काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ ।
शुक्रबार साँझ बसेको निर्वाचन आयोगको बैठकले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको रूपमा अद्यावधिक गर्ने निर्णय गरेसँगै आयोगले देउवा पक्षका लागि वैकल्पिक कानुनी बाटो खुला राखेको हो । आयोगको निर्णयसँगै औपचारिक रूपमा नेपाली कांग्रेस दुई धारमा विभाजित भएको छ ।
आयोग स्रोतका अनुसार देउवा पक्षले चाहेमा नयाँ दल दर्ताका लागि सीमित समयसीमा उपलब्ध गराउने विषयमा आयोग लचिलो रहने निर्णयमा पुगेको छ । राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार आधिकारिकता गुमाएको समूहले नयाँ दल गठन गर्न चाहेमा आयोगले निश्चित समय प्रदान गर्न सक्ने प्रावधान छ ।
देउवा पक्ष गगन थापा नेतृत्वको कांग्रेसमै रहने वा अलग भएर नयाँ दल दर्ता गर्ने भन्ने विषयमा आन्तरिक छलफलमा रहेको बताइएको छ । यदि देउवा पक्षले नयाँ दल दर्ता गर्ने निर्णय गरेमा आयोगले नयाँ दलको नाम र चुनाव चिह्न समेत उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ ।
यसअघि निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनलाई वैधानिक ठहर गर्दै कांग्रेसको चुनाव चिह्न ‘रुख’ र पार्टीको आधिकारिक अभिलेख थापा नेतृत्वको समितिलाई अद्यावधिक गरेको थियो । उक्त निर्णयपछि देउवा पक्ष असन्तुष्ट देखिएको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कांग्रेसको आन्तरिक विभाजन र त्यसपछि बन्ने नयाँ राजनीतिक समीकरणले राष्ट्रिय राजनीतिमा थप तरंग ल्याउने देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: