काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त सगुन शमशेर जबराले दलहरूसँग आचारसंहितासम्बन्धी छलफलमा अनुगमन प्रक्रिया र उपकरणबारे जानकारी दिँदै यस्तो जानकारी सार्वजनिक गरे।
आयोगका अनुसार, सामाजिक सञ्जालमा हुने चुनावी प्रचार–प्रसार र आचारसंहिता उल्लंघनको निगरानीका लागि वैदेशिक स्रोतबाट प्राप्त उपकरण र नेपाली सेनाको निगरानी प्रणाली प्रयोग गरिनेछ। जबराले भने, “चुनावमा सोसल मिडिया मनिटोरिङका लागि आवश्यक उपकरणहरू हामीलाई विदेशबाट सहयोग प्राप्त भएको छ। साथै, नेपाली सेनाको टुल्समार्फत पनि अनुगमन हुनेछ। नेपालमा सबैभन्दा बलियो र सक्षम टुल्स नेपाली सेनाको नै छन्।”
निर्वाचन आयोगले यसपटक उम्मेदवार र राजनीतिक दलद्वारा सामाजिक सञ्जालमा गरिएको प्रचार–प्रसार र सामग्रीको नियमित अनुगमन गर्दै आचारसंहिता उल्लंघन भए तत्काल स्पष्टीकरण माग्नेछ। उम्मेदवारले दिएको स्पष्टीकरण पर्याप्त नभए कारबाही प्रक्रिया अघि बढाइने आयोगको स्पष्ट निर्देश रहेको छ।
त्यस्तै, आयोगले फेसबुक (मेटा) र टिकटकसँग सम्झौता गरेर निर्वाचन समयमा आचारसंहिता उल्लंघन हुने सामग्री हटाउन पहल गर्ने तयारीमा रहेको पनि आयुक्त जबराले जानकारी दिए। यस प्रणालीले अनावश्यक अफवाह, भ्रम र गलत सूचना फैलिन नदिन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
आयोगले मतदातालाई निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता दिने उद्देश्यसहित यस प्रकारको अनुगमन गर्न लागेको हो। सामाजिक सञ्जाल अनुगमनको यो पहल आगामी निर्वाचनमा डिजिटल माध्यमको प्रभाव र दुरुपयोग नियन्त्रण गर्न महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...
माघ ३ गते, २०८२ - १४:१९
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...
माघ ३ गते, २०८२ - १४:१५
सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...
माघ ३ गते, २०८२ - १४:१०
काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...
माघ ३ गते, २०८२ - १३:५७
भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ
माघ ३ गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...
माघ ३ गते, २०८२ - १३:५१
काठमाडौँ । एमाले सचिव राजन भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको अनुगमन (मनिटरिङ) प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठा...
माघ ३ गते, २०८२ - १३:४८
काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएक...
माघ ३ गते, २०८२ - ११:३०
काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...
माघ ३ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...




प्रतिकृया लेख्नुहोस्: