Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

निर्वाचनमा सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा हुने : आयोग

खबरडबली संवाददाता

काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त सगुन शमशेर जबराले दलहरूसँग आचारसंहितासम्बन्धी छलफलमा अनुगमन प्रक्रिया र उपकरणबारे जानकारी दिँदै यस्तो जानकारी सार्वजनिक गरे।

आयोगका अनुसार, सामाजिक सञ्जालमा हुने चुनावी प्रचार–प्रसार र आचारसंहिता उल्लंघनको निगरानीका लागि वैदेशिक स्रोतबाट प्राप्त उपकरण र नेपाली सेनाको निगरानी प्रणाली प्रयोग गरिनेछ। जबराले भने, “चुनावमा सोसल मिडिया मनिटोरिङका लागि आवश्यक उपकरणहरू हामीलाई विदेशबाट सहयोग प्राप्त भएको छ। साथै, नेपाली सेनाको टुल्समार्फत पनि अनुगमन हुनेछ। नेपालमा सबैभन्दा बलियो र सक्षम टुल्स नेपाली सेनाको नै छन्।”

निर्वाचन आयोगले यसपटक उम्मेदवार र राजनीतिक दलद्वारा सामाजिक सञ्जालमा गरिएको प्रचार–प्रसार र सामग्रीको नियमित अनुगमन गर्दै आचारसंहिता उल्लंघन भए तत्काल स्पष्टीकरण माग्नेछ। उम्मेदवारले दिएको स्पष्टीकरण पर्याप्त नभए कारबाही प्रक्रिया अघि बढाइने आयोगको स्पष्ट निर्देश रहेको छ।

त्यस्तै, आयोगले फेसबुक (मेटा) र टिकटकसँग सम्झौता गरेर निर्वाचन समयमा आचारसंहिता उल्लंघन हुने सामग्री हटाउन पहल गर्ने तयारीमा रहेको पनि आयुक्त जबराले जानकारी दिए। यस प्रणालीले अनावश्यक अफवाह, भ्रम र गलत सूचना फैलिन नदिन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

आयोगले मतदातालाई निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता दिने उद्देश्यसहित यस प्रकारको अनुगमन गर्न लागेको हो। सामाजिक सञ्जाल अनुगमनको यो पहल आगामी निर्वाचनमा डिजिटल माध्यमको प्रभाव र दुरुपयोग नियन्त्रण गर्न महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending