हुम्ला । अत्यधिक चिसो बढेसँगै हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । चीनको ताक्लाकोटसँगको व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प भएपछि भन्सार कार्यालय अस्थायी रूपमा बन्द गर्नुपरेको हो ।
यही पुस महिनादेखि चीनको ताक्लाकोटबाट व्यापारी र मालसामान आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाटै भन्सार सेवा बन्द गरिएको भन्सार कार्यालयका प्रमुख रामराज जैसीले जानकारी दिए । कारोबार शून्य भएपछि भन्सार कर्मचारीहरू कार्यालय बन्द गरेर जिल्ला सदरमुकाम सिमकोटस्थित सम्पर्क कार्यालयमा सरेका छन् ।
प्रमुख जैसीका अनुसार चीनतर्फबाट सामान आयात बन्द भएपछि भन्सार विभागसँग समन्वय गरेर कार्यालय अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो । “कारोबार नै नहुँदा हिल्सामा कर्मचारी बसिरहनुको औचित्य रहेन,” उनले भने ।
यस वर्ष हिमपात कम भए पनि नारा सडकखण्डमा गत कात्तिकमा परेको हिउँ जमेर सडक अवरुद्ध भएपछि यातायात सेवा बन्द भएको छ । सडक बन्द भएसँगै चीनको ताक्लाकोटबाट मालसामान आयातसमेत ठप्प भएको उनले बताए ।
भन्सार कार्यालयका अनुसार चीनतर्फको नाका औपचारिक रूपमा खुल्लै राखिएको छ । मौसम अनुकूल भएपछि र आवागमन सहज बनेपछि आगामी चैतको दोस्रो हप्ताबाट यारी नाका पुनः सञ्चालन गरिने तयारी छ ।
गत साउनदेखि हालसम्म यारी नाका भन्सार कार्यालयले १८ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । प्रमुख जैसीका अनुसार यो रकम गत वर्षको तुलनामा दोब्बर राजस्व असुली हो ।
स्थानीय स्तरमा भने नाका बन्द हुँदा उपभोग्य वस्तुको आपूर्ति, मूल्य वृद्धि र व्यापारमा थप दबाब पर्ने चिन्ता बढ्न थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...



प्रतिकृया लेख्नुहोस्: