नवलपुर। प्रधानमन्त्री सुशीला कार्कीले अब निर्वाचन सर्ने सम्भावना अन्त्य भएको बताएको छिन् । सरकारको पूरा ध्यान फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेतर्फ रहेको र सोही अनुसार तयारी भइरहेको उनले उल्लेख गरिन्।
अत्यधिक चिसोका कारण हिमाली जिल्लाहरूमा फागुन २१ मा निर्वाचन हुन नसक्ने अवस्था आएमा भने दोस्रो चरणमा पनि गर्न सकिने उनले बताइन्। राष्ट्रिय सेवा दल ९एनसिसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा सहभागी हुन मङ्गलवार नवलपुरको हात्तीखोर आएकी प्रधानमन्त्री कार्कीले पत्रकारसँगको कुराकानीमा यस्तो बताएको हो ।
मौसमले साथ दिएमा भने सबै निर्वाचन क्षेत्रमा फागुन २१ मै चुनाव गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । “सरकारको पूरा ध्यान निर्वाचनमा मात्र केन्द्रित भएको छ, निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गराउन हामी पूरा प्रयत्न गरिरहेका छौँ,” प्रधानमन्त्री कार्कीले भनिन् ।
उनले हिमाली जिल्लामा सहज तरिकाले निर्वाचन सम्पन्न गराउन सरकारले गरिरहेको तयारीबारे पनि जानकारी दिनुभयो । हिमाली जिल्लामा यातायातको पहुँच भएका स्थानमा मतदातालाई सवारी साधनमार्फत ओसारेर भए पनि निर्वाचन गर्ने उहाँको दृढता छ ।
“अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने मात्र दोस्रो चरणमा हुन्छ, अन्यथा एकै चरणमा फागुन २१ मै चुनाव गराउँछौँ,” कार्कीले भने। अहिले विशेष अवस्थामा निर्वाचन हुन लागेको बताउँदै प्रधानमन्त्री कार्कीले निर्वाचनमा करिब ३० देखि ३२ अर्ब रुपियाँ खर्च हुने जानकारी दिए ।
मङ्गलवार आयोजित समारोहमा ५३० जना विद्यार्थी दीक्षित भएका छन् । यो वर्ष देशभरका २५७ विद्यालयका सात हजार ७१० जनाले तालिम प्राप्त गरेको र हालसम्म करिब ९० हजार युवा दीक्षित भइसकेको कार्यक्रममा जानकारी दिइयो ।
प्रधानमन्त्री कार्कीले दीक्षित क्याडेटलाई सम्बोधन गर्दै तालिममा सिकेको अनुशासन, नेतृत्वकला र राष्ट्रप्रेमलाई केवल भावनामा मात्र सीमित नराखी व्यवहारमा उतार्न आग्रह गरे। विद्यार्थीको असल आचरण र व्यवहारले उन्नत समाज र समृद्ध राष्ट्र निर्माणको आधार तय गर्ने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...
बैशाख ८ गते, २०८३ - १९:००
काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...
बैशाख ८ गते, २०८३ - १७:४८
काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...
बैशाख ८ गते, २०८३ - १७:३५
उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...
बैशाख ८ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...
बैशाख ८ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...
बैशाख ८ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...
बैशाख ८ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...


प्रतिकृया लेख्नुहोस्: