पश्चिम नवलपरासी। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। साविकका विजेता, पुराना अनुभवी राजनीतिज्ञ र नयाँ शक्तिको उदयले यस क्षेत्रको प्रतिस्पर्धालाई चतुष्कोणीय र रोचक बनाएको छ।
चौधरीको दोहोरिने कसरत
नेपाली कांग्रेसका तर्फबाट उद्योगपति बिनोदकुमार चौधरी फेरि मैदानमा हुनुहुन्छ। उहाँ, सडक सञ्जाल र स्वास्थ्य क्षेत्रमा आफूले गरेका कामको फेहरिस्त लिएर मतदाताको घरदैलोमा पुगिरहनुभएको छ। “केही अधुरा काम पूरा गर्न मलाई एक पटक पुन: मौका दिनुहोस्,’’ भन्दै उहाँले मत मागिरहनुभएको छ। यद्यपि, अघिल्लो निर्वाचनका कतिपय प्रतिबद्धता पूरा नभएको भन्दै मतदाताले उहाँलाई प्रश्न गरिरहेका छन्।
त्रिपाठीको ‘साख’ फर्काउने अन्तिम दौड
यस क्षेत्रबाट पाँच पटक निर्वाचन जितिसकेका चतुर खेलाडी हृदयेश त्रिपाठी यस पटक जनता समाजवादी पार्टी ९जसपा० बाट चुनावी मैदानमा हुनुहुन्छ। २०७० र २०७९ मा पराजय भोग्नुभएका त्रिपाठीका लागि यो निर्वाचन गुमेको साख फिर्ता गर्ने ठुलो अवसर हो। यस पटक चार मधेशवादी दलको एकीकरणले उहाँलाई केही राहत दिए पनि स्थानीय तहको अंकगणित र कांग्रेसको बलियो उपस्थितिले उहाँका लागि चुनौती कायमै छ।
खनालको ‘नयाँ’ पाइला र कांग्रेसलाई धक्का
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री पद छाडेर विक्रम खनाल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट उम्मेदवार बनेपछि यहाँको राजनीतिमा नयाँ तरंग आएको छ। २०७० का संविधानसभा सदस्य खनालले कांग्रेसभित्रको असन्तुष्ट मत र रास्वपाको बढ्दो क्रेजलाई आफ्नो पक्षमा पार्ने रणनीति लिनुभएको छ। उहाँको उम्मेदवारीले विशेष गरी कांग्रेसको भोट काटिने डर देखिएको छ।
एमालेका पाण्डे: मौन रणनीतिका साथ मैदानमा
यसअघिका निर्वाचनमा त्रिपाठीलाई सघाउँदै आएको नेकपा एमालेले यस पटक सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष रामप्रसाद पाण्डेलाई उम्मेदवार बनाएको छ। स्थानीय तहमा गरेको काम र पार्टीको संगठनका कारण पाण्डे आफूलाई बलियो प्रतिस्पर्धी ठान्नुहुन्छ। कांग्रेसभित्रको अन्तरद्वन्द्व र पुराना अनुहारप्रतिको वितृष्णाको फाइदा उठाउँदै बाजी मार्ने दाउँमा एमाले देखिन्छ।
यस क्षेत्रमा गत २०७९ को समानुपातिक मत परिणामलाई हेर्दा नेपाली कांग्रेसको २३ हजार ५१५ मत नेकपा एमालेको १७ हजार १७२ मत, रास्वपा को १० हजार ७१८ मत र जनमत पार्टीको ७ हजार ४१४ मत पाएको थियो ।
यस पटकको निर्वाचनमा कुनै एक पक्षको स्पष्ट वर्चस्व देखिँदैन। चौधरीको विकासका काम, त्रिपाठीको पुरानो अनुभव, खनालको नयाँ शक्ति र पाण्डेको संगठनबीचको चतुष्कोणीय प्रतिस्पर्धाले पश्चिम नवलपरासी–१ को नतिजा निकै रोमाञ्चक हुने पक्का छ।
यो क्षेत्रमा नेकपाकी सिन्धु जलेसा बुढाथोकी, जनमत पार्टीका गणेशबहादुर चौधरी र राप्रपाका नवनितकुमार मिश्र, सहित कुल २६ जना उम्मेदवार चुनावी मैदानमा छन्। क्षेत्र नम्बर १ मा पर्ने बर्दघाट नगरपालिका, प्रतापपुर र सुस्ता गाउँपालिकामा कांग्रेसले जितेको छ भने सरावलका केही वडाहरूमा एमालेको वर्चस्व छ। एक लाख २३ हजार ८० मतदाता रहेको यस क्षेत्रमा यस पटक कसले बाजी मार्ला भन्ने विषयमा निकै चासोका साथ हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - १८:४५
काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...
बैशाख २ गते, २०८३ - १८:३४
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...
बैशाख २ गते, २०८३ - १८:२४
काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...
बैशाख २ गते, २०८३ - १७:५७
काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...
बैशाख २ गते, २०८३ - १७:४७
काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...
बैशाख २ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...
बैशाख २ गते, २०८३ - १७:११
काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...
बैशाख २ गते, २०८३ - १७:०४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...
बैशाख २ गते, २०८३ - १६:५४
काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...
बैशाख २ गते, २०८३ - १६:२५
बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् । रा...


प्रतिकृया लेख्नुहोस्: