लमजुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा निर्वाचन प्रहरीसहित दुई हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था व्यवस्थित गरिएने सुरक्षा समिति लमजुङले जनाएको छ ।
निर्वाचनका लागि जिल्लाका सबै निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थालाई विशेष ध्यानमा राखेर सुरक्षा तयारी गरिएको सुरक्षा समितिले जनाएको छ । विभिन्न समूहले गर्ने निर्वाचन विरोधी गतिविधिहरुप्रति पूर्व सतर्कता अपनाउन निर्वाचन हुने क्षेत्र र समग्र जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको सुरक्षा समिति लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमश ढुङ्गानाले जानकारी दिए।
सुरक्षा समितिका अनुसार निर्वाचन सुरक्षाका लागि जिल्लामा निर्वाचन प्रहरीसहित दुई हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने प्रजिअ ढुङ्गानाले बताए। निर्वाचनका लागि जिल्लामा रहेका सुरक्षाकर्मीबाहेक बाहिरी जिल्लाबाट पनि ल्याइने सुरक्षा समितिले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि ३०० को हाराहारीमा सशस्त्र प्रहरी परिचालन गरिने भएको छ भने ६०० भन्दा बढी नेपाली सेना परिचालन गरिने सुरक्षा समितिले जनाएको छ । त्यसैगरी ६०० कै हाराहारीमा नेपाल प्रहरी परिचालन हुने छन् भन सोबाहेक निर्वाचनकै लागी जिल्लामा एकहजार ३०६ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । प्रतिनिधी सभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले बाहिरी घेरमा सुरक्षा दिने भएको छ भने त्यसभित्र क्रमश: सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरीको सुरक्षा निगरानी हुने छ ।
निर्वाचनलाई शान्तिपुर्ण, निष्पक्ष र मतदाताले स्वतन्त्रपुर्वक मतदान गर्ने वातावरणको सिर्जना गर्न सुरक्षा समिति लागि परेको प्रजिअ ढुङ्गानाले बताए। जिल्लाका १३० मतदानस्थलमध्ये ३० वटा मतदान स्थललाई अति संवेदनशिल क्षेत्र स्तरीकरण गरेको छ । सुरक्षा समितिका अनुसार जिल्लामा ७७ वटा मतदानस्थल संवेदनशिल र बाँकी २३ मतदानस्थललाई सामान्य मानिएको छ । अति संवेदनशिल र संवेदनशिल क्षेत्रकालागि विशेष सुरक्षा व्यवस्था मिलाइने छ ।
निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउनको लागि सुरक्षाको दृष्टिकोणबाट कुनै कमी हुन नदिने सुरक्षा समितिको तयारी छ । चारवटा नगरपालिका र चारवटा गाउँपालिका रहेको लमजुङमा अति संवेदनशील केन्द्रमा भौगोलिक विकटता र यसअघिको निर्वाचन सुरक्षा अवस्थाको आधारलाई मानिएको बुझिएको छ ।
लमजुङमा १३० मतदानस्थलमा एकसय ९२ मतदान केन्द्र रहेका छन् । सोबाहेक सदरमुकाम बेसीशहरमा अस्थायी मतदान केन्द्र कायम हुने छ । सुरक्षा समितिले सवै मतदानस्थलको अनुगमनलाई पनि तिव्रता दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: