झापा । झापाको पवित्र कनकाई माईबेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ।
झापा कनकाई नगरपालिका-३, नयाँ बस्तीमा बिहीवार साढे ९ बजेको समयमा बिर्तामोडबाट पश्चिमतर्फ कनकाई माईबेनी मेला भर्न जाँदै गरेको मे. १ च. ४५१५ नम्बरको पिकअप र अर्को विपरित दिशातर्फ जाँदै गरेको ना. ५ ख. २१४९ नम्बरको यात्रुवाहक बस एक आपसमा ठोक्किँदा पिकअपमा रहेका भद्रपुर नगरपालिका ८ बस्ने वर्ष ४० की सुस्मा राजवंशी र उनको छोरा डेढ वर्षीया छोरा आरुती राजवंशीको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
यसैगरि सोहि दुर्घटनामा परी थप ११ जना घाइते बनेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले बताइएको छ । दुर्घटनामा परि मृतकका ४० वर्षीया श्रीमान् आफुद राजवंशी समेत सख्त घाइते भएका छन् । उनको टाउको र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ ।
यसैगरि मृतककै छोरा १५ वर्षीय आशिस राजवंशी समेत घाइते बनेका छन् । अन्य घाइतेहरूमा झापा मेचीनगर नगरपालिका १५ निवासी ६५ वर्षीया फूलमनि मुर्मु, ४२ वर्षीया जमुना राजवंशी, ११ वर्षीय अनिस राजवंशी, झापा भद्रपुर नगरपालिका ४ निवासी ४० वर्षीया पुस्पलाल राजवंशी, भद्रपुर नगरपालिका ९ निवासी ४० वर्षीया टेमुना राजवंशी, शिवसताक्षी नगरपालिका १० निवासी २९ वर्षीया अन्जली राई, बिर्तामोड नगरपालिका ३ निवासी २४ वर्षीया अभिषेक राजवंशी, मेचीनगर नगरपालिका १५ निवासी १५ वर्षीया कृतिका राजवंशी, भद्रपुर नगरपालिका ४ निवासी ४५ वर्षीया पाथल राजवंशी घाइते हुनु भएको हो । घाइतेहरुको बिर्तामोडस्थित बि एन्ड सी र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरू सबै पूर्वको पवित्र माईबेनी मेला भर्न जाँदै गरेका तीर्थयात्रीहरू रहेको बताइएको छ ।
यता कनकाई नगरपालिका-४, कनकाई माईपुलमा पहिचान नखुलेको एक सेतो रङ्गको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कनकाई नगरपालिका-४ निवासी ३५ वर्षीया कमल पराजुलीको मृत्यु भएको छ । बा ए बी २१२६ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सेतो रङ्गको कारले ठक्करदिदा टाउकोमा गम्भिर चोट लागि उपचारका लागि बिर्तामोडमा लैजाँदा चिकित्सकले बुधबार राति ९ः २० बजे मृतक घोषणा गरेको प्रहरीले जनाएको छ । यता ठक्कर दिने कारको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - २१:०३
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले आगामी निर्वाचनमा झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह दुवैलाई ...
माघ २ गते, २०८२ - २०:४७
झापा । झापाको पवित्र कनकाई माईबेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। ...
माघ २ गते, २०८२ - २०:३०
धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पर...
माघ २ गते, २०८२ - २०:०१
काठमाडौँ । विशाल केन्द्रीय समिति र एकता समायोजनका कारण पार्टीभित्र असन्तुष्टि देखिए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अहिले सबै ध्यान आगामी निर्...
माघ २ गते, २०८२ - १९:५८
दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्...
माघ २ गते, २०८२ - १९:५५
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अब पार्टीको आँगनबाट निस्केर निर्वाचन आयोगको ढोकामा पुगेको छ । विशेष महाधिवेशनपछि गगन थापा नेतृत...
माघ २ गते, २०८२ - १९:३१
काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको टोली लालीगुराँस एशोसिएसन क्लबले उत्कृष्ट सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्...
माघ २ गते, २०८२ - १९:२८
काठमाडौँ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई दुई लाख २५ हजार पुरस्कारसहित सम्मानित भएका छन् । उनी यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका हु...
माघ २ गते, २०८२ - १४:०३
काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै ...
माघ २ गते, २०८२ - १३:५९
काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वा...




प्रतिकृया लेख्नुहोस्: