काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको बैठक निष्कर्षविहीन रूपमा सकिएको छ। सभापति देउवाको निवास महाराजगञ्जमा भएको छलफलबाट ठोस सहमति ननिस्किए पनि पुनः वार्ता गर्ने समझदारी भने बनेको छ।
महामन्त्रीद्वयसँगको छलफलमा सभापति देउवाले कानुनी रूपमा सम्भव भए प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको टिकटमा आफ्नो सट्टा अर्कै नेताको हस्ताक्षर गर्ने व्यवस्था गर्न आफू तयार रहेको बताएका छन्।
‘माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा मेरो हस्ताक्षरमा पार्टीका साथीहरूले उम्मेदवारी दर्ता गर्नुभएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा पनि सभापतिको हैसियतमा मैले नै हस्ताक्षर गरेको छु,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अब प्रत्यक्षतर्फको निर्वाचनमा अर्कै साथीलाई हस्ताक्षरको अधिकार दिन मिल्छ कि मिल्दैन, कानुनी रूपमा निर्क्योल गरौँ, म त्यसका लागि तयार छु।’
छलफलका क्रममा देउवाले आगामी वैशाखमा तय भएको १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुने निश्चित भइसकेको भन्दै अहिले नै नेतृत्व परिवर्तनको विषय नउठाउन महामन्त्रीद्वयलाई आग्रह गरेका थिए। केन्द्रीय कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै त्यतिन्जेल धैर्य गर्न पनि उनले आग्रह गरेका थिए।
देउवाको धारणा सुनेपछि महामन्त्रीद्वय पार्टीभित्र थप छलफल आवश्यक रहेको भन्दै देउवा निवासबाट बाहिरिएका छन्।
उता, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ८ बजे बस्ने भनिए पनि अझै सुरु हुन सकेको छैन। यद्यपि पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी, केन्द्रीय सदस्य तथा सातै प्रदेशका सभापतिहरू भेला हुन थालेका छन्। बैठकमा पछिल्लो राजनीतिक संकट र आगामी निर्वाचनसम्बन्धी निर्णयहरूबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...
माघ १ गते, २०८२ - ११:०३
काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य २ लाख ८० हजार नजिक पुगेकाे छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनकाे मूल्य २ लाख ७८ हजार रुपैयाँ काय...
माघ १ गते, २०८२ - १०:५७
काठमाडौं । काठमाडाैंमा पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु भएकाे छ । ट्यांकीमा पानी चढाउन मोटर खोल्ने क्रममा ट्यांकीभित्र खसेर उनकाे मृत्यु भएकाे हा...
माघ १ गते, २०८२ - १०:५६
नेपाली पहाडी भेगका ओसिला ढिस्को, चट्टानका फेदी र जङ्गलको छायाँमा उम्रिने एउटा सानो तर शक्तिशाली जडिबुटी छ—पाखनबेद। बाहिरबाट सामान्य देखिने यो बोट नेपा...
माघ १ गते, २०८२ - १०:५२
काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पा र सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे । पाल्पाको ...
माघ १ गते, २०८२ - १०:४३
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको बैठक निष्कर्षविहीन रूपमा सकिएको छ। सभापति ...
माघ १ गते, २०८२ - १०:४१
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन...
माघ १ गते, २०८२ - १०:३२
काठमाडौं । सिन्धुली । नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन् । उनीहरूलाई ...
माघ १ गते, २०८२ - १०:२०
काठमाडौं । पछिल्लो समय दिनहुँजसो तापक्रम घट्ने क्रममा छ । तापक्रम घट्दै जाँदा चिसो बढिरहेको छ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटि...




प्रतिकृया लेख्नुहोस्: