Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

समानुपातिक सूचीमा असन्तुष्टि उत्कर्षमा : उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ नाघ्यो

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका अनुसार यो संख्या अझै बढ्न सक्ने देखिएको छ, जसले राजनीतिक दलभित्रको असन्तुष्टि र सूची व्यवस्थापनमा देखिएको जटिलतालाई उजागर गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार अपराह्नसम्म ८५ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै आयोग परिसरमै अझै केही सेवाग्राही उपस्थित रहेको बताए । ‘उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । आयोगमा अझै केही व्यक्ति हुनुहुन्छ, त्यसैले यो संख्या थपिन सक्छ,’ उनले भने ।

बन्दसूची सच्याउने दबाब

राजनीतिक दलहरूले यही पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए । आयोगले समावेशी क्लस्टर मिलाउन आइतबारसम्मको समय दिएको थियो । तर, बन्दसूची सार्वजनिक भएपछि विभिन्न दलभित्र प्राथमिकता क्रम, समावेशी मापदण्ड र आन्तरिक सहमतिबारे असन्तुष्टि चुलिएको देखिएको छ ।

सोमबार उम्मेदवारी फिर्ताको अन्तिम दिन तोकिएकाले दिनभर आयोगमा चहलपहल बढेको थियो । उम्मेदवारी फिर्ता लिन उम्मेदवार स्वयं आयोगमा उपस्थित हुनुपर्ने व्यवस्था छ । तर, आवश्यक परे वारेसमार्फत पनि निवेदन दिन सकिने आयोगले जनाएको छ ।

दललाई पुनः नाम पठाउने अवसर

उम्मेदवारी फिर्ताको निवेदन प्राप्त भएपछि निर्वाचन आयोगले सम्बन्धित राजनीतिक दललाई औपचारिक जानकारी गराउनेछ । आयोगबाट सूचना प्राप्त भएपछि खाली भएको स्थानमा दलहरूले नयाँ उम्मेदवारको नाम समावेश गर्न पाउने व्यवस्था छ । यसले दलहरूलाई बन्दसूची पुनः सन्तुलनमा ल्याउने अवसर दिएको भए पनि आन्तरिक विवाद थप चर्किन सक्ने संकेत पनि देखिएको छ ।

निर्वाचन कार्यतालिका

प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गते हुने तय भइसकेको छ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भने माघ ६ गतेका लागि निर्धारण गरिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा समानुपातिक सूचीमा देखिएको यो ठूलो मात्राको फिर्ताले दलहरूको संगठनात्मक अवस्था र आन्तरिक लोकतन्त्रबारे प्रश्न उठाएको छ ।

विशेषगरी महिला, दलित, आदिवासी–जनजाति र अन्य समावेशी क्लस्टरमा प्राथमिकता नपाएको गुनासो बढ्दै जाँदा समानुपातिक प्रणालीको कार्यान्वयन नै बहसको केन्द्रमा पुगेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending