Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

महामन्त्री पौडेलले ल्याए १५ बुँदे आर्थिक सुधार अवधारणा

खबरडबली संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्नो १५ बुँदे धारणा सार्वजनिक गरेको छन् । कांग्रेस महामन्त्री पौडेलले नेपाली कांग्रेसले अब केवल सपना देखाउने मात्र नभै ती सपनालाई नतिजामा बदल्ने ‘अपेरेटिङ सिस्टम’ नै फेर्ने सङ्कल्प गरेको भन्दै अर्थतन्त्रमा सुधार तथा समृद्धिका लागि अब लिइनुपर्ने नीतिबारे धारणा राखेको हो ।

एक भिडियो वक्तव्य जारी गर्दै उनले वितरणमुखी र परनिर्भर अर्थतन्त्रबाट मुलुकलाई उत्पादनमुखी, आत्मनिर्भर र बचतयुक्त अर्थतन्त्रमा लैजानुपर्ने उल्लेख गरे।

यसका लागि अहिलेको अर्थतन्त्रमा प्रणालीगत सुधार आवश्यक रहेको उनको तर्क छ। व्यक्तिवादी राजनीतिको साटो संस्थागत र बलियो प्रणाली निर्माणमा जोड दिँदै यसमा नागरिकलाई सहजता सुनिश्चित हुने उनको जोड छ ।

महामन्त्री पौडेलले ज्ञानमा आधारित अर्थतन्त्र परम्परागत श्रम र पसिनाको निर्यातबाट हटेर बौद्धिक पुँजी र ज्ञानको निर्यातमा केन्द्रित हुनुपर्ने बताएको छन् ।  

प्रविधिको प्रयोगमार्फत साना उद्यमी, युवा र दुर्गमका प्रतिभाहरूलाई सिधै विश्व बजारसँग जोड्ने गरी अवसरको लोकतन्त्रीकरण गरिनुपर्ने उनको धारणा छ ।

आर्थिक इकोसिस्टम अन्तर्गतका शिक्षा, बैँकिङ, कानुन र परराष्ट्र नीतिलाई एकअर्काको पूरक बनाउँदै एकीकृत प्रणाली विकास गर्ने तथा विश्वविद्यालयहरूलाई ‘अनुसन्धान र आविष्कार केन्द्र’ मा रूपान्तरण गर्नु आवश्यक रहेको उनको तर्क छ ।

नेपालमा आर्थिक विकासमा कानुनी अड्चन एक प्रमुख कारक रहेको चर्चा गर्दै महामन्त्री पौडेलले दोस्रो चरणको आर्थिक सुधार र कानुनी पुनर्जागरणका लागि सर्वोच्च छाता ऐनमार्फतविकास र लगानीमा बाधक बनेका दर्जनौँ झन्झटिला ऐनहरूलाई पुन:स्थापित गर्नुपर्ने आवश्यकता औंल्याएको छन् ।

मन्त्रालयहरूबिच एक आपसमा समन्वय अभाव र प्रशासनिक ढिलासुस्तीले अर्थतन्त्रको गतिमा बाधा गरेको भन्दै उनले फास्ट ट्रयाक सेवामार्फत समयबद्ध कार्यविधि लागु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘‘उद्योग, व्यवसाय र लगानीसँग जोडिएका कानुनी विवादहरूलाई छिटो छरितो समाधान गर्न विशेष न्यायाधीकरणको व्यवस्था आवश्यक छ,’’ उहाँले भने।

राज्यको भूमिका अर्थतन्त्रमा खेलाडी ९उत्पादक० नभै निष्पक्ष निर्णायक९सहजकर्ता० हुनुपर्ने उनको तर्क छ ।

महामन्त्री पौडेलले २१औँ शताब्दीको लोकतान्त्रिक समाजवादको आवश्यकताबारे चर्चा गर्दै समाजवाद भनेको कसैको प्रगतिमा बाधक नभै बरु कोही पनि गरिबी र अभावको खाडलमा नखसोस् भन्नका लागि बलियो सुरक्षा आवश्यक रहेको तर्क गरेको छन् ।

जसअन्तर्गत समान अवसर, नतिजामा प्रतिस्पर्धा: सबैलाई शिक्षा र स्वास्थ्यमा समान पहुँचको ग्यारेन्टी गर्ने, तर आर्थिक प्रगतिमा स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्नुपर्ने उनको तर्क छ ।

साथै, सीमान्तकृतको सशक्तीकरण: दलित, महिला र पछाडि पारिएका समुदायलाई केवल बजारको जिम्मा नछाडी, उनीहरूलाई सक्षम प्रतिस्पर्धी बनाउन विशेष सहुलियत र अग्राधिकार दिइने अवस्थालाई उनले २१ औं शताब्दीको लोकतान्त्रिक समाजवाद भनेको छन् ।

महामन्त्री पौडेलले बौद्धिक पुँजीको महत्त्व, डिजिटल अर्थतन्त्रअन्तर्गत राइड–सेयरिङ, ई–कमर्स र डिजिटल प्लेटफर्महरूले सिर्जना गरेका अवसरहरूलाई कानुनी मान्यता दिँदै ‘स्टार्टअप’ हरूलाई प्रोत्साहन आवश्यक रहेको तर्क गरेको छन् ।

निजी क्षेत्रको गतिशीलताले वस्तु र सेवाको गुणस्तर बढाउने र मूल्य घटाउने हुँदा स्वस्थ प्रतिस्पर्धामा जोड दिँदा प्रत्यक्ष लाभ आम उपभोक्तालाई पुग्ने विश्वास उनको भनाइ छ ।

महामन्त्री पौडेलले आर्थिक कूटनीति र भू–आर्थिक पुलको अवधारणा आफ्नो वक्तव्यमा अघि सारेको छन् । वैदेशिक सहायताबाट लगानीतर्फ अघि बढ्नुपर्ने र विदेशी सहायतामा मात्र निर्भर रहने परम्परा तोडेर व्यापार र लगानी भित्र्याउने कूटनीति अवलम्बन गरिनुपर्ने उनले बताएको छन् ।

महामन्त्री पौडेलले नेपाली डायस्पोराको उपयोग गर्दै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई ‘ब्रन गेन’ मार्फत राष्ट्र निर्माणमा जोड्नुपर्ने आवश्यकता औंल्याएको छन् । यसअन्तर्गत नेपाली दूतावासहरूलाई ‘व्यापार प्रवर्धन केन्द्र’ को रूपमा विकास गरी नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार सुनिश्चित गर्न सकिने उनको तर्क छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा, विपन्नले पाउने नि:शुल्क उपचार सेवा सुरु भइसकेको दाबी

काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...

अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...

रमजानको अवसरमा यूएईद्वारा १२८ नेपाली आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, के छन् एजेण्डा ?

काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका नेपाली पक्राउ

काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...

कार्की आयोगको प्रतिवेदन संसद् सचिवालयमा पुग्यो

काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...

कांग्रेसको अध्ययन समितिको ५२ पृष्ठको प्रतिवेदन बुझाइयो, कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...

बाढीको समस्या दीर्घकालिन रुपमा समाधान हुने आशा

बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् ।   रा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending