Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

बैतडीमा तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता

खबरडबली संवाददाता

वाशुलिङ बैतडी। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा साढे तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता गरिएको छ ।

शनिबारसम्म जिल्ला प्रहरी कार्यालय बैतडीमा ३ सय ८७ नाल इजाजतप्राप्त भरुवा बन्दुक बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए। 

बन्दुकमा प्रयोग हुने गोली भने हालसम्म कसैले पनि फिर्ता नगरेको उनले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले माघ ६ गते सूचना प्रकाशित गर्दै माघ २० गतेसम्म इजाजत प्राप्त सबै हातहतियार र गोलीगठ्ठा फिर्ता बुझाउन निर्देशन दिएको थियो । तर तोकिएको अवधिभित्र सबै हातहतियार फिर्ता नआएपछि थप सूचना प्रकाशित गर्दै म्याद थप गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

निर्वाचन लाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजत प्राप्त हात हतियार फिर्ता बुझाउन सूचना मार्फत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा हुलाक सेवाको काम तेब्बर बढ्यो

तनहुँ। नेपाल सरकारले सार्वजनिक गरेको शासकीय सुधारको १०० बुँदे कार्यसूचीअनुसार सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने नीतिले तनहुँमा हुलाक सेवाको ...

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सरकारको निर्देशन

नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने

आयोग र प्रतिष्ठानलाई खारेज होइन, सुधार गरी सुदृढ बनाइनेछ: प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...

युएईले नेपाललाई दियो १२९ रनको चुनौती : सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...

विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राखौँ : शिक्षामन्त्री पोखरेल

उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...

तीन ऐन संशोधनका विधेयक संसद्मा पेश गर्न सरकारको स्वीकृति

काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई जना नियुक्त

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending