काठमाडौं। काठमाडौंमा बुधबार राति प्रहरीले गोली चलाएर प्रेम थारु (पटके)लाई पक्राउ गरेको छ। उनलाई प्रहरीले नागार्जुन नगरपालिका–६, पुरीगाउँस्थित सडकबाट नियन्त्रणमा लिएको थियो। थारु खुट्टामा गोली लागेर घाइते भएका छन् र अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार थारु नेपालगञ्ज उपमहानगरपालिका–३ घर भएका हुन् र काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध चोरी र लुटपाटका घटनामा संलग्न रहेका थिए। उनी ‘सुप्रिम’, ‘विकास’, र ‘सौरभ’ जस्ता परिचित नामले अपराधको दुनियाँमा चिनेका थिए।
थारुबाट प्रहरीले ७६४.३५ ग्राम सुन, १ किलो १५२ ग्राम चाँदी, नगद १ लाख ६३ हजार ६५५ रुपैयाँ, हिरा १५.५५ ग्राम, अमेरिकी डलर १ हजार १०४, भारतीय रुपैयाँ ५ हजार ५ सय, चिनियाँ युआन ८२, श्रीलंकन रुपैयाँ २०, मलेसियन रिंगेट ३ सहित विभिन्न मुलुकका मुद्रा बरामद गरेको छ।
उनमाथि प्रहरी वृत्त बौद्धमा यसअघि दुई पटक मुद्दा दर्ता भइसकेको थियो। २९ मंसिर २०७९ मा मुद्दा चलेको थारुले तीन वर्ष कैद भुक्तान गरेका थिए र ६० हजार जरिवाना तिरेका थिए। यसअघि उनीविरुद्ध ९ पीडितले करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको चोरीको जाहेरी दिएका थिए।
प्रहरीका अनुसार थारु ‘पेरोल’मा छुटेका व्यक्ति हुन्। पेरोलमा छुट्दा उनलाई कारागार बाहिरै बसेर असल व्यवहारका आधारमा कैद भुक्तान गर्ने सुविधा दिइएको थियो। प्रेम थारु २५ जेठ २०८२ मा पेरोलमा छुटेका थिए।
साथै, थारु चार दिनअघि काठमाडौं महानगरपालिका–६, बौद्ध टुसालमा रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका गहना चोरी गरेको प्रहरीले पुष्टि गरेको छ। चोरीको समय घरबासी कपडा धोएर छतमा सुकाउन गएको मौकामा भएको थियो।
काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पेरोलमा छुटेका थारुले पुन: चोरीको दुनियाँमा प्रवेश गरेको पुष्टि भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - १५:१९
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्ता...
माघ २४ गते, २०८२ - १५:११
जनकपुरधाम । धनुषाको औरही गाउँपालिका १, पौडेसरमा सडक छेउमा करिब २५ वर्षीया महिलाको शव फेला परेको छ। धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरका अनुस...
माघ २४ गते, २०८२ - १५:०५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ । रास्...
माघ २४ गते, २०८२ - १४:५५
लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाका कारण समाजमा गम्भीर समस्या देखिएको बताएका छन् । उनले झुटा सूचनाक...
माघ २४ गते, २०८२ - १४:४७
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा आफ्नो चुनावी प्रचार अभियान सुरु गरेका छन्। शुक्रबार उनले...
माघ २४ गते, २०८२ - १४:३१
भक्तपुर। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ । ...
माघ २४ गते, २०८२ - १४:२५
काठमाडौँ। चीन सरकारले नेपालका लागि नयाँ चिनियाँ राजदूतको रूपमा चाङ माओमिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभा...
माघ २४ गते, २०८२ - १४:१२
काठमाडौं। पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेलले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भोट मागेपछि उनलाई कार...
माघ २४ गते, २०८२ - १४:०६
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै हिमाली जिल्ला मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्व...
माघ २४ गते, २०८२ - १३:५५
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज...



प्रतिकृया लेख्नुहोस्: