुक्त गर्न आफूहरू विशेष महाधिवेशनको मञ्चमा आएको बताइन्।
“कांग्रेस अब गुटबाट मुक्त हुनुपर्छ, कृपाबाट मुक्त हुनुपर्छ। हामी गुट चिन्दैनौँ, कृपा मान्दैनौँ,” भुसालले नेतृत्वको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै भनिन्, “आज दुई महामन्त्रीले नेतृत्व गरिरहनुभएको छ। अब कांग्रेस बीपीको विचारबाट खडा भएको कांग्रेस बनोस्।”
भुसालले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेपछि ३० जना केन्द्रीय सदस्य शीर्ष नेताहरूका घर–घरमा गएर सम्झाउने प्रयास गरे पनि नेतृत्वले नसुनेको बताइन्। “विधानतः ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेपछि हामी नेताहरूका घर–घरमा गयौँ। बुझाउन खोज्यौँ। तर निराश भएर फर्किनुपर्यो,” उनले भनिन्।
उनले कांग्रेस विधानको धारा १७(२) को स्मरण गराउँदै विधानभन्दा माथि कुनै पनि नेता वा कार्यकर्ता हुन नसक्ने स्पष्ट पारिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - २०:३६
काठमाडौँ। दक्षिणपूर्वी अस्ट्रेलियामा फैलिएको भयंकर डढेलोमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने करिब ३०० भन्दा बढी घर तथा भवन जलेर नष्ट भएका छन्। पछि...
पौष २७ गते, २०८२ - २०:३०
काठमाडौं । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जन सम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनि...
पौष २७ गते, २०८२ - २०:२७
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ बुझाइएको बन्दसूचीमा समावेश उम्मेदवारहरूले पुस २८ गते नाम फिर्ता लिन सक्ने जनाएको छ। ...
पौष २७ गते, २०८२ - २०:२५
काठमाडाैं । प्यालेस्टिनी समूह हमासले गाजा पट्टीमा रहेका आफ्ना सबै सरकारी निकाय विघटन गरी जिम्मेवारी एक स्वतन्त्र प्रशासनिक समितिलाई हस्तान्तरण गर्ने त...
पौष २७ गते, २०८२ - २०:२३
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीलाई अझ संगठित, स्वच्छ र सुदृढ बनाउनका लागि विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्। द...
पौष २७ गते, २०८२ - १९:५५
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष र डा. शेखर कोइराला समूहको बहिस्कारका बी...
पौष २७ गते, २०८२ - १९:४७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका हरेक तह गहिरो रूपमा केलाएर छलफल गरिने...
पौष २७ गते, २०८२ - १९:४३
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा हुने हार–जितभन्दा पनि जनतामा पार्टीप्रतिको भरोसा जोगाउनु अहिलेको मुख्य चुनौती भएको ...
पौष २७ गते, २०८२ - १९:३५
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो लामो राजनीतिक जीवनको उत्तरार्द्धमा सबैभन्दा गम्भीर संकटको सामना गरिरह...
पौष २७ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने र सभापतिसहित पार्टीका शीर्ष नेता स...




प्रतिकृया लेख्नुहोस्: