Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

गगन थापाको विधान क्रान्ति : नेतृत्वदेखि उम्मेदवारसम्म प्रत्यक्ष चुनाव

खबरडबली संवाददाता

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ। विशेष महाधिवेशन पक्षधरका अनुसार पार्टी सदस्यता, नेतृत्व चयन प्रक्रिया, उम्मेदवार छनोट र संगठन सञ्चालनलाई पारदर्शी तथा लोकतान्त्रिक बनाउन विधान परिमार्जन आवश्यक भएको निष्कर्ष निकालिएको हो।

सदस्यता प्रणालीमा आमूल परिवर्तन

संशोधित विधानअनुसार कांग्रेसमा हाल कायम साधारण र क्रियाशील सदस्यको दोहोरो संरचना हटाइनेछ। अब खुला सदस्यतामा आधारित एकै प्रकारको क्रियाशील सदस्यता प्रणाली लागू गरिनेछ। सदस्यता लिन इच्छुकले वडा समितिमा वा अनलाइन माध्यमबाट आवेदन दिन सक्ने व्यवस्था गरिनेछ।

ल्याट्रल इन्ट्रीको व्यवस्था

पार्टीभित्र बौद्धिक, पेशागत र व्यवसायिक व्यक्तिहरूलाई आकर्षित गर्न ल्याट्रल इन्ट्रीको नयाँ व्यवस्था विधानमा समावेश गरिनेछ। यस अन्तर्गत पार्टीका विभिन्न तहका निर्वाचनमा उम्मेदवारमध्ये १० प्रतिशत ल्याट्रल इन्ट्रीमार्फत आएका व्यक्तिहरू हुने गरी किटान गरिएको छ। यो व्यवस्था हालको विधानमा छैन।

नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचन

वडादेखि जिल्ला तहसम्म पार्टी नेतृत्व चयन गर्दा सम्बन्धित तहका क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट नेतृत्व र अधिवेशन प्रतिनिधि चयन गर्ने व्यवस्था गरिनेछ।
प्रदेश र केन्द्रीय तहमा भने क्रियाशील सदस्यबाट निर्वाचित अधिवेशन प्रतिनिधिबाट नेतृत्व चयन हुने वर्तमान व्यवस्था कायम राखिनेछ।

संशोधित विधानमा हरेक तहका समितिका सदस्य तल्लो तहबाट निर्वाचित हुनैपर्ने व्यवस्था राखिएको छ। हाल तल्लो तहबाट निर्वाचित नभए पनि केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्न सक्ने प्रावधान हटाइनेछ।

समावेशी र युवा प्रतिनिधित्व

प्रत्येक तहको कार्यसमितिमा एक तिहाइ महिला पदाधिकारी अनिवार्य गरिनेछ। साथै मधेसी, दलित, मुस्लिम, आदिवासी जनजाति, थारू, श्रमिक, पेशागत क्षेत्र, अपाङ्गता भएका व्यक्ति लगायत समुदायको क्लस्टर अनुसार पदाधिकारी चयन गर्ने व्यवस्था गरिनेछ।

युवाको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक तहको समितिमा २० प्रतिशत युवा सहभागिता रहने व्यवस्था प्रस्ताव गरिएको छ। यसमा ३० वर्ष मुनिका १० प्रतिशत र ३० देखि ४० वर्षसम्मका १० प्रतिशत प्रतिनिधित्व रहनेछ। उमेर र क्लस्टरको आधारमा पाइने अवसर एक व्यक्तिले एक पटक मात्रै पाउने व्यवस्था गरिनेछ।

उम्मेदवार छनोटको नयाँ विधि

संशोधित विधानमा उम्मेदवार छनोट विधि पनि परिवर्तन गरिनेछ। सम्बन्धित तह र क्षेत्रका क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट एक महिलासहित तीन जना छनोट गरिने र तीमध्येबाट अन्तिम उम्मेदवार तय गरिने व्यवस्था प्रस्ताव गरिएको छ।

पद र कार्यकालमा सीमा

राज्यका शासकीय पदमा एउटै व्यक्ति पटक–पटक दोहोरिन नपाउने व्यवस्था विधानमै स्पष्ट गरिनेछ।
प्रस्तावित सीमाअनुसार राष्ट्रपति : १ पटक, प्रधानमन्त्री : २ पटक, मन्त्री : ३ पटक, प्रत्यक्ष निर्वाचित सांसद : ४ पटक,समानुपातिक सांसद : १ पटक मात्र बन्न पाइने छ ।

यो अवधारणा विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रूपमा अघि सारेका हुन्।

भ्रातृ र शुभेच्छुक संस्थामा सुधार

भ्रातृ संस्थालाई पूर्ण स्वायत्त बनाउने र वर्गीय मुद्दामा केन्द्रित गर्ने गरी विधान संशोधन गरिनेछ। भ्रातृ संस्थाको अधिवेशन गराउन पार्टीको केन्द्रीय निर्वाचन समितिलाई अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ।

शुभेच्छुक संस्थामा आवद्ध तर कानुनले सदस्यता दिन नपाइने व्यक्तिलाई पार्टी सदस्यता नदिने व्यवस्था गरिनेछ। उनीहरूको सक्रियतालाई भने क्रियाशीलता मापनको आधार बनाइनेछ।

प्रवासी र पूर्व आप्रवासी नेपालीको समावेशीकरण

विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको समन्वयका लागि अन्तर्राष्ट्रिय परिषद् गठन गरिनेछ। परिषद्मा वर्तमान तथा पूर्व अध्यक्षहरू सदस्य रहनेछन्।

विदेशमा १० वर्षभन्दा बढी बसेर महाधिवेशनभन्दा दुई वर्षअघि स्वदेश फर्किएका पूर्व आप्रवासी नेपालीका लागि वडादेखि केन्द्रसम्म प्रत्येक तहमा न्यूनतम एक महिला सहित दुई जनाको प्रतिनिधित्व सुनिश्चित गरिनेछ।

सम्पत्ति विवरण अनिवार्य

पार्टीको तर्फबाट कुनै पनि तहको सार्वजनिक पद धारण गर्ने व्यक्तिले उम्मेदवार बन्नुअघि सम्पत्ति विवरण बुझाउने र स्वघोषणा गर्ने बाध्यकारी व्यवस्था विधानमा राखिनेछ। हालको विधानमा यस्तो व्यवस्था छैन।

विशेष महाधिवेशन पक्षधरका अनुसार यी संशोधनले कांग्रेसलाई बढी लोकतान्त्रिक, पारदर्शी र आधुनिक राजनीतिक पार्टीका रूपमा पुनःसंरचना गर्ने लक्ष्य लिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending