Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर्ने भएका छन् । साथै, उनले देउवा समूहको बैठकमा अब सहभागी नहुनेसमेत स्पष्ट पारेका छन् ।

उनी थापालाई पार्टी सभापति स्वीकार गरेर देउवा समूहसँग समन्वय गर्ने भूमिकामा लाग्ने शेखर पक्षधर नेता दिनेश कोइरालाले बताए । ‘अब शेखर दाइ अन्य समूहको बैठकमा जानुहुन्न । निर्वाचन आयोगले दिएको म्यान्डेटका आधारमा गगन थापालाई पार्टी सभापति स्वीकार गरेर देउवा समूहसँग समन्वय गर्ने भूमिकामा उहाँ लाग्नुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचनमा स्वयं चुनाव लड्नुहुन्न,’ दिनेशले भने ।

डा. शेखरले निर्वाचन आयोगको निर्णयसँगै देउवा समूहको बैठकमा नजाने बताएका हुन् । बुधबारको सानेपा बैठकमा शेखर समूहका जीवन परियार र दिनेश कोइराला उपस्थित थिएनन् । शेखर समूहले आइतबार दिउँसो १ बजे आफ्ना उपलब्ध नेताहरूको बैठक बोलाएको छ । 

यसैबिच डा.शेखरले सडक आन्दोलनको निर्णय रोकेका छन् । सानेपामा औपचारिक बैठक बस्नुअघि उनले आफ्नो समूहका नेताहरूको बैठक राखेर विशेष महाधिवेशनको आधिकारिकतालाई कानुनी प्रक्रियाबाट हेर्ने बाटो खुला रहेको र हाल सडक आन्दोलन आत्मघाती हुने बताएका थिए । 

‘निर्वाचन आयोगले मान्यता दिइसकेको अवस्थालाई स्वीकार गरेर हामी चुनावमा जानुपर्छ । इच्छुक साथीहरूले पार्टीकै उम्मेदवारका रूपमा रुख चिह्न र चारतारे झन्डासहित निर्वाचनमा भाग लिनुपर्छ । विशेष महाधिवेशनको प्रक्रियामा न्यायिक व्याख्याका लागि अदालत जान सकिन्छ, तर वर्तमान परिस्थितिमा पार्टी एकतामा केन्द्रित हुनुपर्छ,’ पूर्व केन्द्रीय सदस्य दिनेशले नयाँ पत्रिकासँग भने । 

शेखरले बैठकमा विशेष महाधिवेशनमा सहभागी ५४ प्रतिशतको आधिकारिकता भेरिफाई गर्नुपर्नेमा जोड दिँदै भनेका थिए, ‘५४ प्रतिशत कसले भेरिफाई गर्‍यो ? त्यसकारण न्यायिक उपचार उचित हुन्छ । तर, सडक संघर्षमा जाने वा नयाँ पार्टी खोल्ने गल्ती गर्नुहुँदैन ।’

कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोगले शुक्रबार टुंग्याए पनि असन्तुष्ट देउवा पक्ष आधिकारिकता दाबी गर्दै आइतबार सर्वोच्च अदालत जाने भएको छ । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने आयोगको निर्णय अस्वीकार गर्दै कानुनी लडाइँमा जाने निर्णय गरेको हो । 

मुद्दा–मामिलाको जिम्मा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ । ‘आयोगको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा–मामिला एवं अन्य कानुनी काम–कारबाही गर्न निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गरिएको छ,’ देउवा समूहका निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले भने । देउवानिकट वरिष्ठ अधिवक्ता खम्मबहादुुर खाती, शेरबहादुर केसीलगायतको टिमले तयार गरेको रिट आइतबार सर्वोच्चमा दर्ता गर्ने देउवा समूहको तयारी छ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending