Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

उपल्लो मुस्ताङमा दोस्रोपटक हिमपात

खबरडबली संवाददाता

मुक्तिनाथ। उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपास क्षेत्रका आंशिक हिमपात भएको हो । 

तिब्वतसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमानथाङ, घमी, चराङ सुरखाङलगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताए। 

एक्याप प्रमुख पौडेलले भने, ‘‘लोमान्थाङ बजारमै हिमपात भइरहेको छ, चिसो बढेको छ, उपल्लो मुस्ताङ जाने पर्यटकले सतर्कता अपनाउनुपर्ने देखिन्छ ।’’ सदरमुकाम जोमसोमदेखि लोमान्थाङ जोड्ने सडक खण्डमा समेत हिमपातले सवारीसाधन आवत–जावतमा कठिनाइ भएको छ । 

उपल्लो मुस्ताङमा हिमपात भएसँगै उच्चलेंकका डाँडाकाँडा सेताम्मे भएका छन् । चिसोका कारण नदी, घरका धारा, सेप्टी ट्याङ्की र सिँचाइ कुलो समेत जमेको छ । लोमान्थाङ बजार सम्जुङ, चुमजुङ, छोसेर र कोरलानाका आसपासका क्षेत्रमा हिमपात भएको छ । 

कोरला नाकामा पर्यटकको आगमन सुन्य छ भने स्थानीय ब्यवसायी निकै कम छन् । छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालयमा समेत पछिल्लो समय  राजस्व संकलन भएको छैन । तिब्वत क्षेत्रमा समेत हिमपात भएकाले मालबाहक सवारीसाधन कोरला नाकाबाट प्रवेश गरेका छैनन् । 

त्यस्तै, लोघेकर दामोदर कुण्ड गाउँपालिकाको चराङ, मराङ, घमी, ढाक्मर, घिलिङ, याराघारा तथा आसपासका क्षेत्रमा भइरहेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा पशुचौपाया हेर्ने गोठाला, बुढापाकाको संख्या देखिए पनि धेरै पोखरा, काठमाडौं गएका छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका ८० प्रतिशत स्थानीय पुस महिनामै बेसी झरिसकेका छन् । सामुदायिक, गुम्बा विद्यालयले पोखरालगायतका क्षेत्रमा घुम्ती विद्यालय सञ्चालन गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तल्लो मुस्ताङमा समेत हिमपातका कारण जनजीवन कष्टकर छ । मुस्ताङ भ्रमणमा रहेका पर्यटकलाई समेत अनुकुल मौसम नहुदाँसम्म पर्यटकीयस्थलमा नजान अनुरोध गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। पार्टी सभापति गगन थापाले आङ्देम्बेलाई दलको नेतामा निर्वाचि...

त्रिवि क्रिकेट मैदान खाली गराउने कुरा होइन, भाडा सम्झौता रिन्यू गर्ने हो: मन्त्री पोखरेल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीचको भाडा सम्झौता पुन: नवीकरण हुने सरकारले स्पष्ट पारेको छ। प...

महेश बस्नेतकि श्रीमति पक्राउ, शोभा पाठक अस्पताल भर्ना

काठमाडौं । माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई...

सशस्त्र प्रहरीको १३औँ आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मह...

सुकुमबासीबारे अध्ययननै नगरी राज्यले जे गरे पनि हुन्छ जस्तो गरी अघि बढ्यो: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले सुकुम्वासी बस्तीमा सरकारले हतारमा डोजर चलाएको भन्दै असन्तुष्टि जनाएका छन्। महामन्त्री पौडेलले स...

माइतीघरमा महेश बस्नेतकि श्रीमति र शोभा पाठकबीच भुतालाभुताल

काठमाडौं । माइतिघर मण्डलामा सोमबार दिउँसो दुई समूहबीच झडप भएको छ। झडपमा एमाले नेता महेश बस्नेतकी पत्नी  अम्बिका बस्नेत र अभियन्ता सोभा पाठक प्रत्यक्ष ...

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज तनहुँको भानु नगरपालिका–४, चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ को शिलान्यास गरेको छन्। नेपाली साहित्यका आदिकव...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बे लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। बैठकले उनलाई सर्वसम्...

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । सोमबार पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा पार्टी संंस...

अव्यवस्थित बस्ती हटाइएका स्थान संरक्षण गर्न कार्यवाहक प्रमुख डङ्गोलको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुमवासी बस्ती हटाइएपछि खाली गरिएका सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम थ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending