काठमाडौँ। वनजंगल जोगाउने कि मान्छेलाई जोखिममा राख्ने ? यही प्रश्नको बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले वनछेउका बस्ती स्थानान्तरण गर्नुपर्ने बहसलाई फेरि सतहमा ल्याएका छन्।
आइतबार कार्यकर्तासँगको छलफलमा बालेनले नेपाल सरकारको दीर्घकालीन नीति जंगलको छेउछाउमा बसोबास गरिरहेका गाउँलाई सुरक्षित स्थानमा सार्ने हुनुपर्ने बताए। उनका अनुसार, मानव–वन द्वन्द्व, वन विनाश र नागरिक सुरक्षाका दृष्टिले अहिलेको बसोबास दिगो छैन।
‘मान्छेलाई जंगलसँगै राखिदिनु हुँदैन,’ बालेनले स्पष्ट शब्दमा भने, ‘जंगल जोगाउन पनि र मान्छे जोगाउन पनि स्थानान्तरण नै सही उपाय हो।’
उनले स्थानान्तरण गर्दा पीडित हुने अवस्था आउन नदिन बराबरीको सिद्धान्त अपनाउनुपर्नेमा जोड दिए। कसैसँग पाँच आना जग्गा छ भने पाँच आनाकै बराबर, कसैसँग दुई रोपनी छ भने दुई रोपनीकै हिसाबले अन्य सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउनुपर्ने उनको प्रस्ताव छ।
बालेनका अनुसार, यो व्यक्तिगत निर्णय होइन, राज्यको स्पष्ट नीति बन्नुपर्छ। ‘यो दया वा राहतको विषय होइन, नीति र योजना को विषय हो,’ भन्ने संकेत उनको भनाइमा झल्किन्छ।
वन्यजन्तुको आक्रमण, बस्ती विस्तारले वन क्षेत्रमा परेको दबाब र जलवायु संकटको पृष्ठभूमिमा बालेनको यो धारणा केवल राजनीतिक अभिव्यक्ति मात्र नभई अब नीतिगत बहसको विषय बन्ने संकेत देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: