कैलाली । नागरिक उन्मुक्ति पार्टीकी पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकी नेतृ रञ्जिताले पार्टी समायोजनको निर्णय आकस्मिक नभई लामो समयदेखि चल्दै आएको षड्यन्त्र, अवरोध र असहिष्णु व्यवहारको परिणाम भएको स्पष्ट पारेकी छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विस्तृत स्टाटसमा उनले पार्टी नेतृत्व सम्हालेदेखि नै आफू योजनाबद्ध घेराबन्दीमा परेको बताएकी छन्। महिला नेतृत्व स्वीकार्न नसक्ने मानसिकता, अविश्वासको राजनीति र काम गर्न नदिने प्रवृत्तिका कारण अन्ततः कठिन तर अपरिहार्य निर्णय लिनुपरेको उनको भनाइ छ।
रञ्जिताका अनुसार अध्यक्ष पदमा रहँदै गर्दा आफूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने बदनियतसहित अवैधानिक राष्ट्रिय भेला आयोजना गर्ने प्रयासहरू पटक–पटक गरिए। ती सबै प्रयासलाई निर्वाचन आयोगले समयमै अस्वीकार गरेपछि विधानविपरीतका गतिविधि दीर्घकालीन रूपमा टिक्न नसक्ने कुरा प्रमाणित भएको उनले उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, “कहिले सीमित केन्द्रीय सदस्यको हस्ताक्षरको आडमा त कहिले अवैधानिक भेलाको नाममा नेतृत्व कब्जा गर्ने प्रयास गरियो। तर यस्ता सबै गतिविधि असफल भए।” यति हुँदाहुँदै पनि आफू लोकतान्त्रिक मूल्य–मान्यता, विधिसम्मत अभ्यास र संस्थागत प्रक्रियाबाट कहिल्यै विचलित नभएको उनको दाबी छ।
रञ्जिताले संसदभित्र आफूलाई एक्ल्याउने रणनीति, पार्टी संरचना जोगाउने जिम्मेवारीमा रहेका व्यक्तिहरूबाटै संगठनलाई क्षति पुग्ने गतिविधि, र नेतृत्व कमजोर बनाउने योजनाहरू क्रमिक रूपमा अघि बढाइएको आरोप लगाएकी छन्। पार्टीभित्रको विभाजन, अविश्वास र षड्यन्त्रले आफूलाई व्यक्तिगत रूपमा मात्र होइन, संगठनात्मक रूपमा पनि गहिरो चोट पुर्याएको उनको भनाइ छ।
स्वार्थपूर्तिका लागि गरिने गतिविधिलाई विद्रोह भन्न नमिल्ने बताउँदै उनले त्यसलाई संगठन, प्रणाली र लोकतान्त्रिक अभ्यासमाथिको घातको संज्ञा दिएकी छन्। “अराजक, स्वार्थी र विघटनकारी राजनीतिक अभ्यास कुनै पनि जिम्मेवार नेतृत्वले स्वीकार गर्न सक्दैन,” उनले स्पष्ट रूपमा उल्लेख गरेकी छन्।
महिला नेतृत्वप्रति देखिने असहिष्णुता, निरन्तर अवरोध र योजनाबद्ध षड्यन्त्रकै कारण अन्ततः आफू नेपाली कम्युनिस्ट पार्टीसँग समायोजन भएको बताउँदै रञ्जिताले यो निर्णय आवेगमा नभई अनुभव, संघर्ष र सिद्धान्तबाट निस्किएको निष्कर्ष भएको प्रष्ट पारेकी छन्।
उनको स्पष्टोक्तिले पार्टीभित्रको आन्तरिक राजनीति, महिला नेतृत्वले भोग्नुपर्ने चुनौती र नेपाली राजनीतिमा संस्थागत संस्कृतिको प्रश्नलाई पुनः एकपटक गम्भीर रूपमा उठाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: