Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

कम्युनिस्ट एकीकरणको नयाँ शृङ्खला : जसपा उपाध्यक्षसहित लिम्बुवान शक्तिहरू नेकपामा समाहित

खबरडबली संवाददाता

काठमाडौं । नेपाली राजनीतिमा कम्युनिस्ट ध्रुवीकरणको प्रयासले फेरि गति लिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको केन्द्रीय तहका नेताहरूको समूह र मनिस हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएका छन् ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै समूहसँग औपचारिक सहमति गर्दै पार्टी प्रवेश गराएका हुन् । जसपा नेपालबाट आएको टोलीसँग ५ बुँदे र लिम्बुवान क्रान्तिकारी पार्टीसँग २ बुँदे सहमति भएको जनाइएको छ । सहमतिमा वैचारिक नजिकपन, राजनीतिक संघर्षको साझा दिशा र संगठनात्मक समायोजनलाई प्राथमिकतामा राखिएको बताइएको छ ।

नवप्रवेशी नेताहरूलाई आयोजित कार्यक्रममा संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै शीर्ष नेताहरूले कम्युनिस्ट आन्दोलनलाई टुक्रावादबाट मुक्त गर्दै एकताबद्ध संघर्षको नयाँ चरण सुरु भएको दाबी गरे ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो समायोजन केवल दल प्रवेश मात्र होइन, आगामी निर्वाचन र सत्ता समीकरणलाई लक्षित गर्दै नेकपाले पहिचानवादी र क्षेत्रीय शक्तिलाई समेत समेट्ने रणनीति अघि बढाएको संकेत हो । विशेषतः लिम्बुवान आन्दोलनसँग जोडिएको शक्ति नेकपामा समाहित हुनु पूर्वी पहाडी भूगोलमा पार्टीको संगठन विस्तारका लागि महत्वपूर्ण मानिएको छ ।

जसपा नेपालबाट अलग्गिएको यो समूहले भने वैचारिक अस्पष्टता र संगठनात्मक दिशाहीनताका कारण नयाँ राजनीतिक यात्राको खोजी गरेको बताएको छ । उनीहरूको भनाइमा, नेकपाले उठाउँदै आएको वर्ग संघर्ष, राष्ट्रियता र सामाजिक न्यायका मुद्दासँग आफूहरूको एजेन्डा नजिक छ ।

यो समायोजनसँगै कम्युनिस्ट राजनीतिमा पुनः एकताको बहस चर्किने संकेत देखिएको छ । प्रश्न अब यति मात्र होइन कि कति दल समाहित भए, अब प्रश्न यो हो की यो एकता टिकाउ राजनीतिक शक्ति बन्छ, कि फेरि अर्को विभाजनको आधार ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा ग्यास सिलिण्डर विष्फोट हुँदा ९ जना नेपालीकाे मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भए...

राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित नेताहरू नेकपा प्रवेश गर्दै

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही शीर्ष नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । बुधब...

चीनबाट तस्करी हुँदै आएको २ करोड २४ लाखको भेप बरामद, चालक पक्राउ

मुस्ताङ । चीनबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको २ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ । घटन...

गृहमन्त्रालयद्वारा ४ जिल्लामा सीडीओ हेरफेर, ८ उपसचिवको सरुवा

काठमाडौं । गृहमन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव ज...

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

काठमाडाैं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ । ...

कम्युनिस्ट एकीकरणको नयाँ शृङ्खला : जसपा उपाध्यक्षसहित लिम्बुवान शक्तिहरू नेकपामा समाहित

काठमाडौं । नेपाली राजनीतिमा कम्युनिस्ट ध्रुवीकरणको प्रयासले फेरि गति लिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको ...

दिनभरि खुसी र ध्यान केन्द्रित रहन चाहनुहुन्छ? बिहान यी ५ काम गर्नुहोस्

काठमाडौं । आजको डिजिटल युगमा, धेरै मानिसहरू उठ्ने बित्तिकै आफ्नो फोन वा पेन्डिङ कामहरूमा अल्झिन्छन्, जसले दिनभरि उनीहरूको उत्पादकता र मानसिक शान्तिलाई...

कांग्रेस महाधिवेशनमा असन्तोषको विस्फोट : ‘हलबाटै नेतृत्व छानौं, पुरानै शैली अब चल्दैन’

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन केवल प्रस्तावमाथिको छलफलमा सीमित छैन, यो नेतृत्व, नीति र नैतिकतामाथिको जनअदालत बन्दै गएको छ । महामन्त्रीद्...

चिसोले थला पार्‍यो यारी नाका : तीन महिना भन्सार बन्द, चीनतर्फको कारोबार ठप्प

हुम्ला । अत्यधिक चिसो बढेसँगै हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । चीनको ताक्लाकोटसँगको व्यापारिक आवागमन पू...

यलम्बर कप ब्याडमिन्टन माघमा

काठमाडौं ।  नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending