सोमबार आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारमाथि ‘विश्वासघात’ गरेको आरोप लगाउँदै दलगत स्वार्थभन्दा माथि उठेर राजनीतिक दल र नागरिक समाज सम्मिलित सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग अघि सारे। ढुंगाना समूहका अनुसार वर्तमान सरकार वैधानिकतामा सीमित रहँदा प्रणालीगत संकट समाधान गर्न असफल भएको छ।
सञ्चारकर्मीसँग कुरा गर्दै मिराज ढुंगानाले अहिलेको राजनीतिक संकटलाई केवल संवैधानिक प्रक्रियाबाट हल गर्न नसकिने दाबी गरे। उनका अनुसार प्रणाली नै संकटग्रस्त अवस्थामा रहेकाले वैधानिकता भन्दा सहमति र विश्वासको राजनीति आवश्यक भएको छ।
‘जब सिस्टम नै बिग्रिएको हुन्छ, त्यतिबेला कागजी वैधानिकता हेरेर समाधान सम्भव हुँदैन,’ ढुंगानाले भने, ‘सर्वसहमतिको सरकार बनाएर मात्रै निर्वाचनतर्फ जानुपर्छ।’
ढुंगाना समूहको मुख्य मागमध्ये एक हो—सर्वपक्षीय सरकारको नेतृत्व पुराना राजनीतिक दलका शीर्ष नेताहरूले नगर्नु। उनीहरूले नयाँ र पुराना दुवै पुस्तालाई समेट्ने तर नेतृत्वमा ‘पुरानै अनुहार’ दोहोरिन नहुने स्पष्ट सन्देश दिएका छन्।
‘हामी सबैलाई समेट्ने सरकार चाहन्छौँ,’ ढुंगानाले भने, ‘तर नेतृत्व फेरिनै पर्छ। पुरानै अनुहारले नेतृत्व गर्ने सर्वपक्षीय सरकार हामीलाई मान्य छैन।’
ढुंगाना समूहले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन–जी आन्दोलनको भावना आत्मसात गर्न नसकेको आरोप लगाउँदै आएको छ। आन्दोलनकारीहरूका अनुसार जनआन्दोलनपछि बनेको सरकारले सुधार र रूपान्तरणको एजेन्डालाई संस्थागत गर्न नसक्दा जनस्तरमा निराशा थपिएको छ।
विश्लेषकहरूका अनुसार यो प्रदर्शनले जेन–जी आन्दोलन सरकारसँग मात्र होइन, परम्परागत राजनीतिक संरचनासँग पनि दूरी बढाउँदै गएको संकेत गर्छ। सर्वपक्षीय सरकारको मागले तत्काल राजनीतिक सहमति खोज्ने दबाब सिर्जना गरे पनि दलहरूको सहमतिविना यस्तो सरकार सम्भव हुने सम्भावना न्यून देखिन्छ।
माइतीघरको प्रदर्शनले जेन–जी आन्दोलन अब केवल विरोधमा सीमित नरही वैकल्पिक राजनीतिक संरचना खोज्न थालेको सन्देश दिएको छ। सर्वपक्षीय सरकारको माग, पुराना नेताहरूको बहिष्कार र प्रणालीगत असन्तुष्टिको भाषा—यी सबैले जेन–जी आन्दोलनलाई आगामी निर्वाचन र सत्ता समीकरणमा एक नयाँ दबाब समूहका रूपमा उभ्याउने संकेत गर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: