Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

झापा–५ मा २४ उम्मेदवार, ओलीदेखि युवा चुनौतीकर्तासम्मको भिड

खबरडबली संवाददाता

झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार यस क्षेत्रको चुनावी प्रतिस्पर्धा बहुपक्षीय र रोचक बनेको छ ।

यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन्द्र शाहले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसबाट मन्दरा चिमरिया र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रञ्जित तामाङले पनि मनोनयन दर्ता गराएका छन् ।

कुल २४ उम्मेदवारमध्ये १४ जना विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका छन् भने १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी तथा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत दलहरूले पनि आ–आफ्ना उम्मेदवार उठाएका छन् ।

उम्मेदवार सूची हेर्दा महिलाको सहभागिता भने न्यून देखिएको छ । सार्वजनिक नामावली अनुसार नेपाली कांग्रेसकी मन्दरा चिमरिया, स्वतन्त्र उम्मेदवार रञ्जना गौतम र शोभा भण्डारी गरी जम्मा ३ जना महिला उम्मेदवार मात्र चुनावी प्रतिस्पर्धामा छन् । बाँकी २१ जना पुरुष उम्मेदवार रहेका छन् ।

उम्मेदवारहरूको उमेर समूह २७ वर्षदेखि ७५ वर्षसम्म फैलिएको छ । सबैभन्दा कान्छा उम्मेदवारका रूपमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट २७ वर्षीय सुशान्त साग्त राई रहेका छन् । यसले झापा–५ को चुनाव अनुभवी र युवा पुस्ताबीचको प्रतिस्पर्धाका रूपमा पनि चित्रित गरेको छ ।

12

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मातृशोकका बिच चुनावी मैदानमा एमााले उम्मेदवार थापा

बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले बाजुराको एक मात्र निर्वाचन क्षेत्रबाट केन्द्रीय सदस्य लालबहादुर थापालाई उम्मेदवा...

पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्यवृद्धि, जनजीवन कष्टकर बन्दै

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाएको छ । सोमबार (फागुन ४) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइ...

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै झापा–५का शिक्षकहरू चुनावी भेलामा

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा–५ मा केही शिक्षकहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन्। नेकपा एमालेक...

जावलाखेल आहा राराको सेमिफाइनलमा

पोखरा । जावलाखेल युथ क्लबले २५औँ आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालामा दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइज ...

प्रतिनिधिसभा निर्वाचन : जुलुस र आमसभा सभ्य रुपमा गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिका...

पूर्वाधार र राजनीतिक जालझेलमा अलपत्र १०औं राष्ट्रिय खेलकुद

काठमाडौं। १०औं राष्ट्रिय खेलकुद अझै समयमै हुन सकेको छैन। गण्डकी प्रदेशबाट छनोट भएका सुजन चोखाल अहिले जापानमा छन् भने छनोटमा परेका हरि पाण्डेले पनि भलि...

छोराको पक्षमा मत माग्दा वडाध्यक्ष आचार्य एमालेबाट निष्कासित

सुनसरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुनसरीले इटहरी उपमहानगरपालिका–१७ का वडाध्यक्ष प्रभात आचार्यलाई पार्टीबाट निष्कासन गरेको छ। जिल्ला कमिटी सद...

२०८३ सालमा विवाहका ४१ लगन : कुन महिनामा कहिले ?

काठमाडौं । विवाहलाई पारिवारिक तथा सामाजिक मिलनका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि आपसी सहमतिमा स्थापित सम्बन्धलाई विवाह ...

रुपन्देहीमा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित

लुम्बिनी । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएका छन्। आममतदात...

पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १६५ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले १६५ जनालाई नियन्त्रणमा लिएको छ ।  महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १६५ जनालाई नियन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE