Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

तीन वर्षमै झापा–२ मा पाँच अर्बको बजेट, विकासलाई संस्थागत गरें : सभामुख घिमिरे

खबरडबली संवाददाता

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएर विकास निर्माणका काम अघि बढाइएको दाबी गरेका छन् । उनले यस अवधिमा सडक, खानेपानी, नदी कटान नियन्त्रण, भौतिक पूर्वाधारलगायत क्षेत्रका परियोजनालाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।

बिर्तामोड नगरपालिकामा आइतबार आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले आगामी माघ ५ गते आफ्नो कार्यकाल समाप्त हुन लागेको र निर्वाचन प्रक्रिया अघि बढिसकेको सन्दर्भमा तीन वर्षको अवधिमा आफूले निर्वाचित क्षेत्रका लागि गरेका कामबारे सार्वजनिक जानकारी दिएका हुन् ।

सभामुख घिमिरेले संसद् पुनःस्थापना आफ्नो पहिलो एजेण्डा भए पनि जिम्मेवारीमा रहँदा विकास र संसदीय मर्यादालाई सन्तुलनमा राखेर काम गरेको दाबी गरे । “राजनीतिक अस्थिरताबीच पनि विकासलाई रोकिन नदिने प्रयास गरियो,” उनले भने, “जनताको अपेक्षा अनुसार बजेट सुनिश्चित गर्दै योजनाहरू अघि बढाइयो।”

उनले २०७९ साल मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट निर्वाचित भई पुस ८ गते शपथ ग्रहण गरेको स्मरण गराउँदै माघ ५ गतेदेखि सभामुखको जिम्मेवारी सम्हालेको जानकारी दिए । त्यसयता निर्वाचन क्षेत्रमा सडक विस्तार, खानेपानी आयोजना, नदी कटान नियन्त्रण, भौतिक पूर्वाधार तथा अन्य विकास निर्माणका क्षेत्रमा उल्लेख्य बजेट सुनिश्चित गरिएको उनको भनाइ छ ।

“तीन वर्षको अवधिमा झापा–२ को समग्र विकासका लागि करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट व्यवस्थापन गरिएको छ,” सभामुख घिमिरेले भने, “यसले दीर्घकालीन विकासको बलियो आधार तयार गरेको छ।”

सभामुख घिमिरेले आगामी दिनमा पनि यस क्षेत्रको विकासलाई निरन्तरता दिन संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउँदै आफू जनताप्रति उत्तरदायी भएर काम गरेको दाबी गरे । उनले विकासका कामलाई राजनीतिक स्वार्थभन्दा माथि राखेर अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले सभामुख घिमिरेको पहल र सहयोगका कारण बिर्तामोड क्षेत्रमा उल्लेखनीय विकास सम्भव भएको बताइन् । उनले सडक विस्तार, खानेपानी सुधार तथा अन्य भौतिक पूर्वाधार विकासका लागि केन्द्र सरकारबाट पर्याप्त बजेट सुनिश्चित हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गरिन् ।

पत्रकार सम्मेलनमा कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री चिन्तन पाठक, अर्जुनधाराका नगरप्रमुख बलदेव गोम्देन, बुद्धशान्तिका नगरप्रमुख मनोज प्रसाईं, संविधानसभा सदस्य प्रेम गिरीलगायतको सहभागिता रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending