Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

सुमो जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

खबरडबली संवाददाता

संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा आइतबार साँझ सुमो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको सुमो जिप चैनपुर नगरपालिका– २ नुनढाकीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा चैनपुर नगरपालिका– १ का ५९ वर्षीय बिरबहादुर लिम्बु र सोही वडाको पैरे घर भएका करिब १७ वर्षीय अनिष थक्लुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० कुमारप्रसाद मैनालीले जानकारी दिए।

मृतक दुबैको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि आधारभूत अस्पताल चैनपुर पठाइएको छ ।

दुर्घटनामा परी चैनपुर नगरपालिका– १ सिङरिङका ३४ वर्षीय निमदोर्जी शेर्पा, ९ वर्षीय बालक पेम्बा शेर्पा तथा पाँचथरको फिदिम नगरपालिका–४ माझिटारका २८ वर्षीय दिपेश माझी गम्भीर घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसएलआर राइफलको गोलीसहित एक पक्राउ

इलाम। इलामको सन्दकपुर गाउँपालिका–३ बाट प्रहरीले एसएलआर राइफलको गोलीससहित एक जनालाई पक्राउ गरेको छ ।  सन्दकपुर–३ स्थित कोइराला गाउँमा संकास्पद ढंगले...

बीपी राजमार्ग बन्द: यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध

बनेपा। काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी पर...

२७ परिवारका ८९ जनालाई सुन्दरीघाट पुर्‍याइयो

काठमाडौँ । सरकारले शनिबार काठमाडौँका थापाथली र गैह्रीगाउँस्थित दुई सुकुम्वासी बस्तीमा डोजर चलाएर खाली गराएको छ। काठमाडौँ महानगरपालिकाले प्रहरीको सह...

अहिलेसम्म २३ परिवारले आफ्नो विवरण दर्ता गराए

काठमाडौं । सरकारले सुकुम्वासी बस्ती हटाएपछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मा स्थापना गरिएको होल्डिङ सेन्टरमा तथ्याङ्क सङ्कलन कार्य जारी राखेको छ। ...

अभिव्यक्तिमा विवादपछि रास्वपा सांसद विश्वराजले मागे माफी, भएको के थियो ?

काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका विश्वराज पोखरेल ले सार्वजनिक रूपमा माफी मागेका छन्। ओखलढुङ्गाबाट निर्वाचित तथा पूर्व एआइजीसमेत र...

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरु

रामल्लाह। गाजा युद्धपछि पहिलो पटक शनिबार वेस्ट बैँक र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ । रामल्लाहस्...

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौ...

कानुन व्यवसायीमाथि हातपात

खजुरा। नेपालगन्जमा एक जना कानुन व्यवसायीमाथि हातपात भएको नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले जनाएका छन् । नेपालगन...

गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्न डोजर सुरु

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना हटाउने कार्य सुरु गरिएको छ। शनिबार बिहानदेखि सरकारले काठमाडौंका ...

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending