काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पार्टी झापाका नेताहरूसँग डेढ घन्टा लामो छलफल गरेका छन्।
आइतबार, ललितपुर–१० स्थित ज्वागलमा आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा मेयर बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग बैठक गरेका थिए।
बैठकमा रास्वपा झापा अध्यक्ष प्रकाश पाठकले भनें, "हामी पार्टी सभापति रवि लामिछानेसहितका नेता र कार्यकर्ताहरूसँग संवाद गर्न काठमाडौं आएका थियौं। त्यस क्रममा मेयर बालेनसँग पनि छलफल गर्ने अवसर मिल्यो।" पाठकका अनुसार, बालेन शाहले झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने आफ्नो निर्णय सुनाएका थिए।
मेयर बालेनले बैठकमा झापा–५ का वर्तमान अवस्था, त्यहाँको विकास र स्थानीय आवश्यकताहरू बारेमा आफ्नो टोलीले सर्भेक्षण गरेको जानकारी पनि दिएका थिए। उनले थपे, "हामीले स्थानीय नागरिकको आवश्यकता र चाहनाहरूलाई ध्यानमा राखेर केही योजनाहरू तयार पारेका छौं। रास्वपाको जिल्ला पार्टीले पनि केही योजनाहरू तयार पारेको छ भने, त्यसको खाका पठाउन भनेको छ," उनले भने।
मेयर बालेनले आगामी दिनमा सामाजिक सञ्जालमार्फत झापा–५ का लागि चुनावी आह्वान गर्ने तयारी गरिरहेको पनि जानकारी दिएका थिए। पाठकले भने, "उहाँको मनस्थिति हेर्दा झापा–५ बाटै चुनाव लड्ने जस्तो देखिन्छ। विस्तृत छलफल भने पार्टीभित्र हुनेछ।"
झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, जहाँ उनी लगातार चुनाव जित्दै आएका छन्। तर, २०६४ सालमा ओली तत्कालीन माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।
झापाका नेताहरुसँग भेटेपछि बालेनले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा रहस्यमय पोस्ट गरेका छन् । उनले रातो सोफामा सजिएर बसेको तस्बिरसहित दुई लाइनको स्टाटस लेखेका छन्, जसमा भनिएको छ– 'शुभकामना सबैलाई, हामी आउँदै छौँ ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - ०८:१४
गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहक...
पौष २८ गते, २०८२ - ०७:५६
दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...
पौष २८ गते, २०८२ - ०७:५०
झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ
पौष २८ गते, २०८२ - ०७:३५
काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...
पौष २८ गते, २०८२ - ०७:३०
२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने
पौष २८ गते, २०८२ - ०७:२३
चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...
पौष २८ गते, २०८२ - ०७:१९
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...
पौष २८ गते, २०८२ - ०७:१६
दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...
पौष २८ गते, २०८२ - ०७:०६
काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...
पौष २८ गते, २०८२ - ०७:०३
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...




प्रतिकृया लेख्नुहोस्: