Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

देशको अप्ठ्यारो परिस्थितिमा निकास दिने कांग्रेस मात्रै हो : उपसभापति शर्मा

खबरडबली संवाददाता

नारायणगढ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको अप्ठ्यारो परिस्थितिको निकास कांग्रेसले मात्रै दिने गरेको बताएको छन् ।

कांग्रेस चितवनले सोमबार भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उपसभापति शर्माले २००७ सालदेखि अहिलेसम्म प्रजातन्त्र लोकतन्त्रका पक्षमा कांग्रेसले निकास दिएको बताए । 

“तानशाही राणालाई मात्रै हैन राजाले नेतृत्वगरेको पञ्चायतलाई समेत गल्र्यामगुर्लुम्मै ढाल्यो”, उनले थपेयो, “संवैधानिक राजतन्त्रलाई स्वीकार गर्दै देशलाई गणतन्त्र ल्याउनसमेत कांग्रेसको नेतृत्वदायी भूमिका रहेको छ ।”

जेनजी आन्दोलनको मुख्य उद्देश्य सुशासन कायम गर्ने भएकाले त्यसलाई कांग्रेसले स्वीकार गरेर अगाडि बढेको उनले बताए। 

“आज जेनजीबाट उठेको कुरा सुशासन हो । त्यो सुशासन कांग्रेसले स्वीकारेर अगाडि बढेको छ । विगतका कमजोरीलाई आत्मआलोचना गरेर अगाडि बढेको कांग्रेस नयाँ सोच र नयाँ उत्साहकासाथ अगाडि बढेको छ”, उनले भने, “आसन्न निर्वाचनलाई हेर्नुभयो भने पनि १६५ क्षेत्रमै सत् प्रतिशत उम्मेदवार बनाउने पार्टी काग्रेस मात्रै भएको उनको दाबी छ ।

विगतमा आफ्नो चिन्हमा भोट हाल्न नपाएर विद्रोह गरेका चितवनका मतदातालाई अहिले आफ्नै चुनाव चिन्हमा  भोट हाल्न पाएका उनले बताए । “कांग्रेस नयाँ सोच र नयाँ उत्साहका  साथ आएको छ । तपाइहरुकै माग अनुसार आफ्नै चिन्हमा भोट हाल्न पाउने पनि भएको छन् । अब कांग्रेसलाई कसरी जिताउने तपाइको पनि दायित्व हो,”कांग्रेस कार्यकर्ताहरुलाई उनले भने। 

उनले सबै कांग्रेस उम्मेदवारलाई भोट दिएर निर्वाचित गर्न पनि अग्रह गर्नुभयो । कार्यक्रममा कांग्रेसका उम्मेदवारहरु क्षेत्र नम्बर १ का राजेन्द्र वुर्लाकोटी, क्षेत्र नम्बर २ की मीना खरेल र क्षेत्र नम्वर ३ का टेकप्रसाद गुरुङले बोलेको थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसएलआर राइफलको गोलीसहित एक पक्राउ

इलाम। इलामको सन्दकपुर गाउँपालिका–३ बाट प्रहरीले एसएलआर राइफलको गोलीससहित एक जनालाई पक्राउ गरेको छ ।  सन्दकपुर–३ स्थित कोइराला गाउँमा संकास्पद ढंगले...

बीपी राजमार्ग बन्द: यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध

बनेपा। काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी पर...

२७ परिवारका ८९ जनालाई सुन्दरीघाट पुर्‍याइयो

काठमाडौँ । सरकारले शनिबार काठमाडौँका थापाथली र गैह्रीगाउँस्थित दुई सुकुम्वासी बस्तीमा डोजर चलाएर खाली गराएको छ। काठमाडौँ महानगरपालिकाले प्रहरीको सह...

अहिलेसम्म २३ परिवारले आफ्नो विवरण दर्ता गराए

काठमाडौं । सरकारले सुकुम्वासी बस्ती हटाएपछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मा स्थापना गरिएको होल्डिङ सेन्टरमा तथ्याङ्क सङ्कलन कार्य जारी राखेको छ। ...

अभिव्यक्तिमा विवादपछि रास्वपा सांसद विश्वराजले मागे माफी, भएको के थियो ?

काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका विश्वराज पोखरेल ले सार्वजनिक रूपमा माफी मागेका छन्। ओखलढुङ्गाबाट निर्वाचित तथा पूर्व एआइजीसमेत र...

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरु

रामल्लाह। गाजा युद्धपछि पहिलो पटक शनिबार वेस्ट बैँक र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ । रामल्लाहस्...

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौ...

कानुन व्यवसायीमाथि हातपात

खजुरा। नेपालगन्जमा एक जना कानुन व्यवसायीमाथि हातपात भएको नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले जनाएका छन् । नेपालगन...

गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्न डोजर सुरु

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना हटाउने कार्य सुरु गरिएको छ। शनिबार बिहानदेखि सरकारले काठमाडौंका ...

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending