Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त

खबरडबली संवाददाता

काठमाडौं । भारतको महाराष्ट्र राज्यको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा उपमुख्यमन्त्री पवार गम्भीर घाइते भएका छन् । उनी जिल्ला परिषद् निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए । विमानमा उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारीसमेत सवार थिए । दुर्घटनामा उनीहरू सबै घाइते भएको बताइएको छ ।

बारामती आसपास विमान अवतरण गर्ने प्रयासकै क्रममा दुर्घटना भएको जनाइएको छ । यो क्र्यास ल्यान्डिङ थियो वा प्राविधिक खराबीका कारण दुर्घटना भएको हो भन्ने विषयमा हालसम्म आधिकारिक पुष्टि हुन सकेको छैन ।

दुर्घटनास्थलबाट सार्वजनिक भएका तस्बिर तथा भिडियोमा विमानमा आगलागी भएको र बाक्लो धुवाँ उडिरहेको देखिन्छ । विमानका जलेका टुक्राहरू आसपास छरिएका छन् ।

घटनास्थलमा स्थानीय बासिन्दा, उद्धार टोली, एम्बुलेन्स तथा मेडिकल टोली परिचालित गरिएको छ । स्थानीय प्रशासनले उद्धार तथा उपचार कार्य तीव्र बनाएको जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् ।  बगनासकाली ...

भरत खड्काद्वारा सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...

पैतृक सम्पत्तिबारे भ्रम नफैलाउन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...

लेखा समिति सभापतिमा कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ। कांग्...

रास्वपाले सांसद र मन्त्रीका लागि लेबी तोक्यो, मासिक १६ हजार ५ सयदेखि १८ हजारसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी (पार्टी शुल्क) तोकेको छ। बिहीबार सिंहदरबारमा बसेको सं...

सिंहदरबारमा प्रतिपक्षी दलको संयुक्त बैठक: लेखा समितिसभापतिमा साझा उम्मेदवारको खोजी

काठमाडौँ। सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापति चयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका विपक्षी दलहरू साझा उम्मेदवार तय गर्न जुटे...

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ले प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापति पद नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ। सिं...

रास्वपाले संसदीय समितिका सभापतिका लागि नाम टुंग्यायो, सुचीसहित

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिहरूका सभापतिहरूका लागि उम्मेदवारको नाम टुंग्याएको छ...

रास्वपाले मुख्य सचेतक र सचेतक टुंग्यायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका लागि मुख्य सचेतक र सचेतकहरू टुंग्याएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले मुख्य ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending