Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

खबरडबली संवाददाता

काठमाडौं । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुनिएसँगै दुई फ्याक भएको कांग्रेसका नेता/कार्यकर्ता पनि विभाजित भएका छन् । जिल्लादेखि केन्द्रसम्मका धेरै नेता शेरबहादुर देउवा नेतृत्वको कांग्रेसमै छन् भने महाधिवेशन प्रतिनिधि धेरै गगन थापाको नेतृत्वमा बनेको कांग्रेसतिर देखिएका छन् । 

कांग्रेसका कुल ४,७४३ महाधिवेशन प्रतिनिधिमध्ये ५४% ले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । २७ देखि ३० पुससम्म भएको विशेष महाधिवेशनमा ५६.१२% प्रतिनिधि सहभागी भएको दाबी यो समूहले गरेको छ । २७ पुसमा दोस्रो विशेष महाधिवेशन सचिवालयको तर्फबाट जारी विज्ञप्तिमा २६ सय ६२ प्रतिनिधि सहभागी भएको उल्लेख थियो । कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ प्रतिनिधि सहभागी भएको जनाइएको थियो । त्यसपछि पनि प्रतिनिधि आउने क्रम जारी रहेकाले उपस्थित संख्या अझ धेरै रहेको यो समूहको दाबी छ ।

यता, केन्द्रदेखि जिल्लासम्मका नेता भने धेरैजसो देउवा नेतृत्वको कांग्रेसमै देखिन्छन् । १४औँ महाधिवेशनपछि बनेको १६५ सदस्यीय कार्यसमितिमध्ये तीन पदाधिकारीसहित ३४ जना मात्र विशेष महाधिवेशनबाट बनेको नयाँ कार्यसमितिमा लागेका छन् । त्यस्तै, सात प्रदेश सभापतिमध्ये पाँच र ७७ जिल्ला कार्यसमितिमध्ये ५१ जिल्लाका सभापति देउवा नेतृत्वकै कांग्रेसमा छन् । 

१४औँ महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरसहित ३४ केन्द्रीय सदस्य विशेष महाधिवेशन पक्षधर कांग्रेसमा खुलेका छन् । थापा नेतृत्वको १३४ सदस्यीय केन्द्रीय समिति बुधबार घोषणा भएको थियो । पुरानो कार्यसमितिका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा क्रमश: सभापति र उपसभापतिका रूपमा नयाँ केन्द्रीय समितिमा आए । पुरानो कार्यसमितिमा सहमहामन्त्री रहेका मन्सुर नयाँमा पनि सहमहामन्त्रीमै दोहोरिए ।

सातमध्ये पाँच प्रदेश सभापति देउवातिर, गण्डकी र लुम्बिनी सभापति गगनतिर

कांग्रेस विभाजन हुँदा सातमध्ये पाँच प्रदेशका सभापति शेरबहादुर देउवातिर लागेका छन् । गण्डकी सभापति शुक्रराज शर्मा र लुम्बिनी सभापति अमरसिंह पुन भने गगन थापातिर खुलेका छन् । सभापतिहरू कोशीका उद्धव थापा, मधेशका कृष्णप्रसाद यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर भने देउवा पक्षमा छन् । यीमध्ये यादव मधेश र बानियाँ बागमती प्रदेश सरकारका मुख्यमन्त्री छन् ।

लुम्बिनी सभापति पुनले पार्टीको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व आएको र पार्टी विभाजन नभएको तर्क गरे । ‘प्रक्रिया र कानुनअनुसार अधिवेशन भएको हो । हामी सबै ठाउँमा बलियो छौँ,’ उनले भने, ‘ पुरानो नेतृत्व, विचारलाई जनभावनाअनुसार अगाडि बढाएका छौँ । निवर्तमान सभापति (शेरबहादुर देउवा) र नेताहरू पनि फेरि एकै ठाउँमा आउनुहुन्छ ।’ 

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापातिर २३ जिल्ला सभापति देखिन्छन् । तनहुँ, कपिलवस्तु र दाङका जिल्ला सभापतिहरूले भने आफूहरू कुनै पक्षमा नरहेको र चारतारे कांग्रेसमा रहेको प्रक्रिया नयाँ पत्रिकालाई दिएका छन् ।

देउवातिर खुल्नेमा कोशीका १०, मधेशका आठै, बागमतीका आठ, गण्डकीका ६, लुम्बिनीका दुई,कर्णालीका नौ र सुदूरपश्चिमका आठ जिल्ला सभापति छन् । गगनतिर कोशीका चार, बागमतीका पाँच, गण्डकीका चार, लुम्बिनीका आठ तथा कर्णाली र सुदूरपश्चिमका एक–एक जिल्ला सभापति छन् । 

१४ जिल्ला रहेको कोशीमा चार जिल्ला सभापति गगन पक्षतिर खुलेका छन् । बाँकी १० जिल्ला सभापति भने देउवातिर छन् । सभापतिहरू तेह्रथुमका अर्जुन तुम्बाहाम्फे, धनकुटाका दिनेश राई, भोजपुरका विनोद वान्तबा र (गगन) उदयपुरका हिमाल कार्की गगनतिर लागेका हुन् । 

मधेश प्रदेशका सभापति र आठै जिल्ला सभापति देउवातिर लागेका छन् । महोत्तरीका सभापति नागेश्वर यादवले आफूहरू व्यक्तिभन्दा पार्टीको पक्षमा रहेकाले विशेष महाधिवेशनको पक्षमा नलागेको बताए । ‘चुनावको मुखमा पार्टीको महाधिवेशन गर्नु प्राविधिक रूपमा उचित थिएन, त्यसकारण चुनावपछि वैशाखमा गर्ने तय भयो । तर, त्यो कुरालाई नमानेर एक पक्षले पार्टी नै फुटाउनेसम्मको हर्कत गरे,’ उनले भने । 

१३ जिल्ला रहेको बागमतीमा आठ जिल्ला सभापति देउवातिर लागेका छन् । बाँकी पाँच जिल्ला सभापति भने गगनतिर लागेका छन् । सभापतिहरू काठमाडौंका कृष्ण बानियाँ सबुज, ललितपुरका जितेन्द्रकुमार श्रेष्ठ, काभ्रेपलाञ्चोकका तीर्थ लामा, सिन्धुपाल्चोकका जंगबहादुर लामा र रसुवाका पेम्बाछिरिङ तामाङ गगनतिर छन् । 

काभ्रेपलाञ्चोक सभापति तीर्थ लामाले कांग्रेस विधानसम्मत चल्नुपर्ने भनेर आफूहरू गगनको पक्षमा लागेको बताए । ‘जेन–जी आन्दोलनपछि बदलिएको परिस्थितिमा कांग्रेस पनि बदलिनुपर्छ भन्ने हाम्रो माग हो । विशेष महाधिवेशन केन्द्रीय समितिले नबोलाएर ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले आह्वान गरे पनि त्यो अनिवार्य बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था हो । यसरी यो कुरालाई संस्थापन पक्षले नमानेको कारणले हामी विशेष महाधिवेशनको पक्षमा लाग्यौँ,’ उनले भने ।

तर, देउवा पक्षमा लागेका चितवन सभापति राजेश्वर खनालले निर्वाचन आइसकेकाले वैशाखमा नियमित महाधिवेशन निर्धारण भइसकेकाले त्यहीअनुसार जानुपर्ने आफूहरूको भनाइ रहेको बताए । ‘महाधिवेशनले तत्काल पार्टीमा विचलनको अवस्था निर्माण गर्छ भन्ने डर थियो, त्यसैले हामीले पहिला आमनिर्वाचन, त्यसपछि वैशाख २८ को नियमित महाधिवेशनलाई सम्पन्न गरौँ भनेका थियौँ,’ उनले भने ।

गण्डकीका ११ मध्ये ६ जिल्ला सभापति देउवातिर लागेका छन् भने चार सभापति गगन पक्षमा खुलेका छन् । तनहुँ सभापति जितप्रकाश आलेले आफू कुनै पक्षमा नखुलेको बताए ।

गगनतिर लागेका गोरखा सभापति नन्दप्रसाद न्यौपानेले नेतृत्व र नीति आमनागरिकको अपेक्षाअनुसार चल्न नसकेपछि विशेष महाधिवेशनमार्फत नीतिसँगै नेतृत्व परिवर्तन गर्नुपरेको बताए । ‘नियमित महाधिवेशन हुन नसकेपछि पार्टीको विधानअनुसार प्रक्रिया पुर्‍याएर विशेष महाधिवेशन सम्पन्न भएको हो । विशेष महाधिवेशनले पार्टीको नीतिसँगै नेतृत्वसमेत परिवर्तन गरेको छ,’ उनले भने, ‘पार्टी कसैको कम्पनी होइन र यसलाई परिवार जसरी चलाउन पाइँदैन, पार्टी भनेको नीति र नेतृत्वले चल्नुपर्छ ।’

गगन पक्षमा लाग्नेमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशका जिल्ला सभापति छन् । यहाँ आठ जिल्ला सभापति गगनतिर लागेका छन् । १२ जिल्ला रहेको लुम्बिनीमा बर्दियाका अरुणप्रकाशसिंह राठोर र रुपन्देहीका रामकृष्ण खाँण मात्र देउवातिर खुलेका छन् ।

दाङका शंकर डाँगी र कपिलवस्तुका अब्दुल कलामले भने आफूहरू कुनै पक्षमा नलागेको र चारतारे कांग्रेसमा रहेको प्रतिक्रिया दिए । दाङ सभापति डाँगीले अहिले आफू कुनै पनि पक्षमा नरहेको बताए । ‘कांग्रेसको आधिकारिकता कता हुन्छ, हामी त्यतै हो, जता चारतारे झन्डा र रुख हुन्छ, हामी त्यहीँ हुन्छौँ,’ उनले भने । उनी यसअघि शेखर कोइराला समूहमा थिए । कपिलवस्तु सभापति कलामले आफू उपचार गराएर भर्खरै अस्पतालबाट फर्किएकाले निर्णय गरिनसकेको बताए । ‘म कतै छैन, कांग्रेसमै छु,’ उनले भने । 

कर्णालीमा सल्यान सभापति केशवबहादुर विष्टबाहेक नौ जिल्ला सभापति देउवातिर लागेका छन् । विष्ट भने गगनतिर छन् । 

देउवाको गृहप्रदेश रहेको सुदूरपश्चिममा बैतडीबाहेक आठ जिल्ला सभापति गगनतिर लागेका छन् । बैतडी सभापति चतुरबहादुर चन्दले आफू युवाको मागअनुसार परिवर्तनकारी पक्षमा रहेको प्रतिक्रिया दिए । ‘पार्टी फुट्न हुँदैनथ्यो । तर, संस्थापन पक्षले कारबाहीको डन्डा चलाएपछि पार्टी फुट्यो,’ उनले भने ।

देउवातिर लागेका कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टले व्यक्तिगत महत्वाकांक्षा र निजी स्वार्थका कारण लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी विभाजनको अवस्थामा पुगेको प्रतिक्रिया दिए । ‘सभापतिले आगामी महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने भनिसक्नुभएको थियो । विधानले पनि नेतृत्व हस्तान्तरण सुनिश्चित नै थियो । तर, व्यक्तिगत महत्वाकांक्षाले केही साथीहरू हतारिनुभयो र पार्टी विभाजनको अवस्थामा पुग्यो,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending