Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

माघे मेला भर्न गएकाे जिप दुर्घटना हुँदा दुईको मृत्यु

खबरडबली संवाददाता

झापा । झापाको पवित्र कनकाई माईबेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। 

झापा कनकाई नगरपालिका-३, नयाँ बस्तीमा बिहीवार साढे ९ बजेको समयमा बिर्तामोडबाट पश्चिमतर्फ कनकाई माईबेनी मेला भर्न जाँदै गरेको मे. १ च. ४५१५ नम्बरको पिकअप र अर्को विपरित दिशातर्फ जाँदै गरेको ना. ५ ख. २१४९ नम्बरको यात्रुवाहक बस एक आपसमा ठोक्किँदा पिकअपमा रहेका भद्रपुर नगरपालिका ८ बस्ने वर्ष ४० की सुस्मा राजवंशी र उनको छोरा डेढ वर्षीया छोरा आरुती राजवंशीको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

यसैगरि सोहि दुर्घटनामा परी थप ११ जना घाइते बनेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले बताइएको छ । दुर्घटनामा परि मृतकका ४० वर्षीया श्रीमान् आफुद राजवंशी समेत सख्त घाइते भएका छन् । उनको टाउको र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । 

यसैगरि मृतककै छोरा १५ वर्षीय आशिस राजवंशी समेत घाइते बनेका छन् । अन्य घाइतेहरूमा झापा मेचीनगर नगरपालिका १५ निवासी ६५ वर्षीया फूलमनि मुर्मु, ४२ वर्षीया जमुना राजवंशी, ११ वर्षीय अनिस  राजवंशी, झापा भद्रपुर नगरपालिका ४ निवासी ४० वर्षीया पुस्पलाल राजवंशी, भद्रपुर नगरपालिका ९ निवासी ४० वर्षीया टेमुना राजवंशी, शिवसताक्षी नगरपालिका १० निवासी २९ वर्षीया अन्जली राई, बिर्तामोड नगरपालिका ३ निवासी २४ वर्षीया अभिषेक राजवंशी, मेचीनगर नगरपालिका १५ निवासी १५ वर्षीया कृतिका राजवंशी, भद्रपुर नगरपालिका ४ निवासी ४५ वर्षीया पाथल राजवंशी घाइते हुनु भएको हो । घाइतेहरुको बिर्तामोडस्थित बि एन्ड सी र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरू सबै पूर्वको पवित्र माईबेनी मेला भर्न जाँदै गरेका तीर्थयात्रीहरू रहेको बताइएको छ । 

यता कनकाई नगरपालिका-४, कनकाई माईपुलमा पहिचान नखुलेको एक सेतो रङ्गको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कनकाई नगरपालिका-४ निवासी ३५ वर्षीया कमल पराजुलीको मृत्यु भएको छ । बा ए बी २१२६ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सेतो रङ्गको कारले ठक्करदिदा टाउकोमा गम्भिर चोट लागि उपचारका लागि बिर्तामोडमा लैजाँदा चिकित्सकले बुधबार राति ९ः २० बजे मृतक घोषणा गरेको प्रहरीले जनाएको छ । यता ठक्कर दिने कारको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending