सायमिका अनुसार उनीसहित राष्ट्रिय मुक्ति पार्टीका केही केन्द्रीय नेताहरू, सहकारी पीडित आन्दोलनमा सक्रिय अभियन्ताहरू तथा नदी किनारको मापदण्डविरुद्ध संघर्षरत समूहका प्रतिनिधिहरू पनि नेकपामा प्रवेश गर्न लागेका हुन् । यसलाई उनीहरूले विचार, मुद्दा र संघर्षको साझा मोर्चाका रूपमा व्याख्या गरेका छन् ।
‘आज वैकल्पिक शक्ति भन्ने नाममा सदनलाई रंगमञ्च बनाउने प्रयास भइरहेको छ,’ सायमिले भने, ‘त्याग, तपस्या र संघर्षबिनै प्रधानमन्त्री घोषणा गर्दै सत्ता बाँडफाँटको राजनीति हावी हुँदै गएको छ । त्यसविरुद्ध हामी एकीकृत हुँदैछौँ ।’
उनका अनुसार राष्ट्रिय मुक्ति पार्टीले उठाउँदै आएका मुद्दा सहकारी पीडितको न्याय, सुकुम्बासी तथा नदी किनारमा बसोबास गर्ने नागरिकको अधिकार, सामाजिक न्याय र राज्यको उत्तरदायित्व नेपाली कम्युनिस्ट पार्टीको राजनीतिक एजेन्डासँग मेल खाने भएकाले नेकपामा समाहित हुने निर्णय लिइएको हो ।
सायमि काठमाडौंको कालिमाटी क्षेत्रका स्थायी बासिन्दा हुन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेका छन् । नेकपामा समायोजनसँगै उक्त क्षेत्रमा पार्टीको संगठन सुदृढ गर्ने र जनआधारित मुद्दालाई सशक्त रूपमा उठाउने योजना रहेको उनी निकट स्रोतले जनाएको छ ।
नेकपाले पछिल्लो समय विभिन्न साना दल, आन्दोलनरत समूह तथा सामाजिक अभियन्ताहरूलाई समेट्दै राजनीतिक एकता विस्तार गर्ने रणनीति लिइरहेका बेला सायमिसहितको समूहको प्रवेशलाई पार्टीभित्र महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: