सप्तरी। सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शनिबार शङ्कास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन् । वनभोज खान त्यहाँ पुगेका बालकले खोलामा भेटिएको 'रकेट' जस्तो देखिने वस्तुलाई खेलौना ठानेर दाउरासँगै जम्मा गरी राखेका थिए । चुल्हो नजिक राखिएको सो वस्तु अचानक विस्फोट भएको हो ।
खोलामा वनभोज खान गएका स्थानीय बालक बम विस्फोटको छर्रा लागेर घाइते भएका हुन् । घाइते हुनेमा रुपनी गाउँपालिका–६ का साजन आलेमगरका ११ वर्षीय छोरा साहस मगर, मनोज थापामगरका ९ वर्षीय छोरा प्राशिस थापामगर, कर्णबहादुर थापामगरका १६ वर्षीय छोरा कविर थापामगर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज विक रहेका छन् ।
घाइतेमध्ये साहस र प्राशिसको पैतालामा गम्भीर चोट लाग्नुका साथै शरीरका विभिन्न भागमा छर्रा लागेको छ । कविर र सुरजको पनि शरीरका विभिन्न भागमा छर्रा लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताए।
उनका अनुसार बालकहरूले भेटेको शङ्कास्पद वस्तु र घटनाबारे थप अनुसन्धान भइरहेको छ । “वनभोज खान गएका बालकले रकेट जस्तो देखिने वस्तु भेटेका र सोही वस्तु विस्फोट भएको प्रारम्भिक जानकारी आएको छ,” प्रहरी नायब उपरीक्षक पुरीले भने। उनले घाइते बालकहरूको स्वास्थ्य अवस्था हाल सामान्य रहेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - ११:५२
विराटनगर। सरकारले वैशाख ५ गतेबाट सुरु हुनुपर्ने नयाँ शैक्षिक सत्रलाई वैशाख २१ गते सार्ने निर्णय गरेपछि शैक्षिक क्षेत्रमा अन्योल र अव्यवस्थाको अवस्था स...
बैशाख ९ गते, २०८३ - ११:२३
काठमाडौं । बुधबार सुन र चाँदीको भाउ घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन प्रतितोला ३ लाख १ हजा...
बैशाख ९ गते, २०८३ - ११:२३
काठमाडौं । बुधबार सुन र चाँदीको भाउ घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन प्रतितोला ३ लाख १ हजा...
बैशाख ९ गते, २०८३ - ११:०९
पश्चिम नवलपरासी। नेपाल सरकारले तयार गरेको स्थानीय तहको संख्या र सिमाना हेरफेरसम्बन्धी कार्यविधिको सन्दर्भमा बुधबार पश्चिम नवलपरासीको सरावल गाउँपालिकाम...
बैशाख ९ गते, २०८३ - १०:५१
खोटाङ। २०६७ सालमा गाउँमा विद्युत पुगेपछि खुशी भएका खोटाङको रावा बेसी गाउँपालिकाका नागरिकलाई अहिले सोही विद्युत सेवाले झन्झट बढाएको छ। सामुदायिक विद्यु...
बैशाख ९ गते, २०८३ - १०:३३
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन बुधबार विराटनगर जाने भएको छन्। निर्धारित...
बैशाख ९ गते, २०८३ - १०:२०
तनहुँ। नेपाल सरकारले सार्वजनिक गरेको शासकीय सुधारको १०० बुँदे कार्यसूचीअनुसार सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्याउने नीतिले तनहुँमा हुलाक सेवाको ...
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...


प्रतिकृया लेख्नुहोस्: