Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव पठाएको छ। प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै निर्वाचन केन्द्रीत तयारी अघि बढाउनुपर्ने स्पष्ट उल्लेख गरिएको छ।

विशेष महाधिवेशन पक्षले पार्टीभित्र चर्किएको आन्तरिक विवाद समाधान गर्दै संगठन सुदृढीकरण र विशेष महाधिवेशनको मिति टुंग्याएर कांग्रेसलाई एकताबद्ध ढंगले अघि बढाउनुपर्नेमा जोड दिएको छ।

प्रस्तावमा सभापति देउवाको भूमिकाबारे समेत कडा शर्त राखिएको छ। कार्यकारी जिम्मेवारीबाट देउवा बाहिरिनुपर्ने, प्रत्यक्षतर्फका उम्मेदवारको टिकटमा उनको हस्ताक्षर नहुने व्यवस्था गर्नुपर्ने विषय प्रस्तावमा समेटिएको छ।

यसैगरी आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने र निर्वाचन केन्द्रीत ५ सदस्यीय उच्चस्तरीय संयन्त्र बनाइनुपर्ने प्रस्ताव गरिएको छ।

विशेष महाधिवेशन पक्षले विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको वैचारिक र सांगठनिक पुँजीका रूपमा ग्रहण गर्नुपर्ने उल्लेख गर्दै सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाएर निर्वाचनमा जानुपर्ने धारणा अघि सारेको छ।

प्रस्तावका मुख्य ८ बुँदा

आगामी प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै तय गरेर चुनावमा जानुपर्ने

विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्ने

सभापति शेरबहादुर देउवा कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने

प्रतिनिधिसभा उम्मेदवारको टिकटमा देउवाको हस्ताक्षर नहुने व्यवस्था गर्नुपर्ने

कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने

टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने

निर्वाचन केन्द्रीत ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने

विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई पार्टीको पुँजीका रूपमा ग्रहण गर्नुपर्ने

विशेष महाधिवेशन पक्षको प्रस्तावपछि कांग्रेसभित्र तरंग पैदा भएको छ। संस्थापन समूहका नेताहरूले प्रस्ताव अध्ययन गरेर मात्र धारणा सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन्। एक नेताले भने, “केही प्रस्ताव राजनीतिक रूपमा संवेदनशील छन्, यसबारे पार्टीभित्र गम्भीर छलफल आवश्यक छ।”

उता विशेष महाधिवेशन पक्षका नेताहरू भने प्रस्ताव पार्टी एकताको आधार भएको दाबी गर्दै सहमतिमा पुग्न संस्थापन पक्ष सकारात्मक हुने अपेक्षा राखेका छन्।

कांग्रेसभित्र विशेष महाधिवेशन, नेतृत्व हस्तान्तरण र निर्वाचन रणनीतिलाई लिएर बढ्दो दबाबबीच यो प्रस्तावलाई आगामी राजनीतिक दिशाको निर्णायक कडीका रूपमा हेरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...

कांग्रेसमा विस्फोटक मोड: गगन–विश्व निष्कासनपछि भृकुटीमण्डप नाराबाजीले तातेको

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरुण क्षेत्री अभिनीत ‘हन्टर’को छायांकन सकियो, ४५ दिनमै इन्डक्ल्याप

काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...

सुनकाे मूल्य २ लाख ८० हजार नजिक, चादीले पनि बनायाे नयाँ रेकर्ड

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य २ लाख ८० हजार नजिक पुगेकाे छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनकाे मूल्य २ लाख ७८ हजार रुपैयाँ काय...

पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु

 काठमाडौं । काठमाडाैंमा पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु भएकाे छ ।  ट्यांकीमा पानी चढाउन मोटर खोल्ने क्रममा ट्यांकीभित्र खसेर उनकाे मृत्यु भएकाे हा...

पाखनबेद: पत्थरी फोर्ने जडिबुटी, पहाडको मौन वैद्य

नेपाली पहाडी भेगका ओसिला ढिस्को, चट्टानका फेदी र जङ्गलको छायाँमा उम्रिने एउटा सानो तर शक्तिशाली जडिबुटी छ—पाखनबेद। बाहिरबाट सामान्य देखिने यो बोट नेपा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ ।  छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पा र सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे ।  पाल्पाको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending