काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित थापालाई नेपाली कांग्रेसको सभापतिका रूपमा मान्यता दिने निर्णय गरेको हो ।
निर्वाचन आयोगले दुवै पक्षबाट पेश भएका कागजात, निर्णय र दाबीहरूको अध्ययनपछि गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिक ठहर गरेको जनाएको छ । आयोगका अनुसार बहुमत महाधिवेशन प्रतिनिधिको सहभागितामा सम्पन्न विशेष महाधिवेशन विधानसम्मत देखिएकाले सोही आधारमा निर्णय गरिएको हो ।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए । सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकले कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय गर्दै थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको थियो ।
आयोगले विशेष महाधिवेशनको प्रक्रिया, प्रतिनिधिको संख्या, मतदान र निर्णय प्रक्रिया लगायतका सम्पूर्ण पक्ष अध्ययन गरेर थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको जनाएको छ ।
यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ र पार्टीको चारतारे झण्डामाथिको आधिकारिकता शेरबहादुर देउवा पक्षले गुमाएको छ । देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै आफूहरू नै आधिकारिक भएको जिकिरसहित आयोगमा छुट्टै निवेदन दर्ता गराएको थियो ।
तर, आयोगको निर्णयसँगै गगन थापा नेतृत्वको कांग्रेस आगामी प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक दलका रूपमा सहभागी हुने बाटो खुलेको छ । अब कांग्रेसका उम्मेदवारको मनोनयनपत्रमा सभापति गगन थापाको हस्ताक्षर रहनेछ ।
निर्वाचन आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको आधिकारिकता विवादले औपचारिक टुंगो पाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: