Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

खबरडबली संवाददाता

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको मागलाई बेवास्ता गरिएको भन्दै विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीचको संघर्ष निर्णायक मोडमा पुगेपछि कांग्रेस फुटेको हो।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा अब चुनावमा जान नसकिने निष्कर्षसहित उठेको असन्तुष्टि अन्ततः कारबाही र प्रतिकारको चरणमा प्रवेश गरेको छ। देउवा नेतृत्वको केन्द्रीय समितिले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेपछि विभाजन औपचारिक बनेको हो।

रुपान्तरण बनाम यथास्थितिवादको टकराव

कांग्रेसभित्र लामो समयदेखि ‘रुपान्तरण चाहने’ र ‘यथास्थिति जोगाउन चाहने’ समूहबीच वैचारिक र सांगठनिक द्वन्द्व चल्दै आएको थियो। युवा पुस्ताको नेतृत्वमा अघि बढेको विशेष महाधिवेशन पक्षले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको, टिकट वितरणमा मनपरी बढेको र सभापति केन्द्रित शक्ति संरचनाले पार्टीलाई कमजोर बनाएको आरोप लगाउँदै आएको थियो।

विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक–पटक सभापति देउवाले कार्यकारी भूमिकाबाट अलग भएर अभिभावकीय भूमिका लिनुपर्ने, आगामी निर्वाचनका लागि नयाँ नेतृत्वलाई अगाडि सार्नुपर्ने र पार्टीलाई चुनावमुखी बनाउनु पर्ने माग राख्दै आएका थिए। तर ती मागहरू निरन्तर अस्वीकार भएपछि टकराव चर्किँदै गएको थियो।

कारबाहीपछि विद्रोह खुला

देउवा पक्षले ‘अनुशासन उल्लंघन’ को अभियोग लगाउँदै गगन थापा, विश्वप्रकाश शर्मा र फर्मुल्लाह मन्सुरमाथि कारबाही गरेपछि कांग्रेसभित्रको विवाद खुला विद्रोहमा परिणत भएको छ। भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनमा नाराबाजी, प्रतिवाद र देउवाविरुद्ध चर्को आक्रोश देखिएको छ।

कारबाहीपछि प्रतिक्रिया दिँदै गगन थापाले कांग्रेस कसैको निजी कम्पनी नभएको स्पष्ट पारे।
“कांग्रेस मैले इतिहास बनाएको पार्टी हो, आन्दोलन हाँकेको पार्टी हो। यो पार्टी कसैको प्राइभेट कम्पनी होइन,” थापाको भनाइ छ।

गगनलाई सभापति बनाउने प्रक्रिया अघि

यता, विशेष महाधिवेशनले अब पार्टी सभापतिमा गगन थापालाई चयन गर्ने प्रक्रिया अघि बढाएको घोषणा गरेको छ। देउवाको नेतृत्वमा चुनावमा जान नसकिने ठहरसहित नयाँ नेतृत्वमार्फत पार्टीलाई पुनर्जीवित गर्ने विशेष महाधिवेशन पक्षको दाबी छ।

उनीहरूका अनुसार यो संघर्ष पदका लागि नभई पार्टीको भविष्य, लोकतान्त्रिक अभ्यास र जनविश्वास पुनःस्थापनाका लागि हो।

कांग्रेसको भविष्य अन्योलमा

विभाजनपछि नेपाली कांग्रेसको भविष्य अनिश्चित बनेको छ। संगठन, चुनावी तयारी र कानुनी मान्यताको विषयमा अब पार्टीभित्र थप जटिलता देखिने संकेत छन्। राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसको यो विभाजनले समग्र राष्ट्रिय राजनीतिमा समेत गहिरो प्रभाव पार्नेछ।

लोकतन्त्रको मेरुदण्ड मानिएको कांग्रेस आज आफ्नै आन्तरिक लोकतन्त्रको संकटमा फसेको देखिन्छ। सहमतिबाट समाधान खोज्ने अवसर गुमाउँदा कांग्रेस इतिहासकै सबैभन्दा गम्भीर मोडमा उभिएको छ।

अब प्रश्न उभिएको छ कांग्रेस पुनः एक हुन्छ, कि स्थायी विभाजनको बाटो समाउँछ ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending