Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

खोटाङमा बिहे भोज खाएका सय जना बढी बिरामी

खबरडबली संवाददाता

खोटाङ। खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका स्थानीय र पाहुना गरी करिब डेढ सय जना बिरामी परेका हुन् ।

माघ २१ गते विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । उनीहरुमा ज्वरो आउने, पेट दुख्ने, उल्टी हुने, झाडापखाला लाग्ने समस्या देखिएको जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यबहादुर कार्कीले बताए। भोज खाएपछि उनीहरुलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको उनको भनाइ छ ।

सुरुमा केही व्यक्तिहरु बिरामी भएको खबर आएपछि स्वास्थ्यकर्मीले घरघरमा गएर उपचार गरेका थिए । तर पछि गाउँका प्रत्येक घरमा मानिसहरु बिरामी भएपछि दिप्लुङकै निगालावास भञ्ज्याङ दुई घरमा सबैलाई ल्याएर उपचार गराइएको कार्कीले बताए।

एम्बुलेन्समार्फत बिरामी ल्याउने र सुधार भएपछि घरमै पुर्याउने काम धमाधम भइरहेको छ । हालसम्म करिब ८० जना बिरामीहरु ठीक भइसकेको उनको भनाइ छ । अन्य बिरामीलाई स्वास्थ्यकर्मीहरुले उपचार गरिरहेका छन् । केही व्यक्ति भने सिकिस्त रहेका छन् ।

स्लाइनपानी, जीवनजल लगायतका औषधी गाउँपालिकाले व्यवस्थापन गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट पनि केही मात्रमा औषधीहरु लगिएको छ । ‘फुडपोइजन’का कारण पत्ता लगाउनका लागि प्रदेशबाट ‘स्याम्पल’ सङ्कलन गर्न चिकित्सकको टोली आउदै गरेको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए।

बिहे भोज खाएर गएका टाढा टाढाका पाहुनाहरु पनि बिरामी भएको खबर आएको छ । नजिकै रहेका पाहुनालाई सोही ठाउँमा ल्याएर उपचार गराइएको छ । आइतबार बिहान पनि नजिकै रहेका गाउँका पाहुना बिरामी भएको खबर आएपछि बिरामी ल्याउन एम्बुलेन्स पठाइएको कार्कीले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा, विपन्नले पाउने नि:शुल्क उपचार सेवा सुरु भइसकेको दाबी

काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...

अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...

रमजानको अवसरमा यूएईद्वारा १२८ नेपाली आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, के छन् एजेण्डा ?

काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका नेपाली पक्राउ

काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...

कार्की आयोगको प्रतिवेदन संसद् सचिवालयमा पुग्यो

काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...

कांग्रेसको अध्ययन समितिको ५२ पृष्ठको प्रतिवेदन बुझाइयो, कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...

बाढीको समस्या दीर्घकालिन रुपमा समाधान हुने आशा

बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् ।   रा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending