काठमाडौँ । सरकारले आगामी माघ ४ गते आइतबार राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् सचिवालय, सिंहदरबारमा सोही दिन बिहान ११ बजे बैठक बस्ने गरी सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन्।
मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को सदस्य राष्ट्रका रूपमा नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानस्वरूप दुई लाख ८३ हजार ५०३ अमेरिकी डलर भुक्तानी गर्न स्वीकृति दिएको छ।
यसैगरी, सन् २०२५ मार्चमा आएको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगौडा र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि नेपाल सरकारले तीन लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
बैठकले ‘वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६/८७’ तथा ‘मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२’ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, गोरखापत्र संस्थानको रिक्त अध्यक्ष पदमा भक्तपुरका गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ। यी निर्णयहरूसँगै सरकारले वैदेशिक सहायता, नीतिगत सुधार र प्रशासनिक नियुक्तिलाई एकैसाथ अघि बढाएको देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - १८:४६
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बीचमा पार्टी एकता र नेतृत्वको विषयमा जारी असमझदारीको बीचमा सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगनकुमा...
पौष २८ गते, २०८२ - १८:३२
काठमाडौँ। इरानमा दुई हप्ताभन्दा बढी समयदेखि जारी सरकारविरोधी आन्दोलनले देशलाई पूर्ण रूपमा तनावग्रस्त बनाएको छ। प्रारम्भमा महँगी र आर्थिक असमानताको विर...
पौष २८ गते, २०८२ - १६:३४
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेसनल लिग २०८२ माघ ३० गते बुधबारदेखि सुरु हुँदैछ। यस लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लि...
पौष २८ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली दर्शकको मन जित्दै आएको लोकप्रिय हास्य सिरियल ‘गाह्रो छ हो’ को भाग ९ मा नयाँ ट्विस्ट आएको छ। यस भागमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रिल...
पौष २८ गते, २०८२ - १६:२६
काठमाडौं। नेपाली कांग्रेसको आइतबारबाट सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार पनि जारी रह्यो। बन्दसत्रको प्रारम्भमै महामन्त्रीद्वय गगनकुमार थापा र...
पौष २८ गते, २०८२ - १६:२४
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य रञ्जु दर्शनाले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दि...
पौष २८ गते, २०८२ - १६:२१
काठमाडौं । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन क्षतिग्रस्त भएपछि राष्ट्रिय सभाको बैठक अस्थायी रूपमा सिंहदरबारमै बस्ने भएको छ। सं...
पौष २८ गते, २०८२ - १६:१८
काठमाडौँ । विश्वभरका अधिकांश एक्चुअरीहरू पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन र दिगोपनसम्बन्धी कार्यमा आफ्नो व्यावसायिक संलग्नता उल्लेख्य रूपमा बढेको बता...
पौष २८ गते, २०८२ - १६:१२
काठमाडौँ । जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सर्वपक्षीय सरकार गठनको मागस...
पौष २८ गते, २०८२ - १६:०९
रुकुम पश्चिम छाडेर रुकुमपूर्व किन पर्याे राेजाइमा ?




प्रतिकृया लेख्नुहोस्: