काठमाडौँ। वनजंगल जोगाउने कि मान्छेलाई जोखिममा राख्ने ? यही प्रश्नको बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले वनछेउका बस्ती स्थानान्तरण गर्नुपर्ने बहसलाई फेरि सतहमा ल्याएका छन्।
आइतबार कार्यकर्तासँगको छलफलमा बालेनले नेपाल सरकारको दीर्घकालीन नीति जंगलको छेउछाउमा बसोबास गरिरहेका गाउँलाई सुरक्षित स्थानमा सार्ने हुनुपर्ने बताए। उनका अनुसार, मानव–वन द्वन्द्व, वन विनाश र नागरिक सुरक्षाका दृष्टिले अहिलेको बसोबास दिगो छैन।
‘मान्छेलाई जंगलसँगै राखिदिनु हुँदैन,’ बालेनले स्पष्ट शब्दमा भने, ‘जंगल जोगाउन पनि र मान्छे जोगाउन पनि स्थानान्तरण नै सही उपाय हो।’
उनले स्थानान्तरण गर्दा पीडित हुने अवस्था आउन नदिन बराबरीको सिद्धान्त अपनाउनुपर्नेमा जोड दिए। कसैसँग पाँच आना जग्गा छ भने पाँच आनाकै बराबर, कसैसँग दुई रोपनी छ भने दुई रोपनीकै हिसाबले अन्य सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउनुपर्ने उनको प्रस्ताव छ।
बालेनका अनुसार, यो व्यक्तिगत निर्णय होइन, राज्यको स्पष्ट नीति बन्नुपर्छ। ‘यो दया वा राहतको विषय होइन, नीति र योजना को विषय हो,’ भन्ने संकेत उनको भनाइमा झल्किन्छ।
वन्यजन्तुको आक्रमण, बस्ती विस्तारले वन क्षेत्रमा परेको दबाब र जलवायु संकटको पृष्ठभूमिमा बालेनको यो धारणा केवल राजनीतिक अभिव्यक्ति मात्र नभई अब नीतिगत बहसको विषय बन्ने संकेत देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १८:३०
काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...
माघ १२ गते, २०८२ - १७:४२
काठमाडाैं । घर–घरमा फैलिएका तार, पोल र केबल बिना पनि बिजुली पुग्न सक्छ — यो कुरा अहिलेसम्म कल्पनाजस्तै लाग्थ्यो। तर फिनल्याण्डका वैज्ञानिकहरूको पछिल्ल...
माघ १२ गते, २०८२ - १७:३७
जनकपुरधाम। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा उच्च मतदान दर देखिएको छ। कुल ३६४ मतदाता रहेको मधेश प्रदेशमा ३४१ मत खसेको छ, जसअनुसार मतदा...
माघ १२ गते, २०८२ - १७:३५
काठमाडौँ। वनजंगल जोगाउने कि मान्छेलाई जोखिममा राख्ने ? यही प्रश्नको बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले वनछेउका बस्ती स्थानान्तरण...
माघ १२ गते, २०८२ - १७:३२
काठमाडौँ। दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन नक्कली भुटानी शरणार्थी प्रकरण अन्तिम सुनुवाइको चरणमा प्रवेश गर्ने तयारीमा देखिएको छ। यसका लाग...
माघ १२ गते, २०८२ - १७:२७
काठमाडाैं । सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने बहानामा हतियारजस्ता वस्तु प्रदर्शन गर्दै सार्वजनिक स्थानमा मोटरसाइकलमा हिँडिरहेका दुई व्यक्तिल...
माघ १२ गते, २०८२ - १७:२३
काठमाडाैं । राष्ट्रिय सभालाई प्रायः ‘अनुभवी’ वा ‘अवकाशप्राप्त’ नेताहरूको थलो मानिँदै आएको छ। तर कोशी प्रदेशबाट निर्वाचित भएका तीन नयाँ सदस्यले यो बुझा...
माघ ११ गते, २०८२ - २०:२६
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...
माघ ११ गते, २०८२ - २०:१५
विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...
माघ ११ गते, २०८२ - २०:१३
मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश ...




प्रतिकृया लेख्नुहोस्: