काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताएको छन् । आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा सोमवार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा हुनुपर्ने बताएको हो ।
उनले सुशासन कायम गर्नको लागी संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको चुस्त र दुरुस्त कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। भ्रष्टाचा नियन्त्रणमा अख्तियार अन्तिम अस्त्रका रूपमा प्रयोग हुने संस्था मात्र भएको उनको भनाइ छ । सुशासन कायम गर्न सरकार, नागरिक समाज र सञ्चारजगत सबैको भुमिका अपरिहार्य रहेको बताए।
उनले अख्तियार ऐन, नियम र कानुन अनुसार भ्रष्टाचार नियन्त्रणमा निरन्तर क्रियाशील रहेको बताए। भ्रष्टाचार नियन्त्रणको लागि जनशक्ति वृद्धि, कार्यशैलीमा परिवर्तन र प्रविधिको प्रयोग बढाइएको उनको भनाई छ । उनले प्रविधिको विकाससँगै भ्रष्टाचारका प्रवृत्ति पनि जटिल बन्दै गएको उल्लेख गरे।
भ्रष्टाचार नियन्त्रणका लागि अझ सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले पछिल्ला वर्षहरूमा आयोगप्रति जनविश्वास बढ्दै गएको पनि दाबी गरे । पाँच वर्षे कार्यकालमा आयोगको स्तर वृद्धि गरिएको उल्लेख गर्दै उहाँले हालको कार्यशैलीले समाजमा सुशासनप्रति आशा जगाएको बताए।
उनले भने, ‘सुशासनको लागी हामी काम गर्दै आईरहेको छौँ । ऐन, नियम, कानून अनुसार भ्रष्टाचार नियन्त्रणको काम गर्दै आएका छौँ । हामीले जनशक्ति थप्यौ, काम गर्ने तरिकाहरु हामीले बदल्यौँ, प्रविधिहरु पनि फेरि बढ्दै गएको छ । सोही अनुसार भ्रष्टाचारको प्रवृत्तिहरु पनि बढ्दै गएको छ । भ्रष्टाचारको अवस्था झन जटिल र कठिन बन्दै गएको छ । त्यसैले हामीले अझै सशक्त ढंगले बढ्नुपर्ने अवस्था देखिएको छ । हाम्रो मुख्य काम सुशासन कायम गर्नु नै हो । सुशासन कायम गर्ने कुरामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक्लैले गर्ने होइन । यसमा सबैको सहयोग आवश्यक छ, सुशासन कायम गर्ने दायित्व नागरिक समाज, सञ्चारजगत सबैको हो ।
'स्थानीय, प्रदेश, संघिय सरकार सबैको जिम्मेवारी र जवाफदेहिता हो । तर पनि द्धन्दात्मक रुपमा हामीले अन्तिम अस्त्रको रुपमा हामी प्रयोग हुन्छौँ । हामीले काम कारबाही गरिहेका छौँ । यही हिसावमा हामी सुशासन कायम गर्न तल्लिन रहनुपर्छ । अहिले हामीले जुन हिसाबले काम गरिरहेका छौँ, त्यसबाट समाजमा आशा जगाएको छ, ' उहाँले थप्नुभयो ।
आयोगले स्थापना दिवसको अवसर पारेर नेपाल प्रहरी, आयोगका कर्मचारी तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ । आयोगले न्युज एजेन्सी नेपाललाई पनि सम्मान गरेको छ । आयोगले उत्कृष्ट अख्तियार सेवा पुरस्कार र उत्कृष्ट अनुसन्धान अख्तियार पुरस्कार भने माघ २८ गते स्थापना दिवसको मुल समारोह समितिमा वितरण गर्ने प्रमुख आयुक्त राईले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...
बैशाख ८ गते, २०८३ - १९:००
काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...
बैशाख ८ गते, २०८३ - १७:४८
काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...
बैशाख ८ गते, २०८३ - १७:३५
उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...
बैशाख ८ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...
बैशाख ८ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...
बैशाख ८ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...
बैशाख ८ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...


प्रतिकृया लेख्नुहोस्: