Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने

खबरडबली संवाददाता

वासिङ्टन। अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्ने तयारी गरेको छ । सोमबार राति हाउस रुल्स कमिटीले सिनेटबाट पारित खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय गरेपछि मतदानको बाटो खुलेको हो ।

सङ्घीय अध्यागमन एजेन्टको कारबाहीका कारण उत्पन्न विवादले खर्च सम्बन्धी वार्ता अवरुद्ध भएको थियो । विशेष गरी मिनियापोलिसमा दुई अमेरिकी नागरिकको मृत्यु भएपछि डेमोक्रेटिक आक्रोश बढ्दा गृह मन्त्रालयका लागि नयाँ कोषको विषय अझ जटिल बनेको थियो ।

यसअघि सिनेटले सेप्टेम्बरसम्म अधिकांश सङ्घीय एजेन्सी सञ्चालनका लागि अझै पास हुन बाँकी रहेका पाँच वटा कोष विधेयक पारित गरेको थियो । साथै अध्यागमन नीतिमा थप छलफल गर्न डिएचएस सञ्चालनका लागि दुई हप्ताको अस्थायी उपाय पनि स्वीकृत गरिएको थियो ।

सरकारी कामकाज ठप्पले गैर-आवश्यक सङ्घीय सेवाका लागि कोष रोक्का हुने, सेवा बन्द हुने र कर्मचारी बेतलबी बिदामा बस्नु पर्ने अवस्था सिर्जना गर्दछ । अध्यागमन प्रवर्तनका विषयमा केही सांसदले असन्तुष्टि जनाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयक तत्काल पारित गर्न दबाब दिँदै आएको छन् । 

उनले सामाजिक सञ्जालमार्फत अहिले कानूनमा परिवर्तन सम्भव नभएको भन्दै शीघ्र अनुमोदनको आह्वान गरेको थिए। डेमोक्रेटले खर्च विधेयक पारित हुनु अघि अध्यागमन एजेन्टको कार्यशैलीमा सुधारको माग गरेका छन् । गत महिना मिनियापोलिसमा दुई नागरिकको मृत्यु भएपछि यस विषयमा राष्ट्रिय स्तरमै आलोचना चर्किएको थियो ।

यसै सन्दर्भमा गृहमन्त्री क्रिस्टी नोमले सङ्घीय एजेन्टले तत्काल शरीर क्यामेरा प्रयोग गर्ने घोषणा गरेको छन्, जसलाई पछि देशभर विस्तार गरिने बताइएको छ । राजनीतिक रूपमा संवेदनशील वार्ताकाबिच सदनका सभामुख माइक जोनसनले सम्झौता नजिक पुगेको विश्वास व्यक्त गरेको छन् । 

तर रिपब्लिकन पक्षको साँघुरो बहुमतका कारण खर्च विधेयक पारित गर्न डेमोक्रेटिक मतमा भर पर्नुपर्ने सम्भावना पनि देखिएको छ । यदि सदनले सिनेटको सम्झौता अनुमोदन गरेमा सांसदसँग डिएचएसको पूर्ण वर्षको कोष विधेयकमा सहमति जुटाउन दुई हप्ता मात्र समय रहने छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हुरीसहित वर्षा - सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि  उपत्यकासहित तराईका केही जिल्लामा हुर...

कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित, राजीनामापत्रमा असहमति

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले उद्धारका लागि विवरण दर्ता गराए

काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...

सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...

बिस लाख रुपियाँसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ ।  चैत ६ गते बिहान वीरगञ्ज म...

कांग्रेसले गर्याे चुनाव हारको १३ पानामा समीक्षा

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...

कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...

यूएईमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...

दाङ र लुम्बिनी दिउँसै अँध्यारो

घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...

महिला नेतृत्वको विरोध होइन, समर्थन गर्ने परिपाटी आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: