Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

महोत्तरीमा जेनजीको राजनीतिक प्रवेश, आठ युवा उम्मेदवार

खबरडबली संवाददाता

महोत्तरी। महोत्तरीको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’ अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिबिम्बित गरेको छ । विशेषगरी गत भदौ महिनामा भएको नवयुवाहरूको आन्दोलनपछि युवाहरूले राजनीति प्रत्यक्ष हस्तक्षेप गर्नुपर्ने आवाज उठाउँदै आएका थिए, जसको असर महोत्तरीमा पनि देखिएको छ ।

यद्यपि, जेनजी अभियानकर्मीहरूका अनुसार यो प्रतिनिधित्व पूर्ण रूपमा सन्तोषजनक भने छैन । उनीहरू भन्छन्, “सूचीमा केही युवा नाम देखिनु सकारात्मक सङ्केत हो, तर अझै पनि पहुँच र प्रभाव भएकाहरू नै प्राथमिकतामा परेको अनुभूति हुन्छ ।” यसअघि केही नयाँ र पुराना राजनीतिक दलहरूले समानुपातिकतर्फ प्रस्तुत गरेका उम्मेदवारहरूको सूचीमा पनि जेनजी आन्दोलनको भावना समेटिएको देखिए पनि ती नामहरू अधिकांशत: राजनीतिक पहुँच भएकै व्यक्तिहरू थिए ।

प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीबाट आठ जना जेनजी पुस्ताका युवाहरू प्रत्यक्ष रूपमा चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार तीमध्ये छ जना स्वतन्त्र उम्मेदवार हुन् भने दुई जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका छन् । यो सङ्ख्या सानो देखिए पनि स्थानीय राजनीतिक इतिहासका हिसाबले महत्त्वपूर्ण मानिन्छ ।

क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा शिव नारायण महतो र सचिन महतो चुनावी प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर २ मा राज गुरु यादवले स्वतन्त्र उम्मेदवारी दिएको छन् । क्षेत्र नम्बर ३ बाट ‘नेपालका लागि नेपाली पार्टी’का तर्फबाट रजनिश राज पाण्डेय उम्मेदवार बनेको छन् । क्षेत्र नम्बर ४ मा जनता लोकतान्त्रिक पार्टी नेपालका तर्फबाट शिव शंकर कुमार शर्मा उम्मेदवार हुनुहुन्छ भने यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा गंगाप्रसाद यादव, विनोदकुमार मण्डल र सुकेशकुमार यादव चुनावी मैदानमा छन्।

यी युवा उम्मेदवारहरूको साझा विशेषता भनेको पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि र नयाँ सोचसहितको हस्तक्षेप हो । उनीहरु सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासलाई प्रमुख एजेन्डा बनाउँदै मतदातासामु पुगेको छन् । धेरैजसो उम्मेदवार सामाजिक सञ्जाल, प्रत्यक्ष भेटघाट र सामुदायिक छलफलमार्फत मतदातासँग संवाद गरिरहेको छन्, जुन परम्परागत राजनीतिभन्दा फरक अभ्यास मानिन्छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार जेनजी उम्मेदवारहरूको उपस्थिति जित–हारभन्दा पनि दीर्घकालीन रूपमा राजनीतिक संस्कार परिवर्तनको सङ्केत हो । “यी युवाहरूले जिते वा नजिते पनि उनीहरूको सहभागिताले आगामी निर्वाचनमा अझ बढी युवालाई प्रेरित गर्नेछ,” एक स्थानीय विश्लेषक बताउछन् ।

महोत्तरीमा देखिएको यो परिवर्तन सानो भए पनि अर्थपूर्ण छ । यसले राजनीतिमा पुस्तान्तरणको बहसलाई बल दिएको छ र जेनजी पुस्ता अब सडक आन्दोलनबाट मात्र होइन, मतदान र उम्मेदवारीमार्फत पनि आफ्नो आवाज स्थापित गर्न खोजिरहेको स्पष्ट देखिन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसएलआर राइफलको गोलीसहित एक पक्राउ

इलाम। इलामको सन्दकपुर गाउँपालिका–३ बाट प्रहरीले एसएलआर राइफलको गोलीससहित एक जनालाई पक्राउ गरेको छ ।  सन्दकपुर–३ स्थित कोइराला गाउँमा संकास्पद ढंगले...

बीपी राजमार्ग बन्द: यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध

बनेपा। काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी पर...

२७ परिवारका ८९ जनालाई सुन्दरीघाट पुर्‍याइयो

काठमाडौँ । सरकारले शनिबार काठमाडौँका थापाथली र गैह्रीगाउँस्थित दुई सुकुम्वासी बस्तीमा डोजर चलाएर खाली गराएको छ। काठमाडौँ महानगरपालिकाले प्रहरीको सह...

अहिलेसम्म २३ परिवारले आफ्नो विवरण दर्ता गराए

काठमाडौं । सरकारले सुकुम्वासी बस्ती हटाएपछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मा स्थापना गरिएको होल्डिङ सेन्टरमा तथ्याङ्क सङ्कलन कार्य जारी राखेको छ। ...

अभिव्यक्तिमा विवादपछि रास्वपा सांसद विश्वराजले मागे माफी, भएको के थियो ?

काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका विश्वराज पोखरेल ले सार्वजनिक रूपमा माफी मागेका छन्। ओखलढुङ्गाबाट निर्वाचित तथा पूर्व एआइजीसमेत र...

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरु

रामल्लाह। गाजा युद्धपछि पहिलो पटक शनिबार वेस्ट बैँक र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ । रामल्लाहस्...

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौ...

कानुन व्यवसायीमाथि हातपात

खजुरा। नेपालगन्जमा एक जना कानुन व्यवसायीमाथि हातपात भएको नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले जनाएका छन् । नेपालगन...

गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्न डोजर सुरु

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना हटाउने कार्य सुरु गरिएको छ। शनिबार बिहानदेखि सरकारले काठमाडौंका ...

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending