नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उनको हत्या गरिएको तथ्य खुलेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार इनारमा सडेको अवस्थामा भेटिएको शव डुडुवा गाउँपालिका–३, वनकट्टी गाउँ निवासी २१ वर्षीया बसन्ती गोडियाको रहेको र हत्या उनको प्रेमी सोही गाउँ निवासी २५ वर्षीय राकेश बर्माले गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले डुडुवा–३ स्थित रामफेरन कुर्मीको घर पछाडि रहेको झाडीभित्रको इनारमा सडेगलेको अवस्थामा पहिचान नखुलेको शव फेला परेकोमा सोधखोज गर्दा सोही गाउँ निवासी पाँचु गोडियाकी २१ वर्षीया छोरीको शव रहेको पुष्टि भएको बताए।
उनले प्रहरी अनुसन्धानका अनुसार बसन्ती गोडियाको शव सडेगलेको अवस्थामा फेला परेकाले घटना करिब एक महिनाअघि घटेको हुनसक्ने अनुमान गरिएको जनाउँदै पोस्टमार्टम रिपोर्टमा मृतकको टाउको र घाँटीको विभिन्न भागमा चोट लागेको देखिएकाले उहाँको हत्या गरिएको पुष्टि भएको बताए।
जिल्ला प्रहरी कार्यालयका अनुसार कुनै महिला हराएको औपचारिक उजुरी प्रहरीमा नआए पनि गाउँघर र घटनास्थल आसपास बुझ्दा बसन्ती केही समयदेखि भारतको नानपारास्थित मामाघर गएको भनिएको थियो ।
प्रहरी अनुसन्धानबाट बसन्ती गोडिया पुस १ गते मङ्गलबार रातिदेखि सम्पर्कविहीन भएको र सोही दिनदेखि घरमा समेत नफर्किएको तथ्य खुल्न आएको छ । गाउँघर छरछिमेक र विभिन्न सूचनाको आधारमा अनुसन्धान गर्दा मृतकको छिमेककै युवक बर्मासँग प्रेम सम्बन्ध रहेको खुलेको छ ।
सो बारेमा अनुसन्धान गर्दा प्रेम सम्बन्धमा खटपट भएको कारण योजनाबद्ध रूपमा बर्माले गोडियाको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनास्थलको अवस्था, पोस्टमार्टम रिपोर्ट, बर्माको साविति बयानबाट प्रेममा भएको खटपटका कारण बर्माले नै हत्या गरेर शव इनारमा फालेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बर्मालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला अदालत बाँकेबाट म्याद थप गराई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...
जेष्ठ ३१ गते, २०८३ - १४:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...
जेष्ठ ३१ गते, २०८३ - १४:२२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका पूर्वसांसद तथा नेता डा। धवलशमशेर राणाले राप्रपाले उठ...
जेष्ठ ३१ गते, २०८३ - १४:१२
सर्लाही। सर्लाहीको बागमती नगरपालिका–९, निर्माण चोकमा आइतबार बिहान इभी गाडीको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएक...
जेष्ठ ३१ गते, २०८३ - १३:५७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘सर्कुलर इकोनोमी’को अवधारणालाई प्रवर्द्धन गर्दै महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गरी प्रविधिमा आधारित फोहरमैला ...
जेष्ठ ३१ गते, २०८३ - १३:४८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भए...
जेष्ठ ३१ गते, २०८३ - १३:१८
बिर्तामोड। झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ। यस अवधिमा तीन वटा जङ्गली हात्त...
जेष्ठ ३१ गते, २०८३ - १३:१८
बिर्तामोड। झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ। यस अवधिमा तीन वटा जङ्गली हात्त...
जेष्ठ ३१ गते, २०८३ - १३:०६
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेको छन् । उनी गएराति त्यसतर्फ...
जेष्ठ ३१ गते, २०८३ - १२:४९
वीरगञ्ज । पर्सामा प्रहरीले १०० किलोग्राम गाँजा बरामद गरेको छ। जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थित मुरैयाचोक क्षेत्रबाट आइतबार सशस्त्र प्रहरी र नेपाल...



प्रतिकृया लेख्नुहोस्: