सोमबार आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारमाथि ‘विश्वासघात’ गरेको आरोप लगाउँदै दलगत स्वार्थभन्दा माथि उठेर राजनीतिक दल र नागरिक समाज सम्मिलित सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग अघि सारे। ढुंगाना समूहका अनुसार वर्तमान सरकार वैधानिकतामा सीमित रहँदा प्रणालीगत संकट समाधान गर्न असफल भएको छ।
सञ्चारकर्मीसँग कुरा गर्दै मिराज ढुंगानाले अहिलेको राजनीतिक संकटलाई केवल संवैधानिक प्रक्रियाबाट हल गर्न नसकिने दाबी गरे। उनका अनुसार प्रणाली नै संकटग्रस्त अवस्थामा रहेकाले वैधानिकता भन्दा सहमति र विश्वासको राजनीति आवश्यक भएको छ।
‘जब सिस्टम नै बिग्रिएको हुन्छ, त्यतिबेला कागजी वैधानिकता हेरेर समाधान सम्भव हुँदैन,’ ढुंगानाले भने, ‘सर्वसहमतिको सरकार बनाएर मात्रै निर्वाचनतर्फ जानुपर्छ।’
ढुंगाना समूहको मुख्य मागमध्ये एक हो—सर्वपक्षीय सरकारको नेतृत्व पुराना राजनीतिक दलका शीर्ष नेताहरूले नगर्नु। उनीहरूले नयाँ र पुराना दुवै पुस्तालाई समेट्ने तर नेतृत्वमा ‘पुरानै अनुहार’ दोहोरिन नहुने स्पष्ट सन्देश दिएका छन्।
‘हामी सबैलाई समेट्ने सरकार चाहन्छौँ,’ ढुंगानाले भने, ‘तर नेतृत्व फेरिनै पर्छ। पुरानै अनुहारले नेतृत्व गर्ने सर्वपक्षीय सरकार हामीलाई मान्य छैन।’
ढुंगाना समूहले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन–जी आन्दोलनको भावना आत्मसात गर्न नसकेको आरोप लगाउँदै आएको छ। आन्दोलनकारीहरूका अनुसार जनआन्दोलनपछि बनेको सरकारले सुधार र रूपान्तरणको एजेन्डालाई संस्थागत गर्न नसक्दा जनस्तरमा निराशा थपिएको छ।
विश्लेषकहरूका अनुसार यो प्रदर्शनले जेन–जी आन्दोलन सरकारसँग मात्र होइन, परम्परागत राजनीतिक संरचनासँग पनि दूरी बढाउँदै गएको संकेत गर्छ। सर्वपक्षीय सरकारको मागले तत्काल राजनीतिक सहमति खोज्ने दबाब सिर्जना गरे पनि दलहरूको सहमतिविना यस्तो सरकार सम्भव हुने सम्भावना न्यून देखिन्छ।
माइतीघरको प्रदर्शनले जेन–जी आन्दोलन अब केवल विरोधमा सीमित नरही वैकल्पिक राजनीतिक संरचना खोज्न थालेको सन्देश दिएको छ। सर्वपक्षीय सरकारको माग, पुराना नेताहरूको बहिष्कार र प्रणालीगत असन्तुष्टिको भाषा—यी सबैले जेन–जी आन्दोलनलाई आगामी निर्वाचन र सत्ता समीकरणमा एक नयाँ दबाब समूहका रूपमा उभ्याउने संकेत गर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - १९:१६
देउवा पक्ष भन्छ– ‘विशेष महाधिवेशन वैधानिक छैन, नयाँ नेतृत्व चयन असंवैधानिक’
पौष २८ गते, २०८२ - १९:०२
पोखरा । पोखराको फोहोरमैला व्यवस्थापनलाई लिएर पोखरा–३३ मा विवाद उग्र भएको छ। स्थानीयबासीले महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माण तथा निजी कम्पनी...
पौष २८ गते, २०८२ - १८:५७
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन दुई दिन थप लम्बिने भएको छ। मंगलबारसम्म चल्ने तय भएको महाधिवेशनमा दुई महामन्त्री गगनकुमार थापा र वि...
पौष २८ गते, २०८२ - १८:४९
काभ्रेमा निर्माणाधीन सीडीओ कार्यालयभित्र जलेको अवस्थामा पुरुषको शव फेला
पौष २८ गते, २०८२ - १८:४६
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बीचमा पार्टी एकता र नेतृत्वको विषयमा जारी असमझदारीको बीचमा सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगनकुमा...
पौष २८ गते, २०८२ - १८:३२
काठमाडौँ। इरानमा दुई हप्ताभन्दा बढी समयदेखि जारी सरकारविरोधी आन्दोलनले देशलाई पूर्ण रूपमा तनावग्रस्त बनाएको छ। प्रारम्भमा महँगी र आर्थिक असमानताको विर...
पौष २८ गते, २०८२ - १६:३४
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेसनल लिग २०८२ माघ ३० गते बुधबारदेखि सुरु हुँदैछ। यस लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लि...
पौष २८ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली दर्शकको मन जित्दै आएको लोकप्रिय हास्य सिरियल ‘गाह्रो छ हो’ को भाग ९ मा नयाँ ट्विस्ट आएको छ। यस भागमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रिल...
पौष २८ गते, २०८२ - १६:२६
काठमाडौं। नेपाली कांग्रेसको आइतबारबाट सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार पनि जारी रह्यो। बन्दसत्रको प्रारम्भमै महामन्त्रीद्वय गगनकुमार थापा र...
पौष २८ गते, २०८२ - १६:२४
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य रञ्जु दर्शनाले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दि...




प्रतिकृया लेख्नुहोस्: