Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

कानुन व्यवसायीमाथि हातपात

खबरडबली संवाददाता

खजुरा। नेपालगन्जमा एक जना कानुन व्यवसायीमाथि हातपात भएको नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले जनाएका छन् ।

नेपालगन्ज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता पवनकुमार गुप्ता र बाँके जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष मेहरसिंह खत्रीद्वारा संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञप्तिमा कानुन व्यवसायीमाथि हातपात तथा अभद्र व्यवहार भएको जनाइएको हो ।

नेपालगन्ज बार एसोसिएसनका सदस्य समेत रहेकी अधिवक्ता दुर्गाकुमारी खड्का शुक्रबार आफ्नो तर्फबाट बहस पैरवी गरी आफ्नो (ल फर्म) कार्यालयमा बसिरहेको अवस्थामा दिउँसो अन्दाजी ४ बजेको समयमा प्रतिवादी रूपक विश्वकर्माको पत्नी शर्मिला विश्वकर्मा र उनको साथमा आएका सर्मिला वाइबा भन्ने शर्मिला राई, ललिता थापालगायत ७/८ जना महिला अधिवक्ता खड्काको ल फर्ममा जबर्जस्ती प्रवेश गरेको विज्ञप्तिमा जनाइएको छ ।

ल फर्ममा जबर्जस्ती प्रवेश गरेर उनीहरुले त्यहाँ रहेका पुस्तक, मुद्दाका फाइल लगायतका सरसामान यत्रतत्र फाली ल्यापटप लगायतका सरसामान नोक्सानी पुर्‍याई अभद्र व्यवहार गर्नुका साथै अपशब्द बोलेर दुर्व्यवहार तथा हातपात समेत गरेको भन्दै दुवै बार एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

“आफ्नो पेशागत दायित्व निर्वाह गर्ने क्रममा कुनै पनि कानुन व्यवसायीमाथिको दुर्व्यवहार र आक्रमणलाई यस बार एसोसिएसनलाई कदापी स्वीकायर हुन सक्दैन । तसर्थ: नेपालको कानुन संविधान र कानुनको सीमाभित्र रही पक्षको तर्फबाट बहस पैरवी गरेको कारणले कानुन व्यवसायीको कार्यालय ९ल फर्म०मा आक्रमण गर्ने कानुन व्यवसायीलाई हातपात गरी अमर्यादित व्यवहार गर्ने दोषीलाई तत्काल कानुनको दायरामा ल्याई दोषीउपर कारबाही गरिपाउनका साथै निज कानुन व्यवसायी दुर्गाकुमारी खड्कालगायत सम्पूर्ण कानुन व्यवसायीको जिउ ज्यान तथा शान्ति सुरक्षा प्रदान गर्न गराउन नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रशासन र नेपाल बार एसोसिएसन समेतसँग जोडदार माग गर्दछौँ ।” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending