काठमाडौँ । निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवाद र सोही सन्दर्भमा नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थिति बढेसँगै आयोगमा सुरक्षाकर्मीको संख्या थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार शुक्रबार निर्वाचन आयोगमा थप सुरक्षाकर्मी तैनाथ गरिएको हो । उनले भने, “नेपाली कांग्रेसको देउवा पक्षका नेता तथा कार्यकर्ताहरू निर्वाचन आयोग पुगेपछि सम्भावित अवस्था मूल्याङ्कन गर्दै सुरक्षाकर्मीको संख्या बढाइएको हो।”
बिहीबार बिहानैदेखि नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र नेता–कार्यकर्ताहरू निर्वाचन आयोग परिसरमा पुगेका छन् । उनीहरू कार्यबाहक प्रमुख निर्वाचन आयुक्तसँग विशेष भेटवार्ता तथा छलफलका लागि आयोगको कार्यकक्षमा पुगेका थिए ।
यसैबीच आयोग परिसरभित्र र बाहिर तरुण दलसम्बद्ध कार्यकर्ताहरूको समेत उपस्थिति देखिएको छ । कांग्रेसभित्रको विवाद गहिरिँदै जाँदा आयोगमा दुवै पक्षको चासो बढेको र त्यसले सुरक्षा संवेदनशीलता बढाएको प्रहरीको भनाइ छ ।
सुरक्षाका दृष्टिले आयोग परिसरमा निगरानी बढाइएको, प्रवेश व्यवस्थापन कडाइ गरिएको र अवस्था सामान्य रहुन्जेल सुरक्षा सतर्कता कायम रहने प्रहरी स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसभित्रको नेतृत्व विवाद निर्वाचन आयोगसम्म पुगेपछि विकसित घटनाक्रमलाई राज्यका सुरक्षा निकायहरूले नजिकबाट नियालिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: