Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

म्याग्दीमा तालिम प्राप्त निर्वाचन प्रहरी कार्यक्षेत्रमा परिचालन

खबरडबली संवाददाता

म्याग्दी। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्याग्दीमा तालिम प्राप्त निर्वाचन प्रहरीलाई कार्यक्षेत्रमा परिचालन गर्न थालिएको छ ।

दस दिने तालिम पूरा गरेका ८ सय ६१ निर्वाचन प्रहरीलाई घरपायक पर्ने इलाका तथा प्रहरी चौकीसँग समन्वय गरी सुरक्षाको जिम्मेवारीमा परिचालन गर्न लागिएको हो । 

तालिम लिएका निर्वाचन प्रहरीलाई भोली बुधबार देखि घरपायक पर्ने इलाका तथा प्रहरी चौकीहरुमा निर्वाचन सुरक्षाको गस्तीका लागि प्रहरी सँगै खटाइने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए। 

मंगलबार तालिमको समापन कार्यक्रममा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र,शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाचन प्रहरीको भएको बताउनुभयो । उनले भने, 'निर्वाचन प्रहरीले आफ्नो कार्यक्षेत्रमा इमान्दारीता पूर्वक क्षमता प्रदर्शन गर्ने छन् । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यहाँहरुले योगदान पुर्‍याउनु हुने छ । जसको राज्यले उच्च कदर गर्ने छ ।'

प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले निर्वाचनमा खटिने निर्वाचन प्रहरीले अनुशासित भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए। उनले राम्रो सँग जिम्मेवारी निर्वाह गर्ने निर्वाचन प्रहरीलाई प्रशंसापत्र प्रदान गर्ने बताए । 

उनले भने,‘‘निर्वाचन प्रहरी पनि सुरक्षाको एउटा अङ्ग हो । निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारी यहाँहरुको काँधमा छ । ४० दिने जागिर मात्र नभएर यो देशका लागि योगदान गर्ने अवसर पनि हो । यहाँहरुको सकरात्मक प्रयासले मुलुकमा निर्वाचन सम्पन्न भई नयाँ जनप्रतिनिधि चयन हुने छन् । जसले गर्दा मुलुक नयाँ बाटोमा अगाडी बढ्ने छ ।’’

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतम, श्री गुरु गोरख गुल्म, अर्थुङ्गे ब्यारेकका प्रमुख राकेश बस्नेत, सशस्त्र प्रहरी बल, आश्रित गुल्म गलेश्वर म्याग्दीका शसस्त्र प्रहरी नायव उपरीक्षक लिला बहादुर भुजेल र राष्ट्रिय अनुशन्धान कार्यालय म्याग्दीका प्रमुख अनुशन्धान अधिकृत विजय पौडेलले निर्वाचनलाई सफल बनाउन निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए।  

प्रहरी नायव उपरीक्षक थापाले निर्वाचनका समयमा खटिने सुरक्षाकर्मीहरुसँगको समन्वयमा निर्वाचन प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने बताए। निर्वाचन प्रहरीले सुरक्षाकर्मीसँग मिलेर मतदानस्थलको सुरक्षा,भयरहित वातावरण बनाउन सहयोग र मतपेटिकाको ढुवानी लगायतका विषयहरुमा सहयोग पुर्‍याउनु पर्ने बताए।  

तालिम अवधिभर निर्वाचन प्रहरीलाई मतदानस्थलको जानकारी,सुरक्षा,भीड नियन्त्रण गर्ने तरिका,निर्वाचन ऐन कानुन सम्बन्धी जानकारी लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । म्याग्दीमा ८ सय ६१ निर्वाचन प्रहरी भर्ना गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्दै

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending