काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । पछिल्ला तीन दिनयता लगातार उकालो लागेको सुन र चाँदी दुवैको मूल्यले उपभोक्ता र व्यवसायीलाई चकित पारेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम भएको छ ।
गत आइतबार प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ मा कारोबार भएको सुन सोमबार एकैदिन ४ हजार १ सय रुपैयाँ ले बढेर २ लाख ७४ हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यसको भोलिपल्ट फेरि वृद्धि भएसँगै सुनको मूल्यले नयाँ इतिहास बनाएको हो ।
चाँदीको मूल्यमा पनि उस्तै तीव्र उछाल देखिएको छ । आइतबार प्रतितोला ४ हजार ९९० रुपैयाँ रहेको चाँदी सोमबार ५ हजार १९५ रुपैयाँ पुगेको थियो भने आज थप वृद्धि हुँदै ५ हजार ३४० रुपैयाँ पुगेको छ ।
व्यवसायीहरूका अनुसार अमेरिकी डलरको अस्थिरता, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र वृद्धि र विश्वव्यापी आर्थिक अनिश्चितता स्थानीय बजारमा मूल्य बढ्नुको मुख्य कारण हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा एक औँस सुन ४ हजार ५८८ अमेरिकी डलर मा कारोबार भइरहेको छ । त्यस्तै, एक औँस सेतो धातु (चाँदी) को मूल्य ८४ अमेरिकी डलर पुगेको छ ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको तनाव र लगानीकर्ताको सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणले सुनचाँदीको मूल्य अझै बढ्न सक्ने संकेत देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - १२:५२
काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भए...
पौष २९ गते, २०८२ - १२:३१
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही शीर्ष नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । बुधब...
पौष २९ गते, २०८२ - १२:२६
मुस्ताङ । चीनबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको २ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ । घटन...
पौष २९ गते, २०८२ - १२:२३
काठमाडौं । गृहमन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव ज...
पौष २९ गते, २०८२ - १२:२०
काठमाडाैं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ । ...
पौष २९ गते, २०८२ - १२:१८
काठमाडौं । नेपाली राजनीतिमा कम्युनिस्ट ध्रुवीकरणको प्रयासले फेरि गति लिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको ...
पौष २९ गते, २०८२ - १२:१३
काठमाडौं । आजको डिजिटल युगमा, धेरै मानिसहरू उठ्ने बित्तिकै आफ्नो फोन वा पेन्डिङ कामहरूमा अल्झिन्छन्, जसले दिनभरि उनीहरूको उत्पादकता र मानसिक शान्तिलाई...
पौष २९ गते, २०८२ - १२:११
काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन केवल प्रस्तावमाथिको छलफलमा सीमित छैन, यो नेतृत्व, नीति र नैतिकतामाथिको जनअदालत बन्दै गएको छ । महामन्त्रीद्...
पौष २९ गते, २०८२ - ११:४०
हुम्ला । अत्यधिक चिसो बढेसँगै हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । चीनको ताक्लाकोटसँगको व्यापारिक आवागमन पू...
पौष २९ गते, २०८२ - ११:३१
काठमाडौं । नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४...




प्रतिकृया लेख्नुहोस्: