Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

टुँडिखेलमा माघीको स्वाद : भक्का र घोँगीको खोजीमा राजधानी

खबरडबली संवाददाता

काठमाडौं ।  “भक्का छ ? घोँगी पाइन्छ ?” यही प्रश्नले यतिबेला टुँडिखेलको मैदान गुञ्जायमान छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन सञ्चालन हुने थारु राष्ट्रिय माघी महोत्सव–२०८२ ले राजधानीलाई थारु संस्कृतिको स्वाद, सुगन्ध र उत्सवले भरिदिएको छ।

औपचारिक माघी पर्वको स्वागतस्वरूप सुरु भएको महोत्सवमा थारु समुदायका मौलिक परिकारले सबैभन्दा बढी आकर्षण खिचिरहेका छन्। स्टल–स्टलमा धुवाँ उड्दै छ, कतै माटोको भाँडोमा कपडाले बेरेर भक्का पकाइँदैछ, कतै मसला हालेर घोँगी उमालिँदैछ, त कतै फ्राइ माछाको सुवासले पाहुनालाई तानिरहेको छ। तर भीडको पहिलो रोजाइ भने भक्का र घोँगी नै बनेका छन्।

मोरङकी सरिता खवास दिउँसैदेखि तातो भक्का पकाएर बेचिरहेकी छन्। “दिनभरि भक्का नै धेरै बिक्छ,” उनले भनिन्, “घोँगी त सोध्दै–सोध्दै आउँछन्।”

रत्नपार्क कामले आएका विष्णु भुजेल टुँडिखेलमा लागेको माघी महोत्सव देखेर उत्साहित भए। थारु समुदायका मौलिक परिकार चाख्ने चाहनाले उनी पनि स्टल–स्टल घुमे। अन्ततः उनले भक्का र घोँगी दुवै चाखे। “स्वाद त गज्जब छ, तर घोँगी चाहिँ अलि महँगो भएछ,” उनले मुस्कुराउँदै व्यापारीलाई ध्यानाकर्षण गराए।

उनको कुरा सुनेर कैलालीकी केशरी चौधरीले घोँगी महँगिनुको कारण सुनाइन्। उनका अनुसार पहिले ९ रुपैयाँमै किनेको घोँगी ५० रुपैयाँ केजीमा बेच्ने समय थियो। तर अहिले शीतलहर बढेकाले घोँगी भेट्टाउनै मुस्किल भएको छ। “अहिले दुई सय रुपैयाँ केजीमा किनेर चार सयमा बेच्नुपरेको छ,” उनले भनिन्, “शीतलहरले घोँगी खोज्नै गाह्रो भयो।”

महोत्सवमा खानपान मात्रै होइन, थारु संस्कृतिको जीवन्त झल्को पनि देख्न पाइन्छ। थारु समुदायले माघी आउनु भन्दा करिब एक महिना अघिदेखि नै दुनाटपरी बनाउने, खानपानको जोहो गर्ने र पर्वको तयारी थाल्छन्। पुस मसान्तको दिन सुँगुर/बंगुर काट्ने (जता गर्ने), आगोको धुनी बाल्ने र डफ–मादलको तालमा धुमरु गाउँदै रातभर जाग्राम बस्ने चलन छ।

माघ १ गते बिहानै नजिकको खोल्सा, नदी, ताल वा तलैयामा स्नान गरी ‘माघ लहान’ गर्ने परम्परा छ। स्नानपछि पूजा, भाकल र सन्तान सुख तथा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको थारु समुदायका अगुवाहरू बताउँछन्।

टुँडिखेलमा लागेको यो माघी महोत्सवले राजधानीवासीलाई थारु समुदायको संस्कृति, परम्परा र स्वादसँग नजिक्याइदिएको छ। भक्का र घोँगीको स्वादसँगै माघीको आत्मा अनुभूत गर्नेहरूको भीडले महोत्सव थप रौनकपूर्ण बनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विखण्डनले हल्लियो राजनीतिक सन्तुलन : अरू दललाई लोकतन्त्र नै जोखिममा पर्ने डर

काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले...

टुँडिखेलमा माघीको स्वाद : भक्का र घोँगीको खोजीमा राजधानी

काठमाडौं ।  “भक्का छ ? घोँगी पाइन्छ ?” यही प्रश्नले यतिबेला टुँडिखेलको मैदान गुञ्जायमान छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन सञ्चालन हुने...

कांग्रेस अब फुट होइन, कब्जाको लडाइँमा

निर्वाचन आयोग निर्णायक तर असहज अवस्थामा

नेतृत्वदेखि निष्कासनसम्मको यात्रा : रञ्जिताले किन रोजिन् पार्टी समायोजन ?

कैलाली । नागरिक उन्मुक्ति पार्टीकी पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकी नेतृ रञ्जिताले पार्टी समायोजनको निर्णय आकस्म...

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता

 काठमाडाैं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभिय...

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...

कांग्रेसमा विस्फोटक मोड: गगन–विश्व निष्कासनपछि भृकुटीमण्डप नाराबाजीले तातेको

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending