काठमाडौं । निर्वाचन आयोगमा तीन जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
नेकपा एमालेको समानुपातिक सूचीमा रहेका सिरहाका चन्देश्वर भण्डलविरुद्ध उजुरी परेको छ । मण्डल आदिवासीतर्फको व्यक्ति भएकोले मधेशी क्लस्टरमा राख्न नमिल्ने भनेर उजुरी परेको हो ।
नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूचीमा रहेका जीवन लामाविरुद्ध पनि उजुरी परेको छ । उनलाई अपांगता भएको व्यक्ति अन्तर्गत राखिएको तर, उनी अपांगता भएको व्यक्ति नभएको दाबी उजुरीमा छ ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबट समानुपातिक उम्मेदवार कुमार बहादुर थापाविरुद्ध उजुरी परेको छ । उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रुपमा बेचखिन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर बिचाराधीन रहेको भनेर उजुरी परेको हो ।
प्राप्त उजुरीउपर निर्वाचन आयोग अध्ययनमा रहेकेा बताइएकाे छ ।
राजनीतिक दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची बुझाएका थिए । त्यसमा नाम फिर्ता लगायतको कार्य सकेर अन्तिम नामावली प्रकाशित भएको छ । प्रकाशित नाम उपर आएका उजुरी एकीकृत गरेर आयोगले अध्ययन सुरु गरेको हो ।
यही माघ २० गते समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८२ - २०:१५
विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...
माघ ११ गते, २०८२ - २०:१३
मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश ...
माघ ११ गते, २०८२ - २०:०७
काठमाडौँ । सरकारी विज्ञापन कारोबारका विषयमा सञ्चार माध्यममा प्रकाशित समाचार र जारी विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ (आन) ले गम्भीर ध्यानाकर्षण भएको ज...
माघ ११ गते, २०८२ - २०:०५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभा–काठमाडौं सम्पर्क मञ्चले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रचार प्रसार समिति गठन गरे...
माघ ११ गते, २०८२ - १९:५७
राजनीतिमा अनुहार धेरै देखिन्छन्, तर उनीहरूको इतिहास, संघर्ष र नेतृत्वको धरातल फरक हुन्छ। केही नेताहरू केवल अवसरवादमा सीमित रहन्छन्, पद र सत्ताका लागि ...
माघ ११ गते, २०८२ - १९:३३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए आफ्नो नेतृत्वको पा...
माघ ११ गते, २०८२ - १९:२८
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार धनकुटा सदरमुकाम आए पनि सवारीबाट नओर्ली बजार परिक्रमा गरेर फर...
माघ ११ गते, २०८२ - १९:०१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतका पछिल्ला अभिव्यक्तिलाई लिएर मधेश अपमान गरिएको भन्दै ...
माघ ११ गते, २०८२ - १८:५२
काठमाडाैं । हरेक निर्वाचनमा काभ्रेली मतदाताले देख्दै आएका परिचित अनुहारहरू यसपटक मैदानबाहिर छन्। उनीहरूको अनुपस्थितिमा यस निर्वाचनमा काभ्रेमा प्रायः ...
माघ ११ गते, २०८२ - १८:४४
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई निरन्तर दुःख दिने र अपमानित गर्ने काम गरिरहेको आरोप लगाएका छन्। गृहजिल्ला झापाब...




प्रतिकृया लेख्नुहोस्: