Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

ओलीलाई योगेशको आग्रह: कुनै किचलो गर्दिनँ, उम्मेदवार मिलाउन सकिने क्षेत्रमा मिलाउनुस्

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई पहल गर्न आग्रह गरेका छन् ।

सोमबार भिडियो सन्देश जारी गर्दै भट्टराईले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये अझै पनि केही स्थानमा उम्मेदवार मिलाउन सकिने सम्भावना रहेकाले पार्टी नेतृत्वले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले आफू ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न इच्छुक भए पनि पार्टी अध्यक्षबाटै टिकट नदिने निर्णय भइसकेपछि कुनै किसिमको किचलो नगर्ने स्पष्ट पारेका छन् ।

‘म श्रद्धेय पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूलाई एउटा विनम्र आग्रह गर्न चाहन्छु । आज पनि देशभरका १६५ क्षेत्रमध्ये केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिन्छ भने मिलाइयोस्,’ भट्टराईले भिडियो सन्देशमा भनेका छन् ।

उक्त आग्रह व्यक्तिगत स्वार्थका लागि नभएको उल्लेख गर्दै उनले पार्टी हितलाई प्राथमिकतामा राखेको बताएका छन् । ‘म ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक थिएँ, तर अध्यक्षज्यूले निर्णय गरिसकेपछि म त्यहाँ कुनै किचलो गर्दिनँ,’ उनले भने, ‘उहाँले पठाउनुभएको उम्मेदवारलाई सूर्य चिन्हको ध्वजावाहक मानेर जिताउनु मेरो पहिलो कर्तव्य हुनेछ ।’

उनले पार्टी निर्णयप्रति पूर्ण प्रतिबद्धता जनाउँदै एमालेको जितका लागि आफू सक्रिय रहने पनि बताएका छन् ।

योगेशले भनेका छन्-

आदरणीय देश तथा विदेशमा रहनुभएका नेकपा (एमाले) का सम्पूर्ण कमरेडहरू,
तपाईंहरू सबैमा मेरो हार्दिक अभिवादन!
आज २०८२ साल माघ ५ गते, म केही महत्त्वपूर्ण विषयमा संवाद गर्न यस भिडियो सन्देशमार्फत उपस्थित भएको छु। हामी सबैलाई थाहा छ, भदौ २३ र २४ गतेको घटनापछि मुलुक गम्भीर राजनीतिक संकटमा छ। यस संकटलाई संवैधानिक निकास दिन र लोकतान्त्रिक प्रक्रियालाई पुनः सुचारु गर्न आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ।
यो निर्वाचन नेपालको लोकतान्त्रिक आन्दोलनका निम्ति ‘जीवन-मरण’ को सवाल हो। नेकपा (एमाले) जस्तो देशभक्त, राष्ट्रवादी र जनपक्षीय पार्टीले यस निर्वाचनमा अत्यधिक बहुमत प्राप्त गरी सरकार बनाउनु आजको आवश्यकता हो। निर्वाचनपश्चात् संविधानलाई पुनः सही मार्ग (ट्र्याक) मा ल्याउन, लोकतान्त्रिक प्रक्रियालाई सुदृढ गर्न र स्थायी शान्तिमार्फत समृद्धि हासिल गर्न एमालेको नेतृत्व अपरिहार्य छ। यही महान् उद्देश्यका साथ हाम्रो पार्टी निर्वाचनमा होमिएको छ।
आदरणीय कमरेडहरू, निर्वाचन आयोगले भोलि, माघ ६ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय गरेको छ। म देशभरका हाम्रा पार्टी पंक्ति र समर्थकहरूलाई भोलिको मनोनयन दर्ता कार्यक्रममा भव्य र उल्लासमय ढंगले सहभागी हुन अनुरोध गर्दछु। प्रत्येक निर्वाचन क्षेत्रमा सांस्कृतिक झाँकी, बाजागाजा र उम्मेदवारहरूको तस्बिरसहित व्यापक उपस्थितिमा हामीले मनोनयन दर्ता गर्नुपर्नेछ। मेरो अपिल छ— भोलि कोही पनि घरमा नबस्नुहोस्, आ-आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन कार्यालयमा उपस्थित भई पार्टीको शक्ति प्रदर्शन गर्नुहोस्। म स्वयम् ताप्लेजुङमा हुनेछु र अन्य शीर्ष नेताहरू पनि आ-आफ्नो क्षेत्रमा खटिनुहुनेछ।
जहाँसम्म उम्मेदवार चयनको विषय छ, मैले पार्टी केन्द्रीय सचिवालयको बैठकमा केही फरक धारणा राखेको थिएँ र त्यसलाई ‘फरक मत’ का रूपमा दर्ता पनि गराएको छु। तर, आज म त्यस विषयमा थप चर्चा गर्न चाहन्नँ, किनकि उम्मेदवार चयनको अध्याय अब समाप्त भइसकेको छ। मेरा फरक मतहरू कति सही वा गलत थिए भन्ने कुरा अहिले समीक्षाको विषय होइन। फागुन २१ पछि जब नेकपा (एमाले) ले सरकार बनाउनेछ, त्यसपछि हामी ठण्डा दिमागले यसबारे गम्भीर समीक्षा गर्नेछौँ।
मैले पार्टी अध्यक्षज्यूलाई पनि भनिसकेको छु— निर्वाचनपछि हामीले उम्मेदवार चयनका मापदण्ड, न्यायसंगत निर्णय र उम्मेदवारको लोकप्रियताको विस्तृत समीक्षा गर्नुपर्छ। तर यतिबेला हाम्रो अगाडि दायाँ-बायाँ गर्ने छुट छैन। हाम्रो एउटै लक्ष्य र एउटै चिन्ह ‘सूर्य’ मात्र हो। अब हामी सूर्य चिन्हको वरिपरि गोलबन्द हुनेछौँ। हाम्रो सम्पूर्ण मिसन ‘मिसन सूर्य चिन्ह’ र ‘मिसन फागुन २१’ हुनेछ। नेकपा (एमाले) का सम्पूर्ण सदस्य, शुभचिन्तक र जनसमुदायलाई म अपिल गर्दछु— भोलिदेखि हाम्रो एउटै मन्त्र हुनुपर्छ: ‘ओन्ली सूर्य चिन्ह, नो राइट, नो लेफ्ट’।
पार्टीभित्र फरक मत हुनु स्वाभाविक हो र त्यसलाई सम्मान गरिनुपर्छ। तर, ती मतहरूले विपक्षीसँगको प्रतिस्पर्धामा पार्टीलाई कमजोर बनाउनु हुँदैन। टिकट कसले पायो वा पाएन भन्ने बहस अब बन्द गरौँ। जो-जो उम्मेदवार हुनुहुन्छ, उहाँहरू हामी सबैका साझा उम्मेदवार हुनुहुन्छ भन्ने भावनाका साथ अगाडि बढौँ।
अन्त्यमा, म श्रद्धेय पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूलाई एउटा विनम्र आग्रह गर्न चाहन्छु। देशभरका १६५ क्षेत्रमध्ये अझै पनि केही क्षेत्रमा उम्मेदवारहरू मिलाउन सकिने गुञ्जायस छ भने मिलाउनुहोस्। यो मेरो व्यक्तिगत स्वार्थका लागि होइन। म ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक थिएँ, तर अध्यक्षज्यूले निर्णय गरिसकेपछि म त्यहाँ कुनै किचलो गर्दिनँ। उहाँले पठाउनुभएको उम्मेदवारलाई सूर्य चिन्हको ध्वजावाहक मानेर जिताउनु मेरो पहिलो कर्तव्य हुनेछ।
तर, केही ठाउँमा स्थानीय कार्यकर्ता र समर्थकहरूको भावना सम्बोधन नभएको गुनासो आएको छ। मैले देखिरहेको छु, केही निर्वाचन क्षेत्रमा पार्टी कमजोर हुने जोखिम छ। त्यसैले कमरेड अध्यक्ष, तपाईं हामी सबैको नेता हुनुहुन्छ, विशाल छाती बनाउनुहोस्। महाधिवेशनमा कसले कसलाई सहयोग गर्यो भन्ने आधारमा होइन, ‘एमालेलाई कसरी जिताउने’ भन्ने मिसनका आधारमा निर्णय लिनुहोस्। भोलि बिहानसम्म सम्भव भएसम्म ती क्षेत्रहरूमा उपयुक्त उम्मेदवार तय गर्न म ध्यानाकर्षण गराउँछु।
देश यतिबेला अत्यन्तै संगीन र कठिन मोडमा छ। विश्व राजनीतिको शक्ति सन्तुलन र शक्ति राष्ट्रहरूको भूमिकाका बीच हाम्रो राष्ट्रियतामाथि चुनौतीहरू थपिएका छन्। यस्तो समयमा हामीले पार्टीभित्र र मुलुकभित्र बलियो राष्ट्रिय एकता निर्माण गर्नुछ।
तसर्थ, उच्च मनोबलका साथ फागुन २१ गते नेकपा (एमाले) को सानदार विजयका निम्ति एकताबद्ध भएर अगाडि बढौँ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्दै

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending