Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

भ्रष्टाचारमुक्त समाजको परिकल्पना बनाएरै छाड्छु’ : प्रचण्ड

नेकपाका केन्द्रीय सदस्यले लिए सपथ

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा सपथ ग्रहण गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित समारोहमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले सपथ ग्रहण गरेपछि अन्य केन्द्रीय सदस्यहरूलाई सपथ गराइएको हो ।

सपथ ग्रहण समारोहमा जेष्ठ कम्युनिस्ट मञ्चका अध्यक्ष एनके प्रसाईंले संयोजक प्रचण्ड र सह–संयोजक नेपाललाई सपथ खुवाउँदै परिचय पत्रसमेत हस्तान्तरण गरेका थिए । त्यसपछि संयोजक प्रचण्डले उपस्थित केन्द्रीय सदस्यहरूलाई सपथ गराएका हुन् ।

समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले परम्परागत ढर्रा र चल्तीको राजनीतिक शैलीबाट मात्रै देशले भोगिरहेको जटिल परिस्थितिको सामना गर्न नसकिने स्पष्ट पारे । राष्ट्रलाई थप एकताबद्ध बनाउने, राष्ट्रिय एकता मजबुत पार्ने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्न नयाँ संकल्प र साहसी पहल आवश्यक रहेको उनको भनाइ थियो । यही निष्कर्षका आधारमा पार्टीलाई सबैलाई एकताबद्ध गर्दै अगाडि बढाइएको उनले बताए ।

प्रचण्डले बुधबार राष्ट्रिय सभा गृहमा काठमाडौं उपत्यकासहित देशैभर बलियो राजनीतिक सन्देश दिने गरी अर्को एकता समारोह आयोजना गरिएको उल्लेख गर्दै पार्टीले नयाँ चरणको राजनीतिक यात्रामा प्रवेश गरेको दाबी गरे । उनले भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने परिकल्पनाबाट पछि नहट्ने अठोट दोहोर्‍याउँदै भने, “भ्रष्टाचारमुक्त समाजको परिकल्पना बनाएरै छाड्छु, त्यसका लागि पार्टी र नेतृत्व प्रतिबद्ध छ।”

सपथ ग्रहणपछि अब पार्टीको केन्द्रीय संरचनालाई पूर्णता दिने, संगठनात्मक कामलाई तीव्रता दिने र जनतासँग जोडिने अभियानमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको प्रचण्डको भनाइ छ ।

त्यसैगरी सह–संयोजक माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई पार्टीको अर्को अग्निपरीक्षाका रूपमा व्याख्या गरे । उनले चुनावको तयारीमा ढिलाइ नगरी संगठन परिचालन, घोषणापत्र निर्माण र जनस्तरसम्म पार्टीको सन्देश पुर्‍याउने काममा सबै नेता–कार्यकर्ता जुट्न आग्रह गरे ।

नेपालले निर्वाचन जित्न सक्ने वातावरण निर्माण भइसकेको दाबी गर्दै अब जिम्मेवारीपूर्वक काम गर्न सके पार्टीले अपेक्षित सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । उनले पार्टी एकतापछि अबको मुख्य चुनौती जनविश्वास जित्दै चुनावी मैदानमा मजबुत रूपमा उत्रिनु रहेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending