Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

नेपाली कामदारकै निम्ति ईपीएसको नियम फेर्न दक्षिण कोरियाद्वारा अस्वीकार

खबरडबली संवाददाता

काठमाडौं । रोजगारीका निम्ति दक्षिण कोरिया लैजाने नेपाली कामदारकै निम्ति रोजगार अनुमति प्रणाली (ईपीएस) को विद्यमान नियममा परिवर्तन गर्न नसकिने कोरियाली पक्षले नेपाललाई जबाफ दिएको छ।

वैदेशिक रोजगार विभाग र सोलस्थित नेपाली दूतावासका अनुसार भाषापरीक्षा उत्तीर्ण भएपछि त्यसले मान्यता पाउने म्याद दुई वर्ष मात्र कायम रहने भएको छ।

योसँगै भाषापरीक्षा उत्तीर्ण भएर कोरिया जाने पर्खाइमा रहेका धेरै नेपालीहरू कोरिया जान पाउने म्याद सकिने देखिएको अधिकारीहरूले बताएका छन्।

भाषापरीक्षा उत्तीर्ण भएर रोस्टरमा भएकाहरूको म्याद थप्नुपर्ने, काम गर्ने क्षेत्र परिवर्तन गर्न पाउनुपर्नेलगायत माग अगाडि सार्दै नेपालीहरू केही हप्तायता आन्दोलनरत छन्।

रोजगारका आकाङ्क्षीहरू नेपालमा आन्दोलनरत रहँदा कोरियाले काठमाण्डूमा कार्यरत आफ्ना कर्मचारीहरूको सुरक्षाप्रति चासो राखेको सोलस्थित नेपाली राजदूतले बताएकी छन्।

सोल र काठमाण्डूमा छलफल

दुई पक्षका चासोबारे सोल र काठमाण्डू दुवै ठाउँमा अधिकारीहरूबीच छलफल भएको अधिकारीहरूले बताएका छन्।

नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेका अनुसार सोलमा भएको वार्तामा कोरियाली पक्षले नेपालस्थित ईपीएस सेन्टरमा कार्यरत आफ्ना नागरिकहरूको सुरक्षाबारे मुख्य चासो राखे।

"उहाँहरूको चासोबारे हामीले कानुनबमोजिम विदेशी नागरिकका सुरक्षाका लागि मिलाउने गरिएका व्यवस्थाबारे जानकारी गराउँदै चिन्ता नगर्न भन्यौँ," बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा उनले भनिन्।

भाषापरीक्षा उत्तीर्ण भएका व्यक्तिहरूको हकमा म्याद थप्न नसकिने जबाफ पाएको राजदूत तुम्बाहाम्फेले बताइन्। सो विषयमा वैदेशिक रोजगार विभागले पनि सोही आशयको जबाफ पाएको निर्देशक टीकाराम ढकालले बताए।

रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौताअन्तर्गत नेपालसहित विभिन्न १७ वटा देशले कोरियामा कामदार पठाउँदै आएका छन्।

"सबै मुलुकमा एकरूपता कायम रहेकोले नेपालकै लागि नियम बदल्न नसकिने उहाँहरूको जबाफ रहेको छ," बीबीसी न्यूज नेपालीसँग ढकालले भने।

त्यसका साथै रोजगार क्षेत्र परिवर्तन गर्न पाउनुपर्ने माग पनि कोरियाले पक्षले अस्वीकार गरेको उनले बताए।

लगानी डुब्ने जोखिम

कोरियाली भाषापरीक्षा दिनका लागि देशभरिबाट परीक्षार्थीहरू काठमाण्डू आउने गरेका छन्।

परीक्षा शुल्क बापत प्रतिव्यक्ति २८ अमेरिकी डलर तिर्नुपर्छ भने आउजाउ तथा खानबस्नका लागि थप खर्च हुन्छ।

भाषापरीक्षा उत्तीर्ण भएको दुई वर्षसम्म त्यसको म्याद रहन्छ। सो अवधिभित्र कोरिया जान नपाए इच्छुक व्यक्तिले फेरि खर्च गरेर परीक्षा दिनुपर्ने हुन्छ।

"कोरिया जान पाएनन् भने करिब ९,००० जना सन् २०२६ मै रोस्टरबाट फालिन्छन्," ईपीएस शाखास्थित शाखा अधिकृत राजकिशोर साहले बीबीसी न्यूज नेपालीसँग भने।

भाषापरीक्षा उत्तीर्ण भएका व्यक्तिहरू जान नपाउँदा उनीहरूका लगानी डुब्नुका साथै त्यस्ता व्यक्तिमा निराशा पनि उत्पन्न हुने श्रमविज्ञ गणेश गुरुङ औँल्याउँछन्।

विकल्प सोच्न सुझाव

श्रमविज्ञका साथै अधिकारीहरूले भाषापरीक्षा उत्तीर्ण हुनुलाई कोरिया जान पाउने ग्यारेन्टीका रूपमा नबुझ्न आग्रह गरेका छन्।

त्यसमा सहमति जनाउँदै सोलस्थित राजदूत तुम्बाहाम्फेले भनिन्, "अरू विकल्प पनि खोज्नुपर्छ। त्यसैलाई पर्खेर बस्दा समस्या हुन्छ।"

नेपाली कामदारका लागि दक्षिण कोरिया एउटा आकर्षक गन्तव्यका रूपमा रहिआएको छ।

तर भाषासम्बन्धी जाँच पास गर्दैमा जान पाइन्छ भन्ने सोच त्याग्न श्रमविज्ञ गुरुङ पनि सुझाउँछन्।

"म पास भएर पनि जान नपाउन सक्छु। यस कारण केही न केही वैकल्पिक काम गरिराख्नुपर्छ भन्ने हिसाबले अगाडि बढ्नुपर्छ।"

"वैकल्पिक व्यवसाय अपनाइराख्नुपर्‍यो ताकि जान नपाए पनि आफूलाई ठूलो समस्या नपरोस्," उनले अगाडि थपे।

सम्झौता नवीकरण हुने

दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार ईपीएस सम्झौता नवीकरणको गृहकार्यमा रहेको नेपालले त्यसमा थपघटका प्रस्तावसहित कोरियालाई मस्यौदा पठाइएको छ।

दुई देशका सरकारले झन्डै १९ वर्षअघि गरेको सम्झौताबमोजिम नेपाली कामदारहरू कोरियाली श्रमबजारमा जाने गरेका छन्।

नेपालले गरेको प्रस्तावमा कोटा बढाउनेदेखि काठमाण्डूबाहिर पनि भाषापरीक्षा दिन पाउने व्यवस्था गर्नुपर्नेलगायतका विषय समेटिएका छन्।

त्यसका साथै दक्षिण कोरिया जान पाउने नेपाली कामदारहरूको उमेरको हकमा पनि हेरफेरको प्रस्ताव गरिएको अधिकारीहरूले जनाएका छन्।

कोरियाले अरू देशका तुलनामा नेपालबाट धेरै कामदार लिने गरेको अधिकारीहरू बताउँछन्। त्यो अझ बढ्न सक्ने अपेक्षा गरिएको छ।

"अस्ति भएको छलफलमा कुल कामदारमध्ये ४४ प्रतिशतसम्म नेपालबाट ल्याउने गरेको उहाँहरूले भन्नुभयो," राजदूत तुम्बाहाम्फेले भनिन्।

नेपालीहरूको मेहनत र वफादारीको रोजगारदाताहरूले प्रशंसा गर्ने गरेको आफूले पाएको उनले बताइन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending