काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने शक्तिलाई आगामी निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा एमालेले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्र जोगाउने मुख्य लडाइँ यही निर्वाचन भएको उल्लेख गर्दै ‘देशमा आगो लगाउने’ तत्वहरूलाई चिनेर जनताले मतमार्फत पराजित गर्नुपर्ने जिकिर गरे।
उनले देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग एमालेको कुनै प्रतिस्पर्धा नरहेको स्पष्ट पार्दै लोकतन्त्र विरोधी, असंवैधानिक र अराजकता फैलाउने समूह नै वास्तविक प्रतिस्पर्धी भएको बताए।
“देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग हाम्रो प्रतिस्पर्धा छैन,” ओलीले भने, “लोकतन्त्र नै बाँचेपछि मात्रै प्रतिस्पर्धाको अर्थ हुन्छ। लोकतन्त्र नै समाप्त भयो भने केको प्रतिस्पर्धा?”
अध्यक्ष ओलीले संविधान, राजनीति र राजनीतिक दलहरू नचाहिने भन्ने सोच बोकेका तत्वहरूले देशमा आतंक र अराजकता फैलाउन खोजिरहेको आरोप लगाए। उनले यस्ता शक्तिले देशलाई नीतिविहीन, थितिविहीन र अलोकतान्त्रिक अवस्थातर्फ लैजान खोजेको दाबी गरे।
उनका अनुसार असंवैधानिक रूपमा संसद् विघटन गर्ने, लोकतान्त्रिक अभ्यास कमजोर बनाउने र देशलाई अस्थिर बनाउने तत्वहरूलाई निर्वाचनमार्फत परास्त गर्नु नै अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता हो।
“हामीले चिनेर पराजित गर्नुपर्ने तत्व भनेकै लोकतन्त्रविरोधी, असंवैधानिक र अराजकता सिर्जना गर्न खोज्ने समूह हुन्,” ओलीले जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - १८:२६
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...
माघ ३ गते, २०८२ - १८:२३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...
माघ ३ गते, २०८२ - १८:०९
काठमाडौँ । सांसदहरूले साहसिक पर्यटनको मर्यादा जोगाउन आरोहण अभ्यासमा सुधारको आवश्यकता औँल्याएका छन् । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको ...
माघ ३ गते, २०८२ - १८:०७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने शक्तिलाई आगामी निर्वाचनमार्फत पराज...
माघ ३ गते, २०८२ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...
माघ ३ गते, २०८२ - १४:१९
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...
माघ ३ गते, २०८२ - १४:१५
सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...
माघ ३ गते, २०८२ - १४:१०
काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...
माघ ३ गते, २०८२ - १३:५७
भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ
माघ ३ गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...




प्रतिकृया लेख्नुहोस्: