Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

टुँडिखेलमा माघीको स्वाद : भक्का र घोँगीको खोजीमा राजधानी

खबरडबली संवाददाता

काठमाडौं ।  “भक्का छ ? घोँगी पाइन्छ ?” यही प्रश्नले यतिबेला टुँडिखेलको मैदान गुञ्जायमान छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन सञ्चालन हुने थारु राष्ट्रिय माघी महोत्सव–२०८२ ले राजधानीलाई थारु संस्कृतिको स्वाद, सुगन्ध र उत्सवले भरिदिएको छ।

औपचारिक माघी पर्वको स्वागतस्वरूप सुरु भएको महोत्सवमा थारु समुदायका मौलिक परिकारले सबैभन्दा बढी आकर्षण खिचिरहेका छन्। स्टल–स्टलमा धुवाँ उड्दै छ, कतै माटोको भाँडोमा कपडाले बेरेर भक्का पकाइँदैछ, कतै मसला हालेर घोँगी उमालिँदैछ, त कतै फ्राइ माछाको सुवासले पाहुनालाई तानिरहेको छ। तर भीडको पहिलो रोजाइ भने भक्का र घोँगी नै बनेका छन्।

मोरङकी सरिता खवास दिउँसैदेखि तातो भक्का पकाएर बेचिरहेकी छन्। “दिनभरि भक्का नै धेरै बिक्छ,” उनले भनिन्, “घोँगी त सोध्दै–सोध्दै आउँछन्।”

रत्नपार्क कामले आएका विष्णु भुजेल टुँडिखेलमा लागेको माघी महोत्सव देखेर उत्साहित भए। थारु समुदायका मौलिक परिकार चाख्ने चाहनाले उनी पनि स्टल–स्टल घुमे। अन्ततः उनले भक्का र घोँगी दुवै चाखे। “स्वाद त गज्जब छ, तर घोँगी चाहिँ अलि महँगो भएछ,” उनले मुस्कुराउँदै व्यापारीलाई ध्यानाकर्षण गराए।

उनको कुरा सुनेर कैलालीकी केशरी चौधरीले घोँगी महँगिनुको कारण सुनाइन्। उनका अनुसार पहिले ९ रुपैयाँमै किनेको घोँगी ५० रुपैयाँ केजीमा बेच्ने समय थियो। तर अहिले शीतलहर बढेकाले घोँगी भेट्टाउनै मुस्किल भएको छ। “अहिले दुई सय रुपैयाँ केजीमा किनेर चार सयमा बेच्नुपरेको छ,” उनले भनिन्, “शीतलहरले घोँगी खोज्नै गाह्रो भयो।”

महोत्सवमा खानपान मात्रै होइन, थारु संस्कृतिको जीवन्त झल्को पनि देख्न पाइन्छ। थारु समुदायले माघी आउनु भन्दा करिब एक महिना अघिदेखि नै दुनाटपरी बनाउने, खानपानको जोहो गर्ने र पर्वको तयारी थाल्छन्। पुस मसान्तको दिन सुँगुर/बंगुर काट्ने (जता गर्ने), आगोको धुनी बाल्ने र डफ–मादलको तालमा धुमरु गाउँदै रातभर जाग्राम बस्ने चलन छ।

माघ १ गते बिहानै नजिकको खोल्सा, नदी, ताल वा तलैयामा स्नान गरी ‘माघ लहान’ गर्ने परम्परा छ। स्नानपछि पूजा, भाकल र सन्तान सुख तथा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको थारु समुदायका अगुवाहरू बताउँछन्।

टुँडिखेलमा लागेको यो माघी महोत्सवले राजधानीवासीलाई थारु समुदायको संस्कृति, परम्परा र स्वादसँग नजिक्याइदिएको छ। भक्का र घोँगीको स्वादसँगै माघीको आत्मा अनुभूत गर्नेहरूको भीडले महोत्सव थप रौनकपूर्ण बनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending