कैलाली । बहुचर्चित भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले चार वर्षपछि अन्ततः फैसला सुनाएको छ । अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १३ जनालाई जन्मकैदको सजाय सुनाएको छ भने ७ जनालाई अभियोगबाट पूर्ण रूपमा सफाइ दिएको छ ।
लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको २०७८ साल कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा धारिलो हतियार प्रयोग गरी निर्मम हत्या गरिएको थियो । उक्त घटनाले कैलालीसहित सुदूरपश्चिममा ठूलो सनसनी मच्चाएको थियो ।
घटनापछि २०७८ साल फागुन २६ गते जिल्ला सरकारी वकिलको कार्यालय कैलालीले नवीन रावललाई मुख्य अभियुक्त बनाएर २१ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।
घटनाको करिब चार वर्षपछि जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहित ६ जनालाई ‘जीवित रहेसम्म कारावास’ अर्थात् आजीवन जन्मकैदको सजाय हुने ठहर गरेको हो ।
अदालतका सूचना अधिकारी पंकज उपाध्यायका अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम आजीवन जन्मकैद सजाय पाउनेमा नवीन रावलसँगै आर्यान देवकोटा, रोशन बहादुर शाही, अनुज भन्ने चिरञ्जिवी जंग शाही, रोहित आले र हिमाल शाही रहेका छन् ।
त्यसैगरी, मदन शाही, हेमन्त शाही, धिरज भन्ने दीपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल, शोहन शाह, लोकेन्द्र कुवँर र सविनजंग शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिम जन्मकैद सजाय सुनाइएको अदालतले जनाएको छ ।
अदालतले भने अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ गरी ७ जनालाई अभियोग दाबी पुग्न नसकेको ठहर गर्दै पूर्ण रूपमा सफाइ दिएको छ ।
यस मुद्दामा सुरूदेखि नै फरार रहेका प्रतिवादी लोकजंग शाहीको हकमा भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ अनुसार मुद्दा मुल्तबीमा राख्ने आदेश गरिएको छ ।
अदालतले सजाय पाएका १३ जना प्रतिवादीहरूलाई संयुक्त रूपमा पीडित पक्षलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दामासाहीका आधारमा उपलब्ध गराउन आदेश दिएको छ । साथै उनीहरूबाट जनही दुई हजार आठ सय रुपैयाँका दरले पीडित राहत कोषमा रकम दाखिला गर्नुपर्ने आदेशसमेत भएको छ ।
चार वर्षसम्म चलेको लामो सुनुवाइपछि आएको यस फैसलाले पीडित परिवारलाई केही हदसम्म न्यायको अनुभूति गराएको बताइएको छ भने अदालतको निर्णयलाई कानूनको शासन र आपराधिक घटनामा कडा सन्देशका रूपमा हेरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: